भोटेकोशी नदी तिब्बतमा उत्पति भएर नेपाल प्रवेश गर्ने नदी हो। यो नदी सप्तकोशी नदीको सहायक नदी पनि हो । पहाडी खोंच हुदै बग्ने यो नदीको तेज बहावका कारण यो नदी विद्युत उत्पादन तथा राफ्टिङका लगि अत्यन्तै प्रशिद्द छ। नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्ला अवस्थित यो नदी बन्जी जम्पका लागि पनि प्रख्यात छ।

भोटेकोशी नदी
भौतिक विषेशताहरू
मुखसुनकोशी, बाह्रबिसेबजार नजीकै
२७°४२′४३″N ८५°४५′५४″E / २७.७१२°N ८५.७६५°E / 27.712; 85.765
जलाधारका विशेषताहरू
नदी प्रणालीसप्तकोशी जल प्रवाह

भोटेकोसीमा राफ्टिङ सम्पादन गर्नुहोस्

 
भोटेकोशी नदीमा राफ्टिङ

भोटेकोसीमा बन्जी जम्प सम्पादन गर्नुहोस्

 
भोटेकोशी नदी

काठमाडौँबाट करिब तीन घण्टामा पुग्न सकिने भोटेकोसीमा बन्जी जम्पिङ गरेर, तिब्बतको सिमानामा रहेको तातोपानीमा नुहाएर एकै दिनमा काठमाडौँ फर्कन सकिन्छ। बिहान सबेरै काठमाडौँबाट हिँड्यो भने करिब डेढ घण्टामा दोलालघाट पुग्न सकिन्छ। दोलालघाटबाट अरू डेढ घण्टामा बाह्रबीसे हुँदै भोटेकासी बन्जी जम्पमा पुग्न सकिन्छ। भोटेकोसीमा बन्जी जम्पको सम्पूर्ण व्यवस्था मिलाएको छ, द लास्ट रिसोर्टले। नेपालमा बन्जी जम्पिङको सुरूवात गर्ने उद्देश्यले यो रिसोर्टले सर्वप्रथम २०५८ सालमा उक्त नदीमा झोलुङ्गे पुलको निर्माण गरेको हो। करिब ४८ लाखको लागतमा निर्माण गरिएको भनिएको उक्त पुलले बन्जी जम्पिङ खेललाई नेपाल प्रवेश गराउन मद्दत मात्र गरेन स्थानीय बासिन्दाको जीवनस्तर उकास्न पनि महत्त्वपूर्ण काम गर्‍यो। करिब ६ घण्टा लाग्ने बाटोलाई १५ मिनेटमा छोट्याइदियो यो पुलले। पुलबाट करिब एक सय ६० मिटर तल बगिरहेको भोटेकोसीमा एक सय मिटरसम्म मात्र जम्प गराइन्छ। एकपटकको जम्पिङका लागि नेपालीलाई दुई हजार रूपैयाँ शुल्क लाग्छ भने विदेशी पर्यटकका लागि ६ हजार रूपैयाँसम्म लाग्छ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्