भिमिओ

भिडियो साझेदारी सेवा मञ्च

भिमिओ एक अमेरिकी विज्ञापन मुक्त भिडियो साझेदारी सेवा हो जसको प्रधान कार्यालय अमेरिकाको न्युयोर्क सहरमा रहेको छ।[५] यसले आफ्नो पूर्व प्रतिस्पर्धी युट्युबकै समान नि: शुल्क भिडियो अवलोकन तथा साझेदारी सेवाहरू प्रदान गर्दछ।[६] सन् २००७ मा, भिमिओ उच्च परिभाषित सामग्री समर्थन गर्ने पहिलो भिडियो साझेदारी वेबसाइट बनेको थियो।[७] यसले विभिन्न उत्पादनहरू सुरु गरेको थियो जसले स्तरीय भिडियो सृजना गर्न प्रयोगकर्ताहरूलाई सक्षम पार्दछ। भिमिओले सफ्टवेयरको रूपमा सेवा प्रदान गर्दछ र यसले विभिन्न प्रकारका ग्राहकहरूको क्षेत्रमा सदस्यता योजनाहरू पनि प्रदान गर्दछ।[८] भिमिओको स्थापना सन् २००४ नोभेम्बरमा जेक लोडविकजेच क्लेइनले संयुक्त रूपमा गरेका थिए। सन् २०१७ जुलाईदेखि अञ्जली सुद भिमिओकी प्रमुख कार्यकारी अधिकृत हुन्। [९]

भिमिओ
व्यवसायको प्रकारआइएसीको सहायक कम्पनी
साइटको प्रकार
भिडिओ साझेदारी सेवा
उपलब्ध भाषाअङ्ग्रेजी, स्पेनी, जर्मनेली, फ्रान्सेली, जापानी, पुर्तुगाली, कोरियाली
संस्थापितनोभेम्बर २००४; १९ वर्ष अघि (२००४-११)
मुख्यालयहरू,
अमेरिका
सेवा क्षेत्रविश्वव्यापी
संस्थापक (हरू)जेच क्लेइन, जेक लोडविक
मुख्य व्यक्तिहरूअञ्जली सुद (कार्यकारी)
अभिभावकआइएसी
सहायक कम्पनी(हरू)लाइभस्ट्रिम
युआरएलvimeo.com
अलेक्सा क्रमह्रास १७४ (डिसेम्बर २०२०)[१]
विज्ञापन
दर्ताबैकल्पिक
प्रयोगकर्ताहरू२० करोड[२]
चालु भएको मितिनोभेम्बर २००४; १९ वर्ष अघि (२००४-११)[३]
वर्तमान स्थितिचालू[४]

इतिहास सम्पादन गर्नुहोस्

भिमिओलाई जेक लोडविकजेच क्लेइन क्लेनले सन् २००४ मा कलेजह्युमरबाट छुट्याएर सहकर्मीहरू बीच हास्य श्रव्य दृश्य साझा गर्न बनाएका थिए यद्यपि यसलाई कलेजह्युमरको बढ्दो लोकप्रियतालाई समर्थन गर्ने पक्षमा राखिएको थियो। आइएसीले सन् २००६ मा कलेजह्युमर र भिमेयोको अधिग्रहण गरेको थियो पछि गुगलले युट्युबलाई १.६५ अर्ब अमेरिकी डलरमा प्राप्त गरिसकेपछि, आइएसीले युट्युब विरूद्ध प्रतिस्पर्धा गर्न थप प्रयास गरेको थियो। यसले सामग्रीहरूलाई उच्च गुणस्तरमा प्रदान गर्नेमा ध्यान केन्द्रित गर्दै, अन्य भिडियो साझेदारी वेबसाइटहरूबाट आफूलाई छुट्याउन सफल भएको थियो। लोडविक र क्लेइन अन्ततः सन् २००९ मा, यो सेवालाई छोडेका थिए र आइएसीले भिमिओका सेवाहरू निर्माण गर्न थप संयुक्त केन्द्रित संरचना कार्यान्वयन गरेको थियो। सन् २०१७ मा, आइएसीले तत्कालीन महाप्रबन्धक अञ्जली सुदलाई कार्यकारी अधिकृतको रूपमा पदोन्नती गरेको थियो।[१०]

जेक लोडविकजेच क्लेइन, भिमिओका संस्थापकहरू

कलेजह्युमरबाट प्रारम्भिक वृद्धि (सन् २००४–२००९) सम्पादन गर्नुहोस्

भिमिओलाई सन् २००४ नोभेम्बरमा कनेक्टेड भेन्चर्सले स्थापना गरेको थियो जसले हास्यमा आधारित वेबसाइट कलेजह्युमरको नियन्त्रक कम्पनी हो।[११] वेब विकासकर्ता जेक लोडविक र जेच क्लेनको एक परियोजनाको रूपमा आफ्ना साथीहरूसँग छोटो श्रव्य दृश्यहरू यस सेवामार्फत साझा गर्ने गरेका थिए।[१२] भिडियो साझेदारी सेवाको लागि विचार एस्ली सिम्पसनको कुख्यात ओठ समक्रमण समावेश भिडियो कलेजह्युमरमा उर्ध्वभरण भएपश्चात् आएको थियो जसले मञ्चमा व्यापक अवलोकन प्राप्त गरेको थियो। व्यापक अवलोकन हेराई प्राप्त गरे पछि भिमिओको निर्माणमा प्रेरणा मिलेको थियो।[१३] भिमिओ शब्दलाई लोडविकले निर्माण गरेका थिए जुन अङ्ग्रेजी शब्द 'मुभी' र 'मी'को वर्णविपर्यय पनि हो।[१४] कलेजह्युमरको लोकप्रियता बढ्दो क्रममा रहेको थियो जहाँ लोडविक र क्लेनले भिमिओलाई केही समयको लागि छोड्दै कलेजह्युमरलाई समर्थन गर्ने कुरामा केन्द्रित रहेका थिए।[११][१५] भिमिओका मुख्य प्रयोगकर्ताहरू केही वर्षको अवधिमा मुख्यतया थोरै मात्र वृद्धि भएको थियो।

