भुवन केसी उच्चारण, जन्म: २०१४ भदौ ७) नेपाली चलचित्र क्षेत्रका एक अभिनेता, निर्देशक, निर्माता तथा राजनीतिज्ञ हुन्। उनी चलचित्र विकास बोर्डका वर्तमान अध्यक्ष हुन्। सो पदमा उनी १० साउन २०७९ मा, नियुक्त भएका थिए।[३]

भुवन केसी
भुवन केसी
वि.सं २०७९ मा, केसी
जन्म (1956-09-17) १७ सेप्टेम्बर १९५६ (उमेर ६७)
काठमाडौँ, नेपाल
पेशाअभिनेता, चलचित्र निर्देशक, चलचित्र निर्माता, राजनीतिज्ञ
कार्यकालसन् १९६६–हाल
उल्लेखनीय कार्य
कुसुमे रुमाल, सम्झना, करोडपति, दक्षिणा, चिनो
उचाइ५ फिट ७ इन्च
राजनीतिक दलनेपाली काङ्ग्रेस[१]
जीवनसाथीविजया मल्ल केसी (सम्बन्ध विच्छेद)
सुस्मिता केसी (सम्बन्ध विच्छेद)
समकक्षीजिया केसी (वि.सं २०७१–हाल)[२]
सन्तानअनमोल केसी
विवेक केसी
काजल केसी

चलचित्र जीवन सम्पादन गर्नुहोस्

केसीले १० वर्षको उमेरमा रेडियो नेपालका लागि गायकको रूपमा जगेँ जागेँ सारा रात, अरु कालो रेलको धुवाले, र मायालु तिमी टाढा जस्ता गीतहरूबाट आफ्नो चलचित्र यात्रा सुरु गरेका थिए।[४] उनको पहिलो चलचित्र जुनी (सन् १९८३) थियो तर सन् १९८४ मा प्रदर्शन भएको चलचित्र सम्झनाले जसले उनलाई एक सफल अभिनेताको रूपमा स्थापित गर्न मद्दत गरेको थियो। त्यसपछि उनले कुसुमे रुमाल (सन् १९८५), सन्तान (सन् १९८७), तिलहरी (सन् १९८८), कन्यादान (सन् १९९०), चिनो (१९९०), तृष्णा (सन् १९९१), दुई थोपा आँसु (सन् १९९३), दक्षिणा (सन् १९९४), राँको (सन् १९९५), करोडपति (सन् १९९७), नेपाली बाबु (सन् १९९९) जस्ता थुप्रै सफल चलचित्रहरूमा अभिनय गरेका छन्। उनले सन् २०१६ मा छोरा अनमोल केसीको मुख्य भूमिका रहेको 'ड्रिम्स' निर्देशन गरेका थिए।[५]

राजनीतिक जीवन सम्पादन गर्नुहोस्

नेकपा (एमाले) परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गरेका केसी नेपाली काङ्ग्रेसका सदस्य हुन्।[१] वि.सं २०७९ मा, उनले २०२२ को काठमाडौँ महानगरपालिका निर्वाचन, २०७९मा नगरप्रमुख पदको लागि लड्ने योजना बनाएका थिए[६] , जुन समयमा उनी उन्नत लोकतान्त्रिक पार्टीमा आबद्ध थिए; तथापि, केही अज्ञात कारणको कारण उनी पछि हट्दै पदको लागि नलड्ने निर्णय गरेका थिए।[७] पछि उनी पार्टी परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गरेका थिए।[८]

विवाद सम्पादन गर्नुहोस्

जुन २०२० मा, अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाहले इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गरेकी थिइन् जसमा एक वरिष्ठ चलचित्र उद्योगका दिग्गजबाट यौन र भावनात्मक प्रकृतिको उत्पीडन भएको विवरण दिइएको थियो। धेरै समाचार संस्थाहरूले पछि ती व्यक्तिलाई भुवन केसी भनेर चिनाए[९][१०] पछि केसीले शाहविरुद्ध मानहानिको मुद्दा दायर गरेका थिए।[११] तर सो मुद्दामा उनी पराजित भएका थिए।[१२] चलचित्र निर्देशक नरेश पौडेलले उनी विरुद्ध २०७९ साउन २२ गते उनको चलचित्र विकास बोर्डको नियुक्ति कानुन सङ्गत नभएको, यौन दुर्व्यवहार मुद्दा अदालतमा विचाराधिन अवस्थामा रहेको, पढाई नपुगेको लगायतका कारण देखाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।[१३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "भुवन केसी र श्वेता खड्का काङ्ग्रेसमा प्रवेश, देउवाले गरे पार्टीमा स्वागत", रातोपाटी (नेपालीमा), ३ मे २०२२, मूलबाट ३ मे २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ मे २०२२ 
  2. "भुवन केसी र जीया लिभिङ टुगेदरमा !", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच १२ माघ २०८० 
  3. "भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त", eKantipur, अन्तिम पहुँच Jul २५, २०२२ 
  4. "Bhuwan Kc's biography to be released soon", द काठमाडौँ पोस्ट, २० जनवरी २०१५, मूलबाट २९ सेप्टेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ मे २०२२ 
  5. "Bhuwan KC coming up with Dreams", द काठमाडौँ पोस्ट (अङ्ग्रेजीमा), १३ जनवरी २०१६, मूलबाट ८ मे २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ मे २०२२ 
  6. "भुवन केसी काठमाडौँको मेयर उठ्ने, उपमेयरमा रेश्मा लामा", मकालु खबर (नेपालीमा), ६ अप्रिल २०२२, मूलबाट ६ अप्रिल २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ मे २०२२ 
  7. "Actor KC to not stand as a candidate for Kathmandu Mayor", Republica (अङ्ग्रेजीमा), ९ अप्रिल २०२२, मूलबाट ८ मे २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ मे २०२२ 
  8. "कलाकारहरू भुवन केसी, स्वेता खड्का र रवीन्द्र खड्का काङ्ग्रेस प्रवेश", कान्तिपुर दैनिक (नेपालीमा), २० अप्रिल २०२२, मूलबाट ३ मे २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ मे २०२२ 
  9. Khadgi, Ankit (२ जुलाई २०२०), "Harassment is pervasive in the film industry and anyone who speaks out is blacklisted", The Kathmandu Post (अङ्ग्रेजीमा), मूलबाट २५ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २ अक्टोबर २०२१ 
  10. "Kollywood Controversy: Superstar Bhuwan K.C harassed me, says Actress Samragyee RL Shah", Nepal24Hours.com - 'Integration Through Media' (अङ्ग्रेजीमा), २९ जुन २०२०, मूलबाट २ अक्टोबर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २ अक्टोबर २०२१ 
  11. "भुवन केसीले चलचित्र सङ्घमा साम्राज्ञीविरुद्ध दिए उजुरी (पत्रसहित)", मकालु खबर (नेपालीमा), २ जुलाई २०२०, मूलबाट ८ मे २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ मे २०२२ 
  12. "अभिनेत्री साम्राज्ञीविरुद्धको मुद्दामा भुवन केसी पराजित", नेपाल लाइभ (नेपालीमा), अन्तिम पहुँच १२ माघ २०८० 
  13. "भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट", देशसञ्चार (नेपालीमा), अन्तिम पहुँच १२ माघ २०८० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्