भिटो एक ल्याटिन शब्द हो, जुनको अर्थ हुन्छ "म निषेध गर्छु"। यसलाई निषेधाधिकार पनि भनिन्छ। भिटो/ निषेधाधिकार भनेको देशको कुनै अधिकारीलाई एकतर्फी रुपमा कुनै कानुन रोक्न सक्ने अधिकार हो।

अभ्यासमा, भिटो निरपेक्ष हुन सक्छ (जस्तै कि संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषदमा, यसको स्थायी सदस्य (संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, फ्रान्स, रूसचीन)को भिटोले कुनै पनि प्रस्तावलाई रोक्न सक्छ, वा सिमित हुन सक्छ (जस्तै कि संयुक्त राज्य अमेरिकाको व्यवस्थापिका प्रक्रियामा हुन्छ, कुनै कानून तथा विधेयक माथि लागेको राष्ट्रपतिको भिटोलाई सदनसीनेटको दुई-तिहाई मत रद्ध गर्न सक्छ।[१]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. संयुक्त राज्य अमेरिकाको संविधानको अनुच्छेद I, धारा 7, खण्ड 2