बैङ्क हिसाब मिलान (अङ्ग्रेजी: Bank Reconciliation ले कुनै निश्चित समयको संस्थाको बैङ्कको हिसाब तथा बैङ्कबाट प्राप्त हिसाबमा कति फरक छ भन्ने कुराको चित्रण गर्दछ । यस प्रक्रियाबाट उक्त दुई रकममा कति फरक छ तथा सो फरक आउने कारण के के हो भन्ने कुरा खुलाईएको हुन्छ । संस्थाले बैङ्कको हिसाब तथा बैङ्कबाट प्राप्त विवरणमा हुन सक्ने फरकलाई पत्ता लगाउनेको लागि नियमित रूपमा बैङ्क हिसाब मिलान विवरण तयार गर्ने गर्दछ ।

संस्थाले बैङ्कको हिसाब तथा बैङ्कबाट प्राप्त विवरणमा विभिन्न कारणहरूले गर्दा फरक आउने गर्दछ । जस मध्ये केहि कारणहरू देहाय बमोजिम रहेको छ ।

  • चेकबाट भुक्तानी गरिएको तर चेत्र बैङ्कमा भुक्तानीको लागि पेश नगरिएको खण्डमा
  • बैङ्कले स्वयमले गर्ने कारोबार
  • संस्थाको हिसाबमा लेखांकन नभएको कारोबार

बैङ्क हिसाब मिलान विवरण सम्पादन गर्नुहोस्

बैङ्क हिसाब मिलान विवरणले संस्थाको बैङ्कको हिसाब तथा बैङ्कले संस्थाको निक्षेपको हिसाबमा कुनै कारणले फरक रहेको भए उक्त फरक आउनुको कारण चित्रण गर्ने गर्दछ । यो विवरण संस्थाले वित्तीय ठगि राक्नको लागि प्रयोग गर्ने महत्त्वपूर्ण औजार पनि हो र यो विवरण हरेक संस्थामा नियमित रूपमा तयार गर्ने गरिन्छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्