ब्यारी डिलरको स्वामित्वमा रहेको आइएसीले सन् २००६ अगस्टमा कनेक्टेड भेन्चर्समा बहुमतीय स्वामित्व प्राप्त गरेको थियो।[११] उनी कलेजह्युमरको सफलताबाट आकर्षित भएका थिए जसले त्यतिखेर एक महिनामा ६० लाख प्रयोगकर्ताहरूलाई आकर्षित गर्न सफल भएको थियो।[११][६] कनेक्टेड भेन्चर्सको सम्पत्ति समीक्षा गर्दा, आइएसीले भिमिओको सम्पत्ति पत्ता लगाएको थियो। गुगलले सन् २००६ अक्टोबरमा युट्युबलाई १.६५ अर्ब अमेरिकी डलरमा खरिद गरेको समयमा उक्त कुराको खुलासा भएको थियो। सन् २००७ को सुरुवात सम्म, आइएसीले लोडविक, क्लेन र एन्ड्र्यू पाइललाई भिमिओमा पूर्ण समय काम गर्ने र यसको क्षमता विस्तार गर्न निर्देशन दिएको थियो।[१३] आफूलाई युट्युब र अन्य श्रव्य दृश्य साझेदारी सेवाहरू देखि अलग गर्नका लागि भिमिओले यस सम्बन्धमा ध्यानाकर्षण गरेको थियो जहाँ यसले राम्रो उर्ध्वभरण उपकरणको साथ सामग्री, र सेवामा राम्रो सामग्रीको लोकप्रियतामा जोड दिएको थियो। [१६]सन् २००७ अक्टोबरसम्ममा, फ्ल्यासमा आधारित उच्च-परिभाषा भिडियो प्रवाहक मार्फत प्रयोगकर्ताहरूलाई उच्च परिभाषा सामग्री प्रस्ताव गर्ने यो पहिलो वेबसाइट थियो। आइएसीले कनेक्टेड भेन्चर्सको अधिग्रहणले भिमिओको दिशालाई लक्षित गर्न मद्दत पुर्‍याएको थियो भने आइएसीको संयुक्त प्रकृतिले कलेजह्युमर र भिमिओको धेरै मौलिक कर्मचारीहरूका साथ मुद्दा खडा गरेको थियो।

लोडविकले सन् २००७ को अन्त्यतिर आइएसीको व्यवसाय प्रक्रियामा समावेशीकरणले उनीहरूको सृजनात्मकतामा बाधा पुर्‍याएका कारण कम्पनी छोड्ने योजना बनाएका थिए भने अर्का संस्थापक जाच क्लेनले सन् २००८ को सुरुवातमा कम्पनी छोडेका थिए। [१७]

उच्च परिभाषा सामग्रीको पहुँचमा विकास (सन् २००९–२०१७) सम्पादन गर्नुहोस्

भिमिओले सन् २००९ मा यसको वेबसाइटको एक प्रमुख पुनः बनोट जारी गर्न थालेको थियो जसको उद्देश्य भिडियोमा प्रयोगकर्ताको ध्यान केन्द्रित गर्ने थियो,[१८] जुन अन्ततः सन् २०१२ जनवरीसम्ममा सम्पन्न भएको थियो। नयाँ संस्करणको उद्देश्य युट्युबको विपरीत भिडियो प्रवाहलाई बनोटको केन्द्रीय रूपमा प्रस्तुत गर्नु थियो। [१९]सन् २०१४ डिसेम्बरमा, भिमिओले ४ के सङ्कल्पको समर्थन प्रस्तुत गरेको थियो, यद्यपि यसले त्यसतिबेला ४ के प्रदर्शनको कम बजार प्रवेशको कारण अभिभारण गर्न अनुमति दिएको थियो।[२०] ४ के सामग्रीको प्रवाह अर्को वर्षमा सुरु भएको थियो जसले अनुकूलित अंशदर प्रवाहको समर्थन गरेको थियो। सन् २०१७ मार्चमा, भिमिओले आभाषी ३६० डिग्री भिडियो समर्थन प्रस्तुत गरेको थियो।[२१] उच्च गतिशील दायरा समर्थन सन् २०१९ जुनमा, लागू गरिएको थियो।[२२][२३]

सफ्टवेयर प्रदायकमा फेरबदल (सन् २०१६– हाल) सम्पादन गर्नुहोस्

भिमिओले सन् २०१८ मे महिनामा, प्रत्यक्ष इन्टरनेट प्रवाह भिडियोमा आधारित च्यानलहरूका लागि एक मञ्च भिएचएक्सको अधिग्रहण गरेको थियो जसले यसलाई यसका ग्राहकहरूलाई सेवाको रूपमा प्रस्तुत गरेको थियो।[२४] भिमिओ सेप्टेम्बर २०१७ मा अवस्थित सेवा लाइभस्ट्रिमको अधिग्रहण गर्दै यसको सम्बन्धित कर्मचारी र प्रविधिलाई बढावा दिएको थियो। अन्ततः यसले यसको प्रवाह प्रविधिलाई भिमिओ प्रत्यक्षको रूपमा एकीकृत गरेको थियो। [२५] सन् २०१६ को आसपासमा, भिमिओले नेटफ्लिक्स जस्ता सेवाहरूसँग प्रतिस्पर्धा गर्न र यसलाई लोकप्रिय सेवा बनाउनका लागि १० लाख भन्दा बढी खर्च गर्ने उद्देश्य सहित आफ्नै मौलिक प्रोग्रामिङको साथ सदस्यता मागमा भिडियो बजारमा प्रवेश गर्ने आफ्नो अभिप्राय व्यक्त गरेको थियो। [२६]आइएसीका प्रमुख कार्यकारी अधिकृत जोए लेभिनका अनुसार केही मूल प्रोग्रामिङ सामग्री निर्माणकर्ताहरूले भिमिओ पहिले नै रहेको बताएका थिए।[२७] कम्पनीले उनीहरूको सामग्री सेवामा प्रयोग गर्नका लागि भुक्तान गरेका थिए जसले गर्दा नेटफ्लिक्सको तुलनामा सामग्री उत्पादन गर्न उनीहरूको आफ्नै लागत कम भएको उनले जनाएका थिए।[२८] तथापि, जुन २०१७ सम्ममा, भिमिओले तिनीहरू यस क्षेत्रमा नेटफ्लिक्स र अन्य सेवाहरू भन्दा धेरै पछाडि रहेको अनुभुती गरेका थिए। उनीहरूसँग कम सम्भावित दर्शकहरू थिए र ती दर्शकहरूलाई ग्राहकहरूमा रूपान्तरण गर्न गाह्रो भएका कारण यसले विभिन्न योजनाहरू खारेज गरेको थियो।[२९]

