कन्नेगन्ती ब्रह्मानन्दम (जन्म १ फेब्रुअरी १९५६), जसलाई ब्रह्मानन्दमको नामले चिनिन्छ, एक भारतीय चलचित्र अभिनेता र हास्य कलाकार हुन्, जो मुख्य रूपमा तेलुगु सिनेमामा आफ्नो कामका लागि परिचित छन्। हाल उनले अहिले सम्म १,००० भन्दा बढि चलचित्रहरूमा देखा पर्ने जीवित अभिनेताका लागि सबैभन्दा स्क्रिन क्रेडिटको लागि गिनिज वर्ल्ड रेकर्ड राखेका छन्।[२][३][४] उनलाई सन् २००९ मा भारतीय चलचित्रमा उनको योगदानका लागि पद्म श्रीले सम्मानित गरिएको थियो।[५] ब्रह्मानन्दमलाई भारतका एक उत्कृष्ट हास्य अभिनेताका रूपमा सम्मान गरिन्छ, जो विशेष गरी आफ्नो हास्य अभिव्यक्तिको लागि प्रख्यात छन्।[६][७] भारतीय सिनेमामा सबैभन्दा धेरै भुक्तानी पाउने हास्य कलाकारहरू मध्ये एक, ब्रह्मानन्दमले पाँच राज्य नन्दी पुरस्कार, एक फिल्मफेयर पुरस्कार दक्षिण, छ सिनेमा पुरस्कार, र तीन दक्षिण भारतीय अन्तर्राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरिसकेका छन्।[८][९]

ब्रह्मानन्दम
Brahmanandam
जन्मकन्नेगन्ती ब्रह्मानन्दम
(1956-02-01) १ फेब्रुअरी १९५६ (उमेर ६८)
सत्तेनापल्ली, आन्ध्र राज्य, भारत
राष्ट्रियताभारतीय
पेशा
  • अभिनेता
  • हास्य कलाकार
  • निर्देशक
कार्यकालसन् १९८६–वर्तमान
जीवनसाथीलक्ष्मी अलापति
सन्तान
पुरस्कारपद्म श्री (सन् २००९)
एक जीवित अभिनेताका लागि सबैभन्दा अधिक स्क्रिन क्रेडिटको लागि गिनिज वर्ल्ड रेकर्ड[१]

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

ब्रह्मानन्दमको जन्म १ फेब्रुअरी १९५६ मा वर्तमान आन्ध्र प्रदेशको गुन्टुर जिल्लाको सत्तेनापल्लीमा भएको थियो।[१०] ब्रह्मानन्दमले लक्ष्मीसँग विवाह गरेका थिए र उनका दुई छोरा, राजा गौतम र सिद्धार्थ छन्। उनी सन् २०१७ मा राजा गौतमको छोराको जन्मसँग हजुरबुबा बनेका थिए।[११]

जनवरी २०१९ मा, ब्रह्मानन्दमको मुम्बईको एसियन हार्ट इन्स्टिच्युट (एएचआई) मा सफल हार्ट बाईपास सर्जरी भएको थियो।[१२]

करियर सम्पादन गर्नुहोस्

ब्रह्मानन्दमले सुरुमा पश्चिम गोदावरी जिल्लाको अत्तिलीमा तेलुगुको प्राध्यापकको रूपमा काम गरेका थिए। त्यसपछि उनले अहा ना-पेलेन्टा! (सन् १९८७) बाट आफ्नो चलचित्रको सुरुवात गरेका थिए।[१३]

पुरस्कार र सम्मान सम्पादन गर्नुहोस्

नागरिक सम्मान
  • जनवरी २००९ मा, भारत सरकारले कलामा योगदान पुर्‍याएकोमा ब्रह्मानन्दमलाई चौथो सर्वोच्च नागरिक पुरस्कार पद्म श्रीको उपाधि प्रदान गरेको थियो।[१४]

