भोड्का

रक्सी प्रसोधन गरेर बानइएको पेय

भोड्का (पोल्यान्डेली: wódka [ˈvutka], रूसी: водка [ˈvotkə], स्वीडेनी: vodka [vɔdkɑː]) पोल्यान्ड, रूसस्विडेनबाट विकसित भएको विभिन्न किसिमको प्रसोधित मादकपदार्थ हो। यो मुख्यतया पानीइथानोलबाट बनाइने गरिन्छ, तर कहिलेकाँही यसलाई अशुद्धता र स्वादको लागि भिन्नै तरिकाले बनाइने गरिन्छ। परम्परागत रूपमा यो खाद्यान्नको तरल पदार्थ निकालेर त्यसलाई प्रसोधन गरेर बनाइने गरिन्छ। सन् १८०० मा आएर भोड्कालाई अन्नसँगै आलु मिसाइ प्रसोधन गरेर प्रयोगमा ल्याइएको हो, वर्तमान समयमा केही आधुनिक ब्रान्डहरूले फलको प्रयोग गरेर समेत भोड्का बजारमा ल्याइरहेको छ।

भोड्का
मिनर्फ रेड लेबल भोड्का
प्रकारमदिरा
उत्पत्ति स्थानपोल्यान्ड, रूस, स्विडेन[१][२]
क्षेत्र वा राज्यकेन्द्रीय, उत्तरी र पूर्वी युरोप, क्यान्डिनेभिया
मुख्य सामग्रीहरूपानी, रक्सी
विभिन्नताविभिन्न किसिमका भोड्का
आहार उर्जा
(प्रति परिकारमा)
प्रति ५० मिलीमा १२२ किलो क्यालोरी
अन्य विवरणअनाज वा आलुबाट बनाइने

सन् १८९० देखि उत्पादित भोड्कामा ४०% रक्सी (८० युएस प्रमाण) रहेको छ।[३] युरोपेली सङ्घले भोड्काको लागि न्यूनतम ३७.५% रक्सी राख्ने मापदण्ड बनाइसकेको छ।[४] संयुक्त राज्य अमेरिकाको भोड्कामा न्यूनतम ४०% रक्सी हुनुपर्दछ।[५]

भोड्का परम्परागत रूपमा पानी, चिसो, वा अन्य पेयपदार्थ नमिसाइ पिउने गरिन्छ। यसलाई प्राय बेलारुस, एस्टोनिया, फिनल्यान्ड, आइसल्यान्ड, लिथुआनिया, लात्भिया, नर्वे, पोल्यान्ड, रूस, स्विडेन, र युक्रेन जस्ता भोड्का सौखिनहरूको क्षेत्रमा चिसो पेयपदार्थको रूपमा व्यवहार गरिन्छ। यो भोड्का मार्टिनी, कोस्मोपोलिटन, भोड्का टोनिक, स्क्रु ड्राइभर, ग्रेहाउन्ड, कालो वा सेतो रूसी कक्टेल, मस्को म्युल, ब्लड मेरी र सिजरजस्ता ककटेल र मिश्रित पेयहरूमा पनि प्रयोग हुन्छ।

व्युत्पत्ति सम्पादन गर्नुहोस्

ब्रिटेनिका विश्वकोश अनुसार, 'भोड्का' नाम रूसी शब्द 'भोडा' (पानी) र पोलिस शब्द 'वोदा' को सङ्क्षिप्त संज्ञा हो।[६][७][८] यो शब्द सन् १४०५[९] मा पहिलो पटक स्यान्डोमर्सको पेलाटिनेटबाट पोल्यान्डको अदालतको दस्तावेजहरूमा दर्ता गरिएको थियो, सो दस्तावेजमा यी शब्दहरू औषधिसौन्दर्य प्रसाधनको लागि उल्लेख गरिएको थियो। रूसी औषधिको सूचिमा 'भोड्का अफ ब्रेड वाइन' र 'भोड्का इन हाफ अफ ब्रेड वाइन'[१०] शब्द समावेस गरिएको छ। अल्कोहल वा रक्सी लामो समयदेखि औषधि बनाउनको लागि एउटा आधारको रूपमा प्रयोग गरिदैँ आएको छ। यसबाट 'भोड्का' शब्द 'वोदित' र 'रेजवोदित' अर्थात पानीसँग मिश्रित गर्नबाट विकसित भएको स्पष्ट सङ्केत दिन्छ।

इतिहास सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "The History of Vodka", Proof 
  2. https://www.google.com.au/books/edition/The_Art_of_Distilling_Revised_and_Expand/LGWEDwAAQBAJ?hl=en&gbpv=1&dq=sweden+russia+poland+vodka+15th+century&pg=PA82&printsec=frontcover
  3. Evseev, Anton (२१ नोभेम्बर २०११), "Dmitry Mendeleev and 40 degrees of Russian vodka", Science, Moscow: English Pravda.Ru, अन्तिम पहुँच ६ जुलाई २०१४ 
  4. "The Production of Vodka", मूलबाट २२ जनवरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जनवरी २००७ 
  5. "United States Code of Federal Regulations Title 27, Section 5.22(a)(1)", United States Government Printing Office, मूलबाट २३ नोभेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ मे २०११ 
  6. भोड्का इन्साइक्लोपिडिया ब्रिटानिकामा
  7. "vodka", Online Etymology Dictionary, अन्तिम पहुँच २२ नोभेम्बर २००८ 
  8. Etymology of the word "vodka" in Черных П. Я.: Историко-этимологический словарь современного русского языка. Москва, Русский язык-Медиа, 2004.
  9. "History of vodka production, at the official page of Polish Spirit Industry Association (KRPS), 2007" (Polishमा), मूलबाट ३० सेप्टेम्बर २००७-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण ३० सेप्टेम्बर २००७ मिति
  10. पोख्लेब्किन, विलियम र क्लार्क, रेनफ्रे (अनुवादक). अ हिस्ट्री अफ भोड्का । वर्सो: 1992. ISBN 0-86091-359-7.

बाह्य कडीहरू सम्पादन गर्नुहोस्