 
अञ्जली सुद, सन् २०१७ देखि भिमिओकी कार्यकारी

यस कदममा, भिमिओले यसको सामग्री सृजनकर्ता र ग्राहकहरूलाई समर्थन गर्नेमा बढी ध्यान केन्द्रित गर्ने निर्णय गरेको थियो। यसले आफैलाई सामग्री आयोजक वा भिडियो साझेदारी गर्ने वेबसाइटबाट हटाएर सेवालाई सफ्टवेयरको रूपमा स्थानान्तरण गर्ने निर्णय गरेको थियो।[३०] कम्पनीले उनीहरूको अवस्थित सेवाहरूमा व्यापार प्रयोगका लागि लक्षित धेरै स्तर र सेवाहरू प्रस्तुत गरेको छ। यसबाहेक, भिमिओले आफूलाई आफूलाई युट्युब वा अन्य भिडियो साझेदारी सेवाहरूको प्रतिस्पर्धी नठान्ने कार्यकारी अञ्जली सुदले जनाएकी थिइन्।[३१] प्रयोगकर्ताले आफ्ना सृजनाहरू भिमिओको भिडियो सम्पादन उपकरणहरूको प्रयोग गर्न जारी राखेको खण्डमा यसले सृजनाकर्ताहरूलाई उनीहरूको भिडियोहरू कुनै पनि अन्य भिडियो साझेदारी वेबसाइटमा प्रतिलिपि गर्न र साझेदारी गर्न अनुमति दिन्छ। सन् २०१७ को प्रारम्भमा, भिमिओले आफ्ना प्रयोगकर्ताहरूको लागि सहयोगी समीक्षा उपकरणहरू जारी गरेको थियो, जसले सामग्री अन्य प्रयोगकर्ताहरूलाई साझेदारी गर्न अनुमति दिएको थियो।[३२]

भिमिओले अप्रिल २०१९ मा १० लाख भन्दा बढी प्रयोगकर्ताहरूसँग एक कृत्रिम बौद्धिकताद्वारा समर्थित भिडियो निर्माण सेवा मजिस्टोको अधिग्रहण गरेको थियो। सम्झौताका सर्तहरू भने खुलासा गरिएको थिएन, जबकि खरीद कथित रूपमा $२० करोडमा भएको थियो। अधिग्रहणको माध्यमबाट, मजिस्टोका कर्मचारीहरू भिमिओमा सरेका थिए र तिनीहरूको अवस्थित प्रयोगकर्ता आधारले भिमिओको उपकरण समूहमा पहुँच प्राप्त गरेको थियो।[३३][३०] भिमिओका लागि, तिनीहरूले माजिस्टोको प्रविधि साना व्यवसायहरूको लागि उपयोगी पाएको थियो। फेब्रुअरी २०२० सम्म, भिमिओले भिमिओ सृजनाको सुरुवात गर्दै भिमिओ र मा मजिस्टो उपकरणको एकीकरण गरेको थियो। [३४]

संयुक्त मामिलाहरू सम्पादन गर्नुहोस्

नेतृत्व सम्पादन गर्नुहोस्

लोडविक र क्लेइनको प्रस्थान पछि, आइएसीले कम्पनीमा थप संयुक्त संरचना ल्याएको थियो। जनवरी २००९ सम्म, डे मेलेन्सेम्पले आइएसीमा आबद्ध हुँदै भिमिओको महाप्रबन्धकको रूपमा सेवा गरेका थिए।[३५] उनले १९ मार्च २०१९ सम्म यस पदमा रहेका थिए भने पछि यसले केरी ट्रेनरलाई कार्यकारीको रूपमा कम्पनीमा सम्मिलित गरेको थियो।[३६]

सन् २०१६ को आसपासमा, धेरै उच्च-स्तरीय अधिकारीहरूले ट्रेनर सहित, भिमिओबाट आफ्नो प्रस्थानको घोषणा गरेका थिए।[३७] आइएसीका कार्यकारी जोए लेभिनलाई नयाँ कार्यकारीको खोजीको क्रममा भिमिओको लागि अन्तरिम अधिकृतको रूपमा नियुक्त गरिएको थियो। त्यसको एक वर्ष पश्चात्, आइएसीले तत्कालीन महाप्रबन्धक अञ्जली सुदलाई कार्यकारी अधिकृतको रूपमा पदोन्नति गरेको थियो।[२९][३८]

