मनिष राज पाण्डे

पूर्व नेपाली राष्ट्रिय क्रिकेट खेलाडी

मनिष राज पाण्डे (जन्म ५ डिसेम्बर १९७०) नेपाली संरक्षणविद्, क्रिकेट प्रशासक तथा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी हुन्। उनी सन् २०१८ देखि क्रिकेट खेलाडी संघ नेपालका अध्यक्ष र सन् २०२३ अगस्ट देखि भक्तपुर जिल्ला क्रिकेट संघका अध्यक्ष छन्।

मनिष राज पाण्डे
२०१९ सीप्यान क्रिकेट अवार्ड्समा बोल्दै डा. मनिष राज पाण्डे
व्यक्तिगत जानकारी
नामडा. मनिष राज पाण्डे
जन्म (1970-12-05) ५ डिसेम्बर १९७० (उमेर ५३)
विराटनगर, नेपाल
ब्याटिङदायाँ-हाते
बलिङदायाँ-हाते मध्यम-तेज गति
भूमिकाअल-राउन्डर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली

दायाँ-हाते प्रारम्भिक ब्याट्सम्यान र दायाँ-हाते मध्यम-तेज गतिका बलरको रूपमा खेल्ने अल-राउन्डर पाण्डेले नेपालका लागि आफ्नो पहिलो खेल सेप्टेम्बर १९९६ मा बङ्गलादेशका विरुद्ध खेलेका थिए।[१][२]

खेल जीवन सम्पादन गर्नुहोस्

विराटनगरमा जन्मिएका पाण्डेले वि.सं. २०४५ देखि २०५७ सम्म कोशी अञ्चलमोरङ जिल्लालाई प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगिताहरूमा नियमित सहभागिता जनाइरहे। उनले मोरङ जिल्ला र यूथ क्रिकेट क्लब, विराटनगरका टीमहरूलाई सफलतापूर्वक कप्तानी पनि गरे।

पाण्डे ६ सेप्टेम्बर १९९६ मा क्वालालम्पुरमा सम्पन्न १९९६ एसियन क्रिकेट काउन्सिल (एसीसी) ट्रफीमा बङ्गलादेश विरुद्ध नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो ११ खेलाडी मध्ये एक थिए। ब्रुनाई र जापानलाई हराउँदै सो प्रतियोगिताको समूह चरणमा नेपाल छ टीम मध्ये चौंथो स्थानमा रहन सफल भयो। नेपालको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेलका ओपनरद्वय पाण्डे र पवन अग्रवालमध्ये पाण्डेले नेपालको इनिङ्गको पहिलो बलको सामना गरे। उनले आफ्नो पहिलो खेलमा बलिङतर्फ ८ ओवरमा ३१ रन दिंदै १ विकेट लिए भने ब्याटिङमा १३ रन बनाए, जसक्रममा उनले ब्याकवार्ड स्क्वायर लेगतर्फ फ्लिक गर्दै नेपालका लागि पहिलो छक्का पनि प्रहार गरे।[१][३]

पाण्डे नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा 'म्यान अफ द म्याच' पुरस्कार प्राप्त गर्ने पहिलो खेलाडी बने, जब उनले जापान विरुद्ध ७ सेप्टेम्बर १९९६ मा २७ रन बनाउनुका साथै १ विकेट पनि लिंदै नेपाललाई जिततर्फ अग्रसर गराए।[१][३][४][५] उनको उत्कृष्ट बलिङ प्रदर्शन ११ सेप्टेम्बरमा ब्रुनाई विरुद्ध २२ रन खर्चंदै ३ विकेट लिनु थियो।[३] सो प्रतियोगितामा उनले कुल ५ विकेट लिए।

खेल उपरान्त सम्पादन गर्नुहोस्

पाण्डे सन् २०१८ देखि क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान) का अध्यक्ष हुन्।[६][७][८] सन् २०२३ अगस्त १० मा उनी भक्तपुर जिल्ला क्रिकेट संघको अध्यक्ष निर्वाचित भएका थिए।[९][१०][११]

क्रिकेट बाहिर पाण्डे प्रकृति संरक्षणको क्षेत्रमा राष्ट्रिय प्रकृति संरक्षण कोषमा कार्यरत छन्, जहाँ उनी जलवायु परिवर्तन र ज्ञान प्रबंधन विभाग का प्रमुख हुन्।[१२] उनले प्राकृतिक विज्ञानमा विद्यावारिधी (पीएचडी) पनि प्राप्त गरेका छन्।[१३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ Pandey, Binod (५ सेप्टेम्बर २०२०), "नेपाली क्रिकेटको २५ वर्ष : त्यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता", ekantipur.com (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच २०२०-०९-०८ 
  2. "The Home of CricketArchive", www.cricketarchive.co.uk, अन्तिम पहुँच २०२०-०६-३० 
  3. ३.० ३.१ ३.२ "International Journey of Nepalese Cricket", Nepali Students Chautari (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०६-३० 
  4. Rayamajhi, Birat Jung (६ सेप्टेम्बर २०२०), "२४ वर्ष अघि आजकै दिन नेपाली क्रिकेट टिमले पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो", WicketNepal (नेपालीमा), मूलबाट २०२१-०४-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०९-०८  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०४-११ मिति
  5. "'Historic Day: On this day in 1996, Manish Raj Pandey became Nepal's first ever Man of the Match in international cricket during the 1996 ACC Trophy' by Routine of Nepal banda", www.facebook.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०६-३० 
  6. "CPAN - Executive Committee", Cricket Players' Association Nepal (CPAN), अन्तिम पहुँच २०२०-०६-३० 
  7. "Pandey elected prez", The Himalayan Times (अङ्ग्रेजीमा), २०१८-०३-२६, अन्तिम पहुँच २०२०-०६-३० 
  8. "Cricket and Conservation Come Together", National Trust for Nature Conservation (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०६-३० 
  9. "क्रिकेट संघ चुनाव : काठमाडौंमा घले र भक्तपुरमा पाण्डे", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२३-०९-०९ 
  10. "भक्तपुर जिल्ला क्रिकेट संघको अध्यक्षमा मनिषराज पाण्डे निर्वाचित", Online Khabar (नेपालीमा), अन्तिम पहुँच २०२३-०९-०९ 
  11. Setopati, सेतोपाटी संवाददाता, "भक्तपुर जिल्ला क्रिकेट संघको अध्यक्षमा मनिषराज पाण्डे", Setopati (नेपालीमा), अन्तिम पहुँच २०२३-०९-०९ 
  12. "Our Team", ntnc.org.np (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०९-०९ 
  13. "OUC Alumnus Wins Nepal's Presidential Honor Award for Excellence in Academic", Ocean University of China (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०६-३०