ब्र्यान्डी अलेक्सिस रुनल्स (जन्म: २३ जुन १९८३) एक अमेरिकी व्यावसायिक महिला कुस्ती खेलाडी तथा कार्यक्रम प्रस्तोता हुन्।[४]

ब्रान्डी रोड्स
सन् २०१६ अप्रिलमा रोड्स
वास्तविक नामब्रान्डी अलेक्सिस रिड
जन्म (1983-06-23) २३ जुन १९८३ (उमेर ४०)
मिचिगन, अमेरिका[१]
निवासस्थानएट्लान्टा, जर्जिया
जीवनसाथी(हरू)
कोडी रोड्स
(
वि २०१३)
परिवारडस्टी रोड्स (ससुरा)
गोल्डस्ट (जेठाजु)
शिक्षामिचिगन विश्वविद्यालय
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामब्रान्डी रोड्स[२]
ब्रान्डी
एडन
एडन स्टिल्स[३]
उत्पत्तिमिजिगन
पदार्पणसन् २०११ अप्रिल
वेबसाइट
notanotherbasicb.com

रोड्स हाल अमेरिका स्थित अल एलिट रेस्लिङकी (एइडब्ल्यू) प्रमुख अधिकृत हुन् भने उनले उक्त पदोन्नतिमा कुस्ती खेल्ने पनि गरेकी छिन्। रोड्सले त्यसअघि डब्ल्युडब्ल्युईमा रिङ उद्घोषकको काम गरेकी थिइन् भने त्यसपछि उनले रिङ अफ अनर नामक एक कुस्ती पदोन्नतिमा कुस्ती खेल्न सुरु गरेकी थिइन्।

बाल्यकाल सम्पादन गर्नुहोस्

ब्रान्डी अलेक्सिस रिडको जन्म अमेरिकाको मिचिगन स्थित केन्टोनमा भएको थियो। उनको जेसन रिड नामक एक जेठा दाई रहेका छन्। उनले चार वर्षको उमेरदेखि स्केट खेल खेल्न सुरु गरेकी थिइन् भने उनी पुरा १७ वर्षसम्म स्केटरको रूपमा काग गरेकी थिइन् भने पछि उनले त्यस खेललाई त्याग्दै पत्रकारिता तर्फ ध्यान दिने हिसाबले पत्रकारिता सुरु गरेकी थिइन्।[५] रिडले मिचिगन विश्वविद्यालयबाट पूर्ण छात्रवृत्तिमा स्नातकोत्तर गरेकी थिइन्। उनले पछि समाचार दाताको रूपमा पनि काम गर्न सुरु गरेकी थिइन् भने त्यसपछि उनले फ्लोरिडाको मियामीमा मोडलको रूपमा आफूलाई स्थापित गराउन सफल भएकी थिइन्।[६] रिडले मियामीमा छँदा मियामी विश्वविद्यालय मार्फत पत्रकारितामा विषयमा स्नातकोत्तर गरेकी थिइन्।

व्यवसायिक कुस्ती कार्यकाल सम्पादन गर्नुहोस्

डब्ल्युडब्ल्युई (सन् २०११) सम्पादन गर्नुहोस्

रिडले डब्ल्युडब्ल्युईमा कुस्ती खेल्न सुरु गर्नुअघि उनले एक मोडलको रूपमा काम गरेकी थिइन् भने स्नातकोत्तर उतिर्ण भएपछि उनले सन् २०११ मा डब्ल्युडब्ल्युईको प्रशिक्षण केन्द्रमा भर्ना भएकी थिइन्। सन् २०११ मार्च महिनामा रिडले डब्ल्युडब्ल्युईसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन् भने त्यसपछि उनले डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र फ्लोरिड च्याम्पियनसिप रेस्लिङमा कुस्ती खेल्न सुरु गरेकी थिइन्।[७] त्यसको एक महिना पश्चात् उनी आफ्नो रिङ नमम ब्र्यान्डीको रूपमा देखा पर्न सुरु गरेकी थिइन्। सन् २०११ मे १२ देखि उनले सुपरस्टार नामक एक साप्ताहिक कुस्ती कार्यक्रममा रिङ उद्घोषकको रूपमा काम गरेकी थिइन्।[८] जुलाई ११ देखि रिडले डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा रिङ उद्घोषकको पद सम्हालेकी थिइन्।[९] जुलाई १५ तथा नोभेम्बर ११ का दिन आयोजित स्म्याकडाउनको एक श्रृङ्खलामा उनले रिङ उद्घोषकको रूपमा काम गरेकी थिइन्। उनले जुलाई १६ का दिन आयोजित एक वार्षिक कुस्ती कार्यक्रममा उनले उक्त पदोन्नतिका लागि पहिलो आधिकारिक खेल खेलेकी थिइन् जहाँ उनले एक महिला ब्याटल रोयलमा भाग लिएकी थिइन् तर उक्त खेल भने सोनियाले जितेकी थिइन्।[१०] सन् २०११ को डिसेम्बरमा रिडको डब्ल्युडब्ल्युईसँगको आवद्ध पत्रको समय सकिएसँगै उनी डब्ल्युडब्ल्युईबाट स्थानान्तरण भएकी थिइन्।[११]