उत्पादन प्रस्ताव र राजस्व संरचना सम्पादन गर्नुहोस्

अन्य भिडियो साझेदारी वेबसाइटहरूको विपरीतमा, भिमिओले कुनै पनि विज्ञापन यसको पृष्ठहरू वा भिडियोमा प्रदर्शन गर्दैन।[३९][११] यसको सट्टामा, यसले आफ्नो सेवालाई, सफ्टवेयरको रूपमा सेवा नमूना अन्तर्गत सञ्चालन गरेको छ जहाँ यसले राजस्वको लागि यसको व्यवस्थापित सेवा र उत्पादन सामग्रीहरूलाई सिर्जनाकर्ताहरूका लागि बिक्री गर्दछ।[४०] यसले निःशुल्क सेवाहरूको लहर प्रदान गर्दछ जहाँ यसमा दर्ता भएका वा खाता भएका प्रयोगकर्ताहरूले यसमा एक हप्तामा ५०० गिगाबाइट सम्मको सामग्रीहरू थप गर्न सक्दछन्।[४१] जबकि सन् २००८ देखि भुक्तान प्रयोगकर्ताहरूले यसमा असीमित रूपमा सामग्रीहरू थप्न सक्दछन्। [११]

सन् २०१६ को सुरु देखि, भिमिओले आफ्नो प्रस्तावको माध्यमबाट समर्थन व्यवसायको लागि सेवाहरू सञ्चालन गरेको छ। सेप्टेम्बर २०१६ मा यसले अन्तर-व्यापार सहयोगको लागि व्यवसायहरूलाई उनीहरूको ग्राहकहरूको लागि सूचना प्रधान भिडियोहरू साझा गर्न अनुमति दिने उद्देशका साथ एक व्यापार स्तरीय योजना प्रस्तुत गरेको थियो।[४२] सन् २०१७ मा, लाइभस्ट्रिमको अधिग्रहण पश्चात्, भिमिओले भुक्तान ग्राहकहरूका लागि अर्को सेवा थप गरेको थियोजसमा असीमित उर्ध्वरभण क्षमता र प्रत्यक्ष सामग्री प्रसारण सेवा भिमिओ प्रत्यक्ष समावेश छ।[२५] १ अगस्त २०१९ मा, भिमिओले भिमिओ उद्यम नाम एब सेवाको थालनी गरेको थियो जुन सङ्गठनहरूका लागि सिर्जना गरिएको उपकरणहरूको समूह हो। यसले प्रयोगकर्ताहरूलाई कार्यक्षेत्रमा प्रत्यक्ष र माग अनुरूपका भिडियोहरू व्यवस्थित र साझा गर्न मद्दत गर्दछ। [४३]

सिर्जनाकर्ताहरूले सन् २०१३ देखि व्यक्तिगत भिडियोहरूको पहुँच बिक्री गर्न सक्दछन्, र पछि २०१५ मा बिक्रीको १०% कटौतीको साथ, सदस्यतामा आधारित पहुँच प्रदान गर्न सक्ने सुविधा समावेश गरिएको थियो।[४४] भिमिओले सन् २०१५ देखि मागको आधारमा सामग्रीहरूको प्रस्ताव गरेको थियो जसले यसका साझेदारहरूले उनीहरूका ग्राहकहरूलाई उनीहरूको वेबसाइट मार्फत भिमिओका समाविष्ट भिडियोहरू बेच्न अनुमति दिन्छ।[४५] भिएचएक्सको अधिग्रहणको माध्यमबाट, भिमिओले प्रत्यक्ष इन्टरनेट प्रवाह सेवाको प्रस्ताव गरेको थियो जसलाई भिमिओ ओटिटी नामकरण गरिएको थियो जसको प्रयोग गरेर अनुप्रयोगका ग्राहकहरूले माग-प्राप्त भिडियो प्रदान गर्न एक अनुकुलित मोबाइल अनुप्रयोगहरू सिर्जना गर्नका लागि प्रयोग गर्न सक्दछन्[४६] जहाँ भिमिओले सदस्यता, विज्ञापन कार्य र सामग्री वितरणको जिम्मा लिन्छ।[४७][४८]

व्यावसायिक सामग्री समर्थनका लागि भिमिओलाई एक उपयुक्त मञ्चको रूपमा प्रबर्द्धन गर्न भिमिओले सेप्टेम्बर २०१९ मा "फर हायर" नामक रोजगार बजारको उद्घाटन गरेको थियो जसले व्यावसायिक भिडियो सेवाहरूको खोजी गर्ने कम्पनीहरू वा वेबसाइटका प्रयोगकर्ताहरूलाई सामग्रीको उपयोग गर्न, प्रतिक्रिया दिन र स्वतन्त्र रूपमा रोजगार अनुरोधहरू सार्वजनिक गर्न अनुमति दिन्छ।[४९] भिमिओ रेकर्ड नामक अर्को नवीनतम् सेवा अक्टोबर २०२० मा सुरु गरिएको थियो जसले व्यवसायलाई रेकर्ड गरिएको भिडियो सन्देश उनीहरूको कम्पनी भित्र वा उनीहरूका ग्राहकहरूसँगको नियमित सञ्चारमा मद्दत पुर्‍याउँदछ।[५०]

ग्राहक आकार सम्पादन गर्नुहोस्

डिसेम्बर २०१३ सम्ममा, भिमिओले प्रति महिना १० करोड भन्दा बढी प्रयोगकर्तालाई आकर्षित गर्न सफल भएको थियो भने मञ्चमा, २.२ करोड दर्ता भएका प्रयोगकर्ता रहेका थिए।[५१] भिमिओको पन्ध्र प्रतिशत जनशाङ्खिकि मोबाइल उपकरणहरूबाट प्राप्त हुन्छ।[५२] फेब्रुअरी २०१३ सम्म, भिमिओले यसको ठूला प्रतिस्पर्धीहरू, भिडियो साझेदारी सेवा युट्युबफेसबुक पछिको सबै इन्टरनेट ब्यान्डविथको ०.११% को ओगटेको थियो जुन फेसबुक र युट्युब भन्दा धेरैनै पछाडी हो।[५३] यसमा सामान्यतया चलचित्र निर्माताहरू संलग्न छन्।[५४] भिमिओ समुदायलाई "भिमिएन्स" भनेर चिनिन्छ जुन भिमिओ समुदायको सक्रिय सदस्यहरूलाई सान्दर्भिक गर्दछ जो नियमित आधारमा अन्य प्रयोगकर्ताहरूसँग संलग्न हुन्छन्।[५५]

