भागेश्वर गाउँपालिका

(भागेश्वरबाट अनुप्रेषित)

भागेश्वर गाउँपालिका डडेल्धुरा जिल्लाको ५ गाउँपालिका मध्येको एक गाउँपालिका हो। नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार भागेश्वर गाउँपालिकाको कुल जनसंख्या १४, १२९ छ।[१]

भागेश्वर गाउँपालिका
भागेश्वर गाउँपालिका is located in सुदूरपश्चिम प्रदेश
भागेश्वर गाउँपालिका
भागेश्वर गाउँपालिका
सुदूरपश्चिम प्रदेशमा रहेको स्थान
भागेश्वर गाउँपालिका is located in नेपाल
भागेश्वर गाउँपालिका
भागेश्वर गाउँपालिका
भागेश्वर गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°१९′N ८०°२४′E / २९.३२°N ८०.४०°E / 29.32; 80.40निर्देशाङ्कहरू: २९°१९′N ८०°२४′E / २९.३२°N ८०.४०°E / 29.32; 80.40
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाडडेल्धुरा
सरकार
 • प्रकारगाउँपालिका
जनसङ्ख्या
 • जम्मा१४ १२९
वेबसाइटआधिकारिक वेबसाइट

परिचय सम्पादन गर्नुहोस्

भागेश्वर देवताको नामले भागेश्वर गाउँ विकास समितिको नामाकरण भएको हो | यहाँ भागेश्वर देवताको बारेमा जान्नु जरुरि भएको कारण भागेश्वरको बिषयमा केही चर्चा र यथार्थता यस्तो छ |