डब्ल्युडब्ल्युईमा फिर्ता (सन् २०१३–२०१६) सम्पादन गर्नुहोस्

सन् २०१३ मा रोड्सले आफ्नो व्यक्तिगत टुइटर खाता मार्फत डब्ल्युडब्ल्युईमा फिर्ता हुने जानकारी दिएकी थिइन् भने उनी उक्त पदोन्नतिमा फिर्ता भएपछि उनको रिङ नाम एडनमा छोटाइएको थियो।[१२] उनी डब्ल्युडब्ल्युईमा फिर्ता भएपछि पुनः रिङ उद्घोषको रूपमा काम गरेकी थिइन्।[१३] सन् २०१४ को अक्टोबरदेखि उनी नियमितले नियमित रूपमा रिङ उद्घोषक तथा पर्दा पछाडि कुस्ती खेलाडीहरूको अन्तर्वाता लिने काम गरेकी थिइन्।[१४] सन् २०१५ को अप्रिलमा आयोजित रेसलमेनियाको ३१औँ श्रृङ्खलामा उनले ठूलो पर्दामा पनि रिङ उद्घोषकको रूपमा काम गरेकी थिइन् भने उनले त्यसपछि डब्ल्युडब्ल्युईको मुख्यकार्यक्षत्र मा पनि रिङ उद्घोषकको रूपमा काम गरेकी थिइन्।[१५][१६] सन् २०१६ मे २४ का दिन उनको डब्ल्युडब्ल्युईसँगको आवद्ध पत्रको समय समाप्त भएको थियो।[१७][१८]

स्वतन्त्र सर्किट (सन् २०१६–२०१९) सम्पादन गर्नुहोस्

सन् २०१६ जुन ३ का दिन यो घोषणा गरिएको थियो कि रोड्स उनको श्रीमान कोडी रोड्सको साथ दिँदै माइक बेनेट विरुद्ध २६ अगष्टका दिन म्यासाच्युसेट्समा आयोजित "रेसलिङ अन्डर द स्टार्स" कार्यक्रममा भाग लिने जानकारी गराएको थियो।[१९] अक्टुबर १० मा यो घोषणा गरिएको थियो कि रोड्सले अक्टोबर १५ का दिन आजोजित प्रो रेस्लिङ म्याजिक नामक एक कुस्ती कार्यक्रममा जोर्डन ग्रेसको विरुद्धमा खेल खेल्न जानकारी गराइएको थियो।

टोटल नन् स्टप एक्सन रेस्लिङ/इम्प्याक्ट रेस्लिङ (सन् २०१६–२०१७) सम्पादन गर्नुहोस्

सन् २०१६ सेप्टेम्बर १६ का दिन टिएमजेटले जानकारी दिए अनुसार रोड्स डब्ल्युडब्ल्युईबाट टिएनएमा आवद्ध हुन लागेको जानकारी दिएको थियो भने त्यसको तीन दिन पछि उनले उक्त पदोन्नतिसँगको आवदेध पत्रमा हस्ताक्षर गरेकी थिइन्। टोटल नन् स्टप एक्सन रेस्लिङ द्वारा आयोजित बाउन्ड फर ग्लोरी नामक एक वार्षिक कुस्ती कार्यक्रममा रोड्सले उनको श्रीमान कोडी रोड्सको साथ उक्त पदोन्नतिका लागि पहिलो खेल खेलेकी थिइन् भने उनीहरू दुईले माइक र मरियाको जोडीलाई आक्रमण गरेका थिए जसकारण उनीहरूको बीच द्वन्द्वको सुरुवात भएको थियो।[२०] सन् २०१६ अक्टोबर २८ का दिन आयोजित इम्प्याक्ट रेस्लिङको एक श्रृङ्खलामा ब्र्यान्डीले उक्त पदोन्नतिका लागि पहिलो खेल खेलेकी थिइन् जहाँ केडी रोड्स र उनको सामना मरिया र माइक बेनेटक‍ साथ एक मिश्रति ट्याग टिम आयोजना भएको थियो। सन् २०१७ फेब्रुअरी १६ का दिन आयोजित इम्प्याक्ट रेस्लिङको एक श्रृङ्खलामा ब्र्यान्डी र मुसको टोलीले डिकेलाई (क्रेजी स्टिभ र रोज मेरी) एक मिश्रति ट्याग टिम खेलमा पराजित गर्न सफल भएका थिए। [२१] सन् २०१७ फेब्रुअरी २३ का दिन आयोजि इम्प्याक्ट रेस्लिङको एक श्रृङ्खलममा ब्र्यान्डी रोड्सका श्रीमान कोडीले मुसलाई आक्रमण गरेका थिए जसकारण उनीहरूको बीच द्वन्द्वको सुरुवात भएको थियो। सन् २०१७ अप्रिल ६ का दिन आयोजित इम्प्याक्ट रेस्लिङको एक श्रृङ्खलामा रोड्सले रोजमेरीको नकआउट्स उपाधिका लागि पहिलो दावेदार बन्नका लागि महिला गनलेट खेलमा भाग लिएकी थिइन् तर उक्त खेल भने ओडिबीले जितेकी थिइन्। रोड्सले पछि इम्प्याक्ट रेस्लिङमा पनि कुस्ती खेलहरू खेल्न बन्द गरेकी थिइन् जसकारण उनी अन्य कुस्ती पदोन्नतिमा सरुवा भएकी थिइन्।