आइएसीका प्रमुख वित्तीय अधिकारी ग्लेन शिफम्यानका अनुसार, सन् २०१९ मा, उद्यम ग्राहकहरू राजस्वको हिसाबले भिमिओको सबैभन्दा द्रुत बृद्धि हुने क्षेत्र हो।[५६][५७][३९] प्रमुख प्रविधि अधिकृत मार्क कोर्नफिल्टका अनुसार, अप्रिल २०१९ सम्ममा मञ्चमा करिब १० लाख ग्राहकहरू रहेका छन् जुन कम्पनीको १६ करोड अमेरिकी डलर वर्षिक राजस्वको बहुमत बनेको छ।[५८]

मार्च २०२० सम्ममा सङ्ख्यामा वृद्धि हुँदै १० लाख २० हजार भन्दा बढी पुगेको थियो[५९] र वार्षिक राजस्व २० करोड अमेरिकी डलर भन्दा बढी प्राप्त भएको थियो।[६०] यसमा अप्रिल २०२० सम्म १७ करोड ५० लाख[६०] दर्ता भएका प्रयोगकर्ताहरू थिए भने नोभेम्बर २०२० मा, यो सङ्ख्यामा वृद्धि आउँदै २० करोड पुगेको थियो।[२]

घटनाहरू सम्पादन गर्नुहोस्

भिमिओले सन् २०१० मा आफ्नो पहिलो भिमिओ महोत्सव र पुरस्कार कार्यक्रमको सुरुवात गरेको थियो, र प्रत्येक कार्यक्रम प्रत्येक १८ महिनाको अन्तरालमा आयोजना गरिएको थियो। महोत्सवले सामग्री सिर्जनाकर्ताहरूलाई धेरै श्रेणीमा विचारको लागि थोरै शुल्कको लागि आफ्ना चलचित्रहरू पेश गर्न अनुमति दिएको थियो। महोत्सवको दौरान, सामान्यतया ५,००० भन्दा बढि भिडियोहरू पेश गरिएका थिए भने निर्णायकहरूले ५००० मध्ये १,००० भिडियोहरू छनोट गरेका थिए जसलाई पछि विभिन्न विधामा, मतदानको लागि पठाइएको थियो। यस पुरस्कारलाई प्रत्यक्ष प्रसारण मार्फत विभिन्न विधामा उत्कृष्ट मानिएका चलचित्रहरूलाई पदान गरिएको थियो। प्रत्येक श्रेणीका विजेताहरूलाई नगद पुरस्कार र एक समग्र सबैभन्दा राम्रो प्रदर्शनी पुरस्कार पदान गरिन्छ। भिमिओले भिडियो र चलचित्र निर्माताहरूलाई यसको पृष्ठहरूमा आफ्नो काम बारे प्रकाश पार्न र ग्राहकहरुबाट सम्भावित काम प्राप्त गर्ने एक अवसर प्रदान गर्न उद्देशका साथ महोत्सव र पुरस्कारको स्थापना गरेको थियो।[६१][६२][६३]

अन्य देशहरूमा प्रभाव सम्पादन गर्नुहोस्

सन् २००९ देखि, चीनमा भिमिओ प्रतिबन्धित अवस्थामा रहेको छ।[६४] ४ मे २०१२ देखि, केही इन्टरनेट सेवा प्रदायकहरूले भारतमा दूरसञ्चार विभागको आदेश अन्तर्गत भिमिओलाई कुनै कारण बिना, प्रतिबन्धित गरिएको थियो।[६५][६६][६७] प्रयोगकर्ताले बनाएका केही श्रव्य दृश्यहरू मार्फत आइएसआइएसको प्रचार प्रसार हुने डरका कारण, भिमिओलाई भारतमा डिसेम्बर २०१४ मा प्रतिबन्ध गरिएको थियो।[६८] तथापि, ३१ डिसेम्बरमा सेवा माथि लगाइएको प्रतिबन्ध हटाइएको थियो।[६९]

मे २०१४ मा, इन्डोनेसियाका सञ्चार मन्त्री तिफातुल सेम्मिरीङले आफ्नो निजी ट्विटर खातामा, भिडियो साझेदारी सेवा भिमिओ प्रतिबन्धित हुनेछ बताएका थिए।[७०] सन् २००८ मा पारित भएको इन्डोनेसियाको विवादास्पद अश्लीलता विरोधी कानूनलाई उद्धृत गर्दै मन्त्रीले वेबसाइटले "नग्नता वा नग्नता जस्ता सुविधाहरू" प्रदर्शन गरेको आरोप लगाएका थिए।

कानूनी समस्या सम्पादन गर्नुहोस्

जनवरी २०१९ मा, रोमको वाणिज्यिक अदालत श्रव्य दृश्य साझेदारी सेवा भिमिओले भिदियासेतको स्वामित्वमा रहेको इटालेली टेलिभिजन कार्यक्रमहरू सिधा उर्ध्वभरण गर्नमा "सक्रिय भूमिका" खेलेको र प्रतिलिपी अधिकार उल्लङघन गरेको निर्धारण गरेको थियो। भिमिओ मिदियासेतको अनुरोधमा २,००० भन्दा बढी प्रतिलिपी अधिकार उल्लङ्घन श्रव्य दृश्य हटाउन अस्वीकार गरेपछि कम्पनीलाई $९७,००,००० जरिवाना तिर्न बाध्य पारिएको थियो।[७१][७२][७३]