गिनिज बुक

फिल्मफेयर पुरस्कार
नन्दी पुरस्कार
सिनेमा पुरस्कार
दक्षिण भारतीय अन्तर्राष्ट्रिय चलचित्र पुरस्कार
  • सर्वश्रेष्ठ हास्य कलाकारको लागि साइमा पुरस्कार - डुकुडु, बादशाहरेस गुर्रम
अन्य
  • हैदराबाद टाइम्स फिल्म पुरस्कार हास्य भूमिकामा सर्वश्रेष्ठ अभिनेता - डुकुडु (सन् २०११)[१७]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Archived copy", मूलबाट ३ सेप्टेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ डिसेम्बर २०१९ 
  2. २.० २.१ "Most screen credits for a living actor more than 950", guinnessworldrecords.com, मूलबाट १७ जनवरी २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०१-२५ 
  3. Brahmanandam breaks 1000 film record वेब्याक मेसिन अभिलेखिकरण २ फेब्रुअरी २०१५ मिति - The Times of India Dated 29 January 2015 Retrieved 10 February 2015
  4. "Brahmanandam", IMDb, मूलबाट ६ मार्च २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ अप्रिल २०१८ 
  5. "The Hindu : Front Page : List of Padma awardees 2009", Chennai, India: hindu.com, २६ जनवरी २००९, मूलबाट ५ नोभेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०१-२५ 
  6. Narasimham, M.L. (२२ अगस्ट २०११), "It's a mad mad comedy", The Hindu (Chennai, India), मूलबाट ३० अगस्ट २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २० सेप्टेम्बर २०११ 
  7. "Brahmanandam felicitated", The Times of India, १८ मे २०११, मूलबाट २७ सेप्टेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २० सेप्टेम्बर २०११  वेब्याक मेसिन अभिलेखिकरण २७ सेप्टेम्बर २०१२ मिति
  8. "Brain teasers with Brahmanandam", The Hindu (Chennai, India), १४ जुलाई २००९, मूलबाट १७ अप्रिल २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २० सेप्टेम्बर २०११ 
  9. "Actor Brahmanandam gets paid Rs.3Lakhs as his daily payment...", www.jointscene.com, मूलबाट १६ जनवरी २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०९-२० 
  10. "Birthday Special: Unknown Facts about ‘Brahmanandam’", Sakshi Post (अङ्ग्रेजीमा), २०२०-०२-०१, अन्तिम पहुँच २०२०-०९-१३ 
  11. "Brahmanandam is now a grandfather", deccanchronicle.com/ (अङ्ग्रेजीमा), २०१७-०४-१५, मूलबाट ११ नोभेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-११-१० 
  12. "Iconic Telugu comedian Brahmanandam undergoes bypass surgery in Mumbai; stable now - Times of India", The Times of India, मूलबाट २२ जनवरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ जनवरी २०१९ 
  13. "Telugu lecturer to Guinness World Record holder", The Times of India (अङ्ग्रेजीमा), २०१९-०२-०१, अन्तिम पहुँच २०२०-०९-१३ 
  14. "Padmasri for Bramanandam", IndiaGlitz 
  15. "Manikchand Filmfare Awards: Sizzling at 50", BSNL, मूलबाट २१ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-१०-१९  वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-२१ मिति
  16. १६.० १६.१ १६.२ १६.३ १६.४ १६.५ "నంది అవార్డు విజేతల పరంపర (1964 - 2008)" [A series of Nandi Award Winners (1964 - 2008)], Information & Public Relations of Andhra Pradesh, अन्तिम पहुँच १३ सेप्टेम्बर २०२० (in Telugu)
  17. "The Hyderabad Times Film Awards 2011", The Times of India, २४ जुन २०१२, मूलबाट १८ जुलाई २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ जुन २०१२  वेब्याक मेसिन अभिलेखिकरण १८ जुलाई २०१३ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्