रिङ अफ अनर (सन् २०१७–२०१८) सम्पादन गर्नुहोस्

सन् २०१७ जुलाई २९ का दिन आयोजित रिङ अफ अनर नामक कुस्तीको एक पदोन्नतिमा रोड्सले उनको पहिलो खेल खेलेकी थिइन् जुन खेल उत्तर क्यारोलिनाको क्याराबस अरिनामा आयोजना गरिएको थियो।[२२][२३] उनले उक्त पदोन्नति अन्तर्गत सुमी सकाईसँग सहकार्य गर्दै जेनी रोज र मेन्डी लियोनको विरुद्धमा खेल खेलेकी थिइन्। सन् २०१६ डिसेम्बर २ का दिन आयोजित रिङ अफ अनरको एक श्रृङ्खलामा कोडी रोड्सको सामना जे लिथलसँग भएको थियो जहाँ ब्र्यान्डी पनि त्यहाँ उपस्थित भएकी थिइन्।[२४]

अल एलिट रेस्लिङ (सन् २०१९–हाल) सम्पादन गर्नुहोस्

सन् २०१९ मा कोडी रोड्स, केनी ओमेगा तथा अन्य कुस्ती खेलाडीहरूले अल एलिच रेस्लिङ नामक एक कुस्ती पदोन्नतिको सुरुवात गरेका थिए जहाँको ब्र्यान्डी रोड्स प्रमुख अधिकृत बनेकी थिइन्। सन् २०१९ मे २० का दिन रोड्सले उक्त पदोन्नतिका लागि एक ट्रिपल थ्रेट खेलको आयोजना गरेकी थिइन् जहाँ ब्रिट बेकर, नियला रोज र काइली रे समावेश थिए भने उनले उक्त खेलमा रोड्सले असम कङ नामक एक महिला कुस्ती खेलाडीलाई पनि समाजेश गराएकी थिइन् तर उक्त खेल बेकरले जित्न सफल भएकी थिइन्।[२५][२६][२७] रोड्सले एइडब्ल्यू कुस्ती पदोन्नतिमा लागि पहिलो खेल सन् २०१९ जुलाई १३ का दिन एलीका विरुद्ध खेलेकी थिइन् जहाँ उनले असम कङको अवरोधका कारण खेल जित्न सफल भएकी थिइन्।