जुन २०१९ मा, "पूर्व-समलिङ्गी आन्दोलन"का संस्थापक, जेम्स डोमेनले भिमिओका सामग्रीहरूले दिशानिर्देशको उल्लङ्घन गरेको आरोप लगाउँदै यसको विरुद्ध मुद्दा दर्ता गरेका थिए।[७४][७५] भिमिओले उनको ८९ वटा श्रव्य दृश्यहरूलाई हटाएका थियो। उनका अनुसमर, श्रव्य दृश्यहरूले समलैङ्गिकताको विरोध जनाउँदछ र तथाकथित "रूपान्तरण चिकित्सा" को वकालत गर्दछ।[७५][७६] सङ्घीय अदालतले सन् २०२० मा डोमेनको मुद्दा खारेज गरेको थियो।[७७]

म्याजिस्टोको अधिग्रहण पछि, भिमिओको विरुद्ध जीवमितीय सूचना गोपनीयता ऐनको उल्लङ्घनको लागि सेप्टेम्बर २०१९ मा इलिनोइसमा मुद्दा दायर गरिएको थियो।[७८] भिमिओ माथि म्याजिस्टोको सफ्टवेयरको माध्यमबाट उर्ध्वभरणकर्ताको व्यक्तिगत जानकारी स्वचालित रूपमा भण्डारण गरेको र तिनिहरूलाई पछ्याएको आरोप लगाएको थियो जसमा उनीहरूको लिङ्ग, उमेर, र जातिगत पहिचान समावेश छ जुन जीवमितीय सूचना गोपनीयता ऐनको विरुद्ध रहेको छ। जुन २०२० सम्ममा यो मुद्दा सङ्घीय जिल्ला अदालतमा विचाराधिन रहेको छ। [७९]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "अलेक्सा - भिमिओ प्रतिस्पर्धाी विश्लेषण, ट्राफिक र जनशाङ्खिकि"अलेक्सा। सङ्ग्रह मिति २०२०-१०-१४ 
  2. २.० २.१ सभिट्ज, एरिक, "IAC Raises $150 Million for Vimeo Unit, Plans Spinoff", बारोन्स, अन्तिम पहुँच ९ नोभेम्बर २०२० 
  3. "इन्टरनेट अभिलेखमा भिमिओ" 
  4. "भिमिओ डटकमको जानकारी"अलेक्सा इन्टरनेट। सङ्ग्रह मिति जुलाई १, २०१९ 
  5. "How to pronounce Vimeo?"। भिमिओ। सङ्ग्रह मिति जनवरी १७, २०१९ 
  6. ६.० ६.१ लुरिया, पिटर (अक्टोबर १६, २००७)। "Web stranica za dijeljenje videozapisa postaje visoka"। न्युयोर्क पोस्ट 
  7. "Vimeo Launches Stock Footage Marketplace"द हलिउड रिपोर्टर। सङ्ग्रह मिति २०१९-०१-०८ 
  8. माजाकारिस, रिचर्ड फेलोनी, एना। "Vimeo's 34-year-old CEO on why she's not worried about YouTube or Netflix, and how she plans to bring in $100 million this year"बिजनेस इन्साइडर। सङ्ग्रह मिति २०१९-०१-०८ 
  9. स्पाङ्लर, टोड (जुलाई २०, २०१७)। "IAC's Vimeo Appoints Anjali Sud CEO After Yearlong Search"भेराइटी। सङ्ग्रह मिति २०१९-०१-०८ 
  10. "IAC replaces Vimeo CEO with former AOL exec Kerry Trainor"भेन्चरबिट। सङ्ग्रह मिति २ जुन २०२० 
  11. ११.० ११.१ ११.२ ११.३ ११.४ ११.५ पुलेन, जोन पात्रिक (फेब्रुअरी २३, २०११)। "How Vimeo became hipster YouTube"फर्च्युन। सङ्ग्रह मिति मे ८, २०२० 
  12. मोरिसे, ब्रायन (अगस्ट १५, २००६)। "IAC Buys CollegeHumor.com"एड विक। सङ्ग्रह मिति मे ८, २०२० 
  13. १३.० १३.१ क्निबिस, काते (जनवरी २८, २०२०)। "CollegeHumor Helped Shape Online Comedy. What Went Wrong?"वियर्ड। सङ्ग्रह मिति मे ८, २०२० 
  14. लोडविक, जेक (५ फेब्रुअरी २००५)। "सहयोग केन्द्र"प्राय सोधिने प्रश्नहरू 
  15. लन मोनिका, पल (अक्टोबर ९, २००६)। "Google to buy YouTube for $1.65 billion"। सिएनएन। सङ्ग्रह मिति मार्च २६, २०१७ 
  16. लापोवस्की, इसी (अगस्ट २०१३)। "'An Acquisition Is the End of a Dream'"इङ्क पत्रिका। सङ्ग्रह मिति मे ८, २०२० 
  17. रेगन, जिलियन (सेप्टेम्बर १८, २००९)। "Boxee Nabs IAC Star Zach Klein"द न्यु योर्क अब्जर्भर। सङ्ग्रह मिति मे ८, २०२० 
  18. "Vimeo now offers 4K video downloads, but streaming isn't available yet"द भर्ज। सङ्ग्रह मिति सेप्टेम्बर २६, २०१७ 
  19. मिलियन, मार्क (जनवरी २४, २०१२)। "Vimeo to emphasize videos in redesign"। सिएनएन। सङ्ग्रह मिति मे ८, २०२० 
  20. रोटेगर, जानको (डिसेम्बर ३, २०१५)। "Vimeo Starts Adaptive Streaming on the Web, iOS and Apple TV, Rolls Out 4K"भेराइटी। सङ्ग्रह मिति सेप्टेम्बर २६, २०१७ 
  21. "Vimeo introduces support for 360-degree videos"द भर्ज। सङ्ग्रह मिति सेप्टेम्बर २६, २०१७ 
  22. सिङ्गलटन, मिकाह (नोभेम्बर १६, २०१७)। "Vimeo now supports HDR videos"द भर्ज। सङ्ग्रह मिति मे १२, २०२० 
  23. ड्रियर, ट्रय (जुन १३, २०१९)। "Vimeo Announces Support for AV1 Codec, Starts With Staff Picks"स्ट्रिमिङ मिडिया। सङ्ग्रह मिति मे १२, २०२० 
  24. "Vimeo acquires VHX to boost its video-on-demand business"टेकक्रन्च। मे २, २०१६। सङ्ग्रह मिति जुन ९, २०१६ 
  25. २५.० २५.१ पेरेज, सराह। "Vimeo acquires Livestream, launches its own live video product"टेकक्रन्च। सङ्ग्रह मिति सेप्टेम्बर २६, २०१७ 
