महोत्तरीको सदरमुकाम जलेश्वरदेखि २७ किलोमिटर उत्तर-पश्चिम सोनामाईस्थानमा दशैंमा लाग्ने मेला लाई भूत मेला भनिन्छ।[१] सोनामाईमा भूत धपाउने मेला लाग्न थालेको २०० वर्षभन्दा बढी भएको अनुमान छ। घटस्थापनादेखि शुरु भएर नवमीका दिन समापन हुने मेला दिनभर पूजा र रामरमाइलोसँगै सप्तमी र अष्टमीको रात उत्कर्षमा पुग्छ। भूतप्रेतबाट मुक्त हुन चाहनेहरू रात पारेरै मन्दिर परिसरमा आउँछन्। दिउँसो पूजापाठमा व्यस्त पूजारी रातभर जाग्राम बसेर भूतमेलाको नेतृत्व गर्छन्। भूत हटाउने र सन्तान सुख प्राप्त गर्ने अवसर मानिने सोनामाई मेला भरेपछि मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ।

चित्र:Bhutmela.jpg
भूत मेला

स्रोत सम्पादन गर्नुहोस्