अन्य सञ्चार माध्यम सम्पादन गर्नुहोस्

रोड्स केएफसी, म्याक्सिम र बुडवेजरका लागि निर्माण गरिएका राष्ट्रिय विज्ञापनहरूमा समावेश भएकी थिइन्। सन् २०१७ नोभेम्बर २ का दिन रोड्सले इ! टेलिभिजन द्वारा प्रसारण गरिने वेज एट्लान्ट नामक एक कार्यक्रमको मुख्य पात्रको रूपमा स्थापित भएकी थिइन्।[७] सन् २०१५ अप्रिलमा आयोजित रेसलमेनियाको ३१औँ श्रृङ्खलामा उनले एक उद्घोषको रूपमा काम गरेकी थिइन् जसकारण डब्ल्युडब्ल्युईद्वारा आयोजित सबैभन्दा ठूलो वार्षिक कार्यक्रम रेसलमेनियामा उद्घोषकको रूपमा काग गर्ने उनी पहिलो अफ्रिकी अमेरिकी महिला बनेकी थिइन्। सन् २०१८ मा उनी रेसल किङ्डममा पनि देखा परेकी थिइन्। हाल उनी एइडब्ल्यूको प्रमुख अधिकृत हुन् जसकारण उनी उत्तर अमेरिकी कुस्ती पदोन्नतिमा प्रमुख अधिकृत बन्ने उनी पहिलो अफ्रिकी अमेरिकी महिला बनेकी थिइन्। सन् २०१३ सेप्टेम्बरमा उनले डब्ल्युडब्ल्युई तथा अन्य कुस्ती पदोन्नतिका लागि आफ्नो कार्यकाल निर्धारित गरिसकेका केडी रोड्ससँग विवहा गरेकी थिइन्।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Runnels, Brandi (अगस्ट ११, २०१५), "Let's Talk Part 2!", Being Brandi Runnels, मूलबाट अगस्ट १२, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ११, २०१५ 
  2. "Meet Brandi Rhodes: photos", अन्तिम पहुँच ८ जनवरी २०१७ 
  3. "Eden", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच मे १८, २०१५ 
  4. "Jon Alba", ट्विटर, जनवरी ३, २०१९, अन्तिम पहुँच जनवरी ३, २०१९ 
  5. "Confection Swimwear - Designer Swimsuits by Brandi Reed", Confection Swimwear, अन्तिम पहुँच मे २८, २०१५ 
  6. "Why Brandi Rhodes has to work harder than anyone else in wrestling", The Undefeated, अन्तिम पहुँच मे २७, २०१९ 
  7. ७.० ७.१ "E! Network Adds Brandi Rhodes To WAGS: Atlanta Cast, Legitimizing Pro Wrestling As A Sport" 
  8. Keller, Wade (जुलाई १७, २०११), "Keller's WWE SmackDown Report 7/15", Pro Wrestling Torch, अन्तिम पहुँच मे २५, २०१६ 
  9. Parks, Greg (नोभेम्बर ११, २०११), "Parks' WWE SmackDown Report 11/11", Pro Wrestling Torch, अन्तिम पहुँच मे २५, २०१६ 
  10. "Eden Stiles: Profile & Match Listing", The Internet Wrestling Database 
  11. "Eden Stiles Parts Ways With WWE, Says She Dating WWE Superstar", PWMania, डिसेम्बर २१, २०११। 
  12. Johnson, Mike (नोभेम्बर २, २०१३), "RHODES FAMILY DIVA SET TO MAKE WWE RETURN", PWInsider, अन्तिम पहुँच मे १८, २०१५ 
  13. "EDEN'S VIDEO BLOG", डब्ल्युडब्ल्युई 
  14. "Lilian and Eden are on the move!", डब्ल्युडब्ल्युई, अक्टोबर २०, २०१४। 
  15. Tees, David (मार्च २७, २०१५), "FULL MONDAY NIGHT RAW REPORT", PWInsider, अन्तिम पहुँच मे १८, २०१५ 
  16. "Lilian Garcia undergoes knee surgery", डब्ल्युडब्ल्युई, अप्रिल १७, २०१५। 
  17. "Eden released", WWE, मे २४, २०१६, अन्तिम पहुँच मे २४, २०१६ 
  18. Caldwell, James (मे २४, २०१६), "Eden Stiles, wife of Cody Rhodes, announces exit from WWE; Goldust addresses his status", Pro Wrestling Torch, अन्तिम पहुँच मे २५, २०१६ 
  19. "Twitter", अन्तिम पहुँच ८ जनवरी २०१७ 
  20. Caldwell, James, "TNA announces signing of Brandi Rhodes", Pro Wrestling Torch, अन्तिम पहुँच सेप्टेम्बर १९, २०१६ 
  21. Meltzer, Dave (अगस्ट ४, २०१७), "Daily Update: Will Ospreay, ROH in Chicago, G1", Wrestling Observer Newsletter, अन्तिम पहुँच अगस्ट ४, २०१७ 
  22. Csonka, Larry (२०१७-०७-२७), "Updated Lineup For This Weekend’s ROH TV Tapings – Brandi Rhodes Makes WOH Debut", अन्तिम पहुँच २०१७-०८-०६ 
  23. ROH, "Sumie Sakai teams with Brandi Rhodes to take on Mandy Leon and Jenny Rose at Queen City Excellence", अन्तिम पहुँच २०१७-०८-०६ 
  24. Keller, Wade (२०१६-१२-०२), "KELLER’S ROH FINAL BATTLE PPV REPORT DECEMBER 2, 2016 NEW YORK CITY, N.Y. AT HAMMERSTEIN BALLROOM AIRED LIVE ON PPV", अन्तिम पहुँच २०१७-०८-०६ 
  25. https://wrestlingnews.co/aew-news/brandi-rhodes-explains-why-she-left-the-nightmare-collective-and-what-original-plans-were-for-awesome-kong/
  26. https://411mania.com/wrestling/aew-news-nightmare-collective-has-been-cancelled-cody-and-brandi-rhodes-make-media-rounds-card-for-aew-dark-tomorrow-night/
  27. https://www.pwinsider.com/ViewArticle.php?id=133863

बाह्य कडीहरू सम्पादन गर्नुहोस्