  26. स्पाङ्लर, तोद (नोभेम्बर २, २०१६)। "Vimeo Plans to Spend 'Tens of Millions' of Dollars on Content for New Subscription VOD Services"भेराइटी। सङ्ग्रह मिति मे ८, २०२० 
  27. विनफ्रे, Graham (जुन २६, २०१७)। "Vimeo Surrenders to Netflix: Why the Subscription Video Plan Was Never Going to कार्य"इन्डेइ वायर]। सङ्ग्रह मिति मे ८, २०२० 
  28. काओ, सिस्सी (अगस्ट १७, २०१९)। "Vimeo COO: How an Ad-Free Strategy Won the Video Streaming War"द न्युयोर्क अब्जर्भर। सङ्ग्रह मिति मे ८, २०२० 
  29. २९.० २९.१ ला मोनिका, पउल R. (जुन २६, २०१९)। "Vimeo is thriving as the anti-YouTube. Here's the CEO's plan for the future"सिएनएन। सङ्ग्रह मिति मे ८, २०२० 
  30. ३०.० ३०.१ बारी, एमिली। "How Vimeo dropped its fight with YouTube and turned ad-free videos into a real business"मार्केट वाच (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २०१९-०९-११ 
  31. सावर्स, पउल (जनवरी १८, २०१७)। "Vimeo rolls out tools that let reviewers provide time-coded feedback and notes on individual frames"भेन्चरबिट। सङ्ग्रह मिति मे १९, २०२० 
  32. स्पाङ्लर, तोद (अप्रिल १९, २०१९)। "Vimeo Acquires Magisto, a Video-Creation Automation Company"भेराइटी। सङ्ग्रह मिति मे १९, २०२० 
  33. "Vimeo has acquired short-form video-creation platform Magisto, reportedly for $200M"टेकक्रन्च (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २०१९-०९-११ 
  34. सावर्स, पउल (फेब्रुअरी २५, २०२०)। "Vimeo launches AI-powered social video editing platform out of beta"भेन्चरबिट। सङ्ग्रह मिति मे १९, २०२० 
  35. "ManagementBios", आइएसी, अन्तिम पहुँच जनवरी ३१, २०१२  वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर २२, २०१२ मिति
  36. "IAC replaces Vimeo CEO with former AOL exec Kerry Trainor", भेन्चरबिट 
  37. Spangler, Todd (जुन ७, २०१६), "Kerry Trainor Steps Down as Vimeo CEO", भेराइटी, अन्तिम पहुँच मे २९, २०२० 
  38. Spangler, Todd (जुलाई २०, २०१७), "IAC's Vimeo Appoints Anjali Sud CEO After Yearlong Search", भेराइटी, अन्तिम पहुँच २०१९-०१-०८ 
  39. ३९.० ३९.१ ब्यारी, एमिली, "How Vimeo dropped its fight with YouTube and turned ad-free videos into a real business", मार्केट वाच (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०९-२० 
  40. माजाकारिस, रिचार्ड फेलोनी, आना, "Vimeo's 34-year-old CEO on why she's not worried about YouTube or Netflix, and how she plans to bring in $100 million this year", बिजनेस इन्साइडर, अन्तिम पहुँच २०१९-०१-०८ 
  41. "Presenting Vimeo Plus!", द भिमिओ ब्लग, अक्टोबर १६, २००८। 
  42. सवेर्स, पल (सेप्टेम्बर १३, २०१६), "Vimeo Business launches for $599/year, offering hosting, marketing, analytics, and more", भेन्चर बिट, अन्तिम पहुँच मे ८, २०२० 
  43. "Vimeo debuts enterprise video services", फियर्स भिडिओ (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०९-२० 
  44. लवेर, रायन (जुन २, २०१५), "Vimeo Now Lets Creators Launch Their Own Subscription Video-On-Demand Channels", टेकक्रन्च, अन्तिम पहुँच मे ८, २०२० 
  45. जार्भे, नटाली (जनवरी २२, २०१५), "Vimeo Launches VOD Publisher Network", द हलिउड रिपोर्टर, अन्तिम पहुँच मे ८, २०२० 
  46. ड्रायर, ट्रोय (अप्रिल ९, २०१८), "Vimeo Debuts a Live and On-Demand OTT Subscription App Solution", स्ट्रिमिङ मिडिया, अन्तिम पहुँच जुलाई १२, २०२० 
  47. सवेर्स, पल (सेप्टेम्बर ५, २०१८), "Vimeo launches stock video marketplace starting at $79 per clip", भेन्चर बिट, अन्तिम पहुँच मे ८, २०२० 
  48. "Vimeo Launches Stock Footage Marketplace", द हलिउड रिपोर्टर, अन्तिम पहुँच २०१९-०१-०८ 
  49. रोटेगर, जान्को (सेप्टेम्बर २३, २०१९), "Vimeo Launches Video Production Jobs Marketplace", भेराइटी, अन्तिम पहुँच मे १९, २०२० 
  50. Ha, Anthony (नोभेम्बर १७, २०२०), "https://techcrunch.com/2020/10/27/vimeo-record/", टेकक्रन्च, अन्तिम पहुँच नोभेम्बर १७, २०२० 
