भारतीय निर्वाचन आयोग (ECI) एक संवैधानिक निकाय हो। यसलाई भारतको संविधानले देशमा निर्वाचन सञ्चालन र नियमन गर्न स्थापना गरेको हो। संविधानको धारा ३२४ ले संसद, राज्य व्यवस्थापिका, भारतको राष्ट्रपतिको कार्यालय र भारतका उपराष्ट्रपतिको कार्यालयको निर्वाचनको रेखदेख, निर्देशन र नियन्त्रणको अधिकार निर्वाचन आयोगमा निहित हुने व्यवस्था गरेको छ। तसर्थ, निर्वाचन आयोग एक अखिल भारतीय निकाय हो कि यो केन्द्रीय सरकार र राज्य सरकार दुवैको साझा हो। [[१]]

भारतीय निर्वाचन आयोग
भारत निर्वाचन आयोग
संवैधानिक निकाय विवरण
गठन२५ जनवरी १९५०; ७४ वर्ष पहिले (१९५०-०१-25)
(पछि राष्ट्रिय मतदाता दिवस को रूपमा मनाइयो)
अधिकार क्षेत्रकानून र न्याय मन्त्रालय, भारत सरकार
प्रधान कार्यालयनिर्वाचन सदन, अशोका रोड, नयाँ दिल्ली[१]
२८°३७′२६″उ॰ ७७°१२′४०″पू॰ / २८.६२३८९°N ७७.२११११°E / 28.62389; 77.21111निर्देशाङ्कहरू: २८°३७′२६″उ॰ ७७°१२′४०″पू॰ / २८.६२३८९°N ७७.२११११°E / 28.62389; 77.21111
कर्मचारीहरू300 को आसपास[२]
संवैधानिक निकाय कार्यकारीहरू
  • राजीव कुमार (निजामती कर्मचारी), भारतको मुख्य निर्वाचन आयुक्त
  • अनुप चन्द्र पाण्डेय, (भारतीय प्रशासनिक सेवानिवृत्त), भारतको निर्वाचन आयुक्त
  • अरुण गोयल, IAS(Retd.), भारतको निर्वाचन आयुक्त
वेबसाइटOfficial Website

यस निकायले लोकसभा, राज्यसभा, राज्य विधान सभा, राज्य विधान परिषद् र देशको राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयहरूको निर्वाचनको व्यवस्थापन गर्दछ। [[२]] [[३]] निर्वाचन आयोगले संविधानको धारा ३२४, र त्यसपछि जनप्रतिनिधित्व ऐन लागू गरेको छ । निर्वाचन सञ्चालन गर्दा प्रचलित कानूनले अपर्याप्त व्यवस्था गरेको अवस्थामा उपयुक्त ढङ्गले काम गर्ने संवैधानिक अधिकार आयोगलाई छ । यो स्थायी संवैधानिक निकाय हो।

संरचना सम्पादन गर्नुहोस्

आयोगमा वर्तमानमा एक मुख्य निर्वाचन आयुक्त र दुइ निर्वाचन आयुक्त हुन्छन्। जब यो पहिला पटक १९५०मा गठित भयो तबदेखि र १५ अक्तूबर, सन् १९८९ सम्म केवल मुख्य निर्वाचन आयुक्त सहित यो एक एकल-सदस्यीय निकाय थियो। १६ अक्तूबर, 1989 देखि 1 जनवरी, 1990 सम्म यो आर. वी. एस. शास्त्री (मु.नि.आ.) र निर्वाचन आयुक्तका रूपमा एस.एस. धनोवा र वी.एस. सहगल सहित तीन-सदस्यीय निकाय बन्यो। 2 जनवरी, 1990 देखि 30 सितम्बर, 1993 सम्म यो एक एकल-सदस्यीय निकाय बन्यो र फेरि 1 अक्तूबर , 1993 देखि यो तीन-सदस्यीय निकाय बन्यो। [३]

 
मतदान अधिकृतहरू घरबाट मतपत्र संकलन गर्न पुग्छन्

वर्तमानमा मुख्य निर्वाचन आयुक्त श्री राजीव कुमार र अन्य निर्वाचन आयुक्त अनुप चन्द्र पाण्डे र अरुण गोयल छन्।

अधिकार एवं गर्तव्य सम्पादन गर्नुहोस्

मुख्य निर्वाचन आयुक्त सम्पादन गर्नुहोस्

निर्वाचन आयुक्तहरूको नियुक्ति एवं कार्यावधि सम्पादन गर्नुहोस्

मुख्य निर्वाचन आयुक्त र अन्य निर्वाचन आयुक्तहरूको नियुक्ति भारतको राष्ट्रपतिले गर्दछन। मुख्य निर्वाचन आयुक्तको कार्यकाल ६ वर्ष वा ६५ साल, जो पहिला हो,को हुन्छ जबकि अन्य निर्वाचन आयुक्तहरूको कार्यकाल ६ वर्ष वा ६२ साल, जो पहिला हो,को हुन्छन्। निर्वाचन आयुक्तको सम्मान र वेतन भारतका सर्वोच्च न्यायलयका न्यायधीशका सामान हुन्छ। मुख्य निर्वाचन आयुक्तलाई संसद द्वारा महाभियोगको प्रक्रियाबाट नैं हटाउन सकिन्छन्।

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "Contact Us", Election Commission of India, मूलबाट २६ डिसेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १० जनवरी २०१८ 
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named :0
  3. "प्राय पूछे जाने प्रश्न – निर्वाचन तन्त्र", Election Commission of India।