भक्मिलो नेपालमा पाइने एक प्रकारको फललाग्ने वनस्पति हो । यसको बोट २० देखि ३५ फीटसम्म अग्लो हुन्छ। यो पतझड वर्गको वनस्पति हो। यसको फल झुप्पो आकारमा साना साना दाना फलेको हुन्छ। पाक्दा यसमा दही जस्तो सेतो पदार्थ लागेको देखिन्छ। यसलाई पानीमा पकाई अचारमा हाल्ने अमीलो(चुक अमिलो) बनाइन्छ। नेपालको पहाडी भागमा पाइन्छ। यसलाई "भकारे", "भाँगा चुक", "बन्दुके", "चड्नेठ" आदी नामले पनि जानिन्छ। यो अचारमा हालेर खाने मात्र नभएर ओखतीको रूपमा पनि प्रयोग गरिन्छ। यसको पातको आकार करिब टुनीको पातको आकारसँग मिल्दो जुल्दो हुन्छ। टुनीको पात चिल्लो हुन्छ भने यसको पात फुस्रो हुन्छ ।

Chinese sumac
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
R. chinensis
वैज्ञानिक नाम
Rhus chinensis
Mill.
पर्याय

Rhus javanica auct.
Rhus semialata Murray

तस्विर सङ्ग्रह सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्