  51. लुडविग, सिन (जनवरी २४, २०१२), "Vimeo begins rolling out silky smooth redesign with huge videos", भेन्चर बिट, अन्तिम पहुँच फेब्रुअरी १, २०१२ 
  52. Ludwig, Sean (जनवरी ९, २०१२), "Vimeo shows slick new video apps for Android, Windows Phone, iPhone, iPad", भेन्चर बिट, अन्तिम पहुँच फेब्रुअरी १, २०१२ 
  53. "Application Usage & Threat Report", पालो आल्टो नेटवर्क, अन्तिम पहुँच अक्टोबर १५, २०१३ 
  54. "The Best Indie Filmmakers", भिमिओ, अन्तिम पहुँच मार्च २५, २०१२ 
  55. भिमिओ (२०११), "Hey Vimeans!", टम्ब्लर्, अन्तिम पहुँच मार्च २५, २०१२ 
  56. "Vimeo debuts enterprise video services", फियर्स भिडिओ (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०९-२० 
  57. "Vimeo pivots business from media to tech", Axios (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०९-२० 
  58. पटेल, शाहिल (अप्रिल ५, २०१९), "How Vimeo shifted from being a YouTube alternative to a $160m B2B player", डिजिडे], अन्तिम पहुँच मे ८, २०२० 
  59. इफिनी, केसी (मार्च १०, २०२०), "How Vimeo has armed 1.2 million paying subscribers for the digital video boom", फास्ट कम्पनी, अन्तिम पहुँच जुन १०, २०२० 
  60. ६०.० ६०.१ रोबिन्सन, कार्टी (अप्रिल १७, २०२०), "The Pandemic Work Diary of a Video-Streaming C.E.O.", द न्युयोर्क टाइम्स, अन्तिम पहुँच जुन १०, २०२० 
  61. "Calling DIY Video Makers: Vimeo Festival + Awards Rides Again", वायर्ड, डिसेम्बर १३, २०११, अन्तिम पहुँच मे २०, २०२० 
  62. ओ निल, मेगन (डिसेम्बर १३, २०११), "Submissions Now Open For 2nd Vimeo Festival + Awards, $25,000 Grand Prize", एड्विक, अन्तिम पहुँच मे २०, २०२० 
  63. "Which Online Video Award Is Most Important?", स्ट्रिमिङ मिडिया डटकम, डिसेम्बर १४, २०१२, अन्तिम पहुँच मे २९, २०२० 
  64. "2020 被中国封锁的网站、软件、应用程序 Apps 列表"软件 (जापानी भाषा)। २०१३-०२-१५। सङ्ग्रह मिति २०२०-०३-१६ 
  65. अर्नेस्टो (२ मे २०१२)। "India Orders Blackout of Vimeo, The Pirate Bay and More"टोरेन्ट फ्रिक। सङ्ग्रह मिति ३ मे २०१२ 
  66. विकास (४ मे २०१२)। "Reliance Communications Blocks The Pirate Bay & Vimeo"मिडियानामा। सङ्ग्रह मिति १० मे २०१२ 
  67. "भारतमा साइट ब्लक गरिँदा, नेपालमा पनि साइट ब्लक"। अर्को पोस्ट। 
  68. स्टोन, जेफ (३१ डिसेम्बर २०१४)। "Vimeo, DailyMotion, Pastebin Among Sites Blocked In India For 'Anti-India' Content From ISIS"इन्टरनेसनल बिजनेस टाइम्स 
  69. रवी, शर्माई (२ जनवरी २०१५)। "Indian government unblocks Vimeo, Dailymotion, 2 other websites"द टाइम्स अफ इन्डिया 
  70. Kementerian Komunikasi dan Informatika (१२ मे २०१४)। "Siaran Pers Tentang PENANGANAN VIMEO.COM"। सङ्ग्रह मिति १९ जुन २०१४ 
  71. "Vimeo legal blunder leads to $10 million fine in Italy" (अङ्ग्रेजी भाषा)। २०१९-०१-३०। सङ्ग्रह मिति २०१९-०१-११ 
  72. भेन्देलभिच, योसी (२९ जनवरी २०१९)। "Vimeo Pays $9,700,000 Penalty to Mediaset for Copyright Infringement"वाइएम सिनेमन (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २०१९-०९-११ 
  73. "Vimeo 'Fined' €8.5m For Failure to Remove Copyrighted TV Content"टोरेन्ट फ्रिक (अङ्ग्रेजी भाषा)। २०१९-०१-१६। सङ्ग्रह मिति २०१९-०९-११ 
  74. मोक्षली, आर स्कोट (जुन २७, २०१९), "Pastor Sues Vimeo For Deleting Pro-Gay Conversion Videos", ओसी साप्ताहिक (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-१०-१६ 
  75. ७५.० ७५.१ James Domen said Vimeo discriminated against him when it deleted his conversion therapy videos A federal court disagreed, मेट्रो साप्ताहिक (१७ जनवरी २०२०)
  76. Domen v. भिमिओ, निगम (S.D.N.Y. Jan. 14, 2020)
  77. गुडिन, डान (२६ सेप्टेम्बर २०१९), "Vimeo collected detailed facial scans without consent, lawsuit alleges", अर्स टेकनिका, अन्तिम पहुँच १० जुन २०२० 
  78. अस्बुर्न, चार्ली (सेप्टेम्बर २७, २०१९), "Vimeo embroiled in biometric 'face map' lawsuit over user privacy, consent", जेडिनेट, अन्तिम पहुँच जुन १०, २०२० 
  79. "Vimeo Loses Bid to Arbitrate Illinois Biometric Privacy Claims", ब्लुमबर्ग पुस्तकालय, २ जुन २०२०, अन्तिम पहुँच १० जुन २०२० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्