भागेश्वर शिवजीका “फुटलिङ्ग” मानिन्छन् । यी डडेल्धुरा जिल्लाका ५ गाउँ विकास समितिको बीचमा रहेको २००२ मिटर अग्लो शिखरमा छन् । यस धुराको पश्चिममा रुपाल गाउँ विकास समिति, पश्चिम उत्तरमा भागेश्वर गाउँ विकास समितिको वार्ड नम्बर ४ उत्तरमा वगरकोट गाउँ विकास समिति, पूर्वमा गाङखेत गाउँ विकास समिति र दक्षिणमा शीर्ष गाउँ विकास समितिको वार्ड नम्बर २ पर्दछन् । यस स्थानमा २२ पाटा कुमाऊँ २२ मढ तथा २२ गाउँबाट धुपपोखल आएर भागेश्वरको पूजाआजा गर्ने चलन रहेकोछ । २२ गाउँको ढुङ्गा, पाथर, काठ, नगदजिन्सी र मिस्त्री सहितका बस्तु ल्याएर भागेश्वरको मन्दिर निर्माण सहितका काम गर्नुपर्दछ । यहाँ भागेश्वर देवताको देउरो पनि २२ स्थानबाट आउ“छ । भागेश्वरसँग पासो, कैलपाल, कनवेताल हुन्छन् । पासो देवता भागेश्वरको प्रमुख द्वारपाल हो । कालशैन, घटाल र विभिन्न स्थानका भागेश्वर देवताको गाँज÷देउरो भागेश्वरको जाँतमा आउ“छ । भागेश्वर देवता दुई पटक पूजिन्छन् । श्रावण शुक्लपूणर््िामा तथा रक्षावन्धनका दिन दिउँसो पूजिन्छन र कार्तिक शुक्लवैकुण्ठचर्तुदशीका दिन राती पूजिन्छन् । यस स्थानमा सिराडका पूजाराले पूजाको व्यवस्थापन गर्नु पर्ने र चटौत ब्राह्मणले पूज्नु पर्ने नियम छ । यहाँ कश्यप गोत्रीय चटौत ब्राह्मणबाट पूजापाठ रुद्री लगाउँने गरिन्छ भने पूजारा थरका जैशी ब्राह्मणबाट सबै कुराको व्यवस्थापन गर्ने गरिन्छ । चिपुर मणको विष्ट भागेश्वरको द्वार (ढोका) मा “नाङ्गो खुकुरी” लिएर उभिन्छ । भागेश्वरको पूजामा आएको धुप, पोखल रुपालको मडै (क्षेत्रीजाति)बाट जम्मा गर्ने व्यवस्थापन गर्ने गरिन्छ । यहाँको भागेश्वर देवता गुणाकर जोशी र कमलाकर भाटले काँसीबाट ल्याएका हुन् । भन्ने मान्यता छ । गुणाकरजोशी र कमलाकर भाटका सन्तानले कर्ताको रूपमा यज्ञमा बस्नु पर्दछ । यस सन्तानकाहरूको अनुपस्थिति (जुठोसुत्केरो) भएको खण्डमा टाँटर गाउँ विकास समितिको टाँटर गाउँका जोशी र निरोला भण्डारी ब्राह्मणले कर्ताको रूपमा यज्ञमा बस्नु पर्दछ । पूजा शुद्ध पवित्र वस्तु गाईको दूध गङ्गाको जल पँयलो रङ्ग मात्र चाहिने भएको र रातो रंग भागेश्वरलाई नचढ्ने भएका कारण श्रीखण्डको चन्दनबाट पूजा हुने गर्दछ । भागेश्वरको उत्पति ग्वान्नीका त्रिवड भन्ने दलितजातिको गोठमा कैलुगाईबाट भएको हो भन्ने पनि किवदन्ती छ । रुपालका भारद्वाज गोत्रीय जोशीको बोल भागेश्वरको अवोल भन्ने चलन छ । भागेश्वरलाई पहिला दर्शन रुपाली भारद्धाज गोत्रका जोशीको भएपछि मात्र अन्य नागरिकको दर्शन भागेश्वरलाई हुन्छ । भागेश्वरको पक्षशाला २२ खाम छन् । भागेश्वरको उत्पति नभएको समयमा पाण्डवहरू वनबासकोलागि भागेश्वरको धुराहुँदै जाँदा त्यस धुरामा पानी देखिएन् । त्यसपछि त्यस धुरामा अर्जुनले खड्क प्रहार गरेर पानी निकालेका हुन् । यो पानी निकालेको भनिने जललाई काँसीको जल भन्ने चलन छ । गँगोत्रीको जल मानेर यसै जलले भागेश्वरको पूजा गर्ने गरिन्छ । यस जलको न्वालालाई खड्के न्वालो भन्दछन् । लाकमको कुमैयाँ जोशी (जैसी ब्राह्मण) लठ्ठी लिएर भागेश्वरको द्वारमा कलिन्छ । कालशैनी देवता भागेश्वर भित्रको देवता हो । भागेश्वरको रतीघाट भन्ने स्थानमा पनि पूजा हुने गर्दछ । यो स्थान रुपाल गाउँ विकास समिति ३ नौतडीका भारद्वाज गोत्रीय जोशी ब्राह्मणको जग्गामा पर्दछ । भागेश्वर आएको कालिका देवीले देखेकीहुन् । त्यसैले कालिका भागेश्वरभन्दा पहिलेकी मानिन्छन् । डोटी पालराज्य बिजयगरेपछिकत्युरी राजवंशका पाल राजाका पुरोहित ज्योतिष गणपतिज्योतिष गुणाकर (ब्राहमण)का कुलदेवता प्राचीन (शिव) बागेश्वर जसलाई डोटी डडेल्धुरा क्षेत्रमा भागेश्वर भनिन्छ यी देवतासंग त देवता होइनस त् लाई म मान्दैन त् भन्दा म ठुलो हुँ भन्दै अवहेलना गर्ने जुम्लाका रैका मल्ल राजाका वंशज नागी मल्ल हुँन | यसै कारणले उनका सन्तान मानिएकाजुम्लाको रैका मल्ल राजा ( रैका राजवंश/ मल्ल र शाही) खान्दानकाहरु भागेश्वरको गाथमा जाँदैनन् । यस गाथ भएको स्थान भन्दा एक किलोमिटर टाढा द्धारी भन्ने ठाउँमा बस्छन् ।[२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "भागेश्वोर गाउँपालिका एक परिचय", भागेश्वोर गाउँपालिका, अन्तिम पहुँच २६ श्रावण २०७९ 
  2. कत्युरी राजवंश, डोटी बोगटान राज्यका राजा रजवार ठकुरी वंशावली (२०७०)

बाह्य कडीहरू सम्पादन गर्नुहोस्