पल डोनाल्ड वाइट (जन्म: २३ सेप्टेम्बर १९७४) एक अमेरिकी व्यावसायिक कुस्ती खेलाडी तथा अभिनेता हुन्। हाल उनी डब्ल्युडब्ल्युईसँग सम्बन्धित छन् जहाँ उनी बिग सोक‍ो नामले कुस्ती खेल्छन्।[९]

बिग सो
सन् २०११ मा बिग सो
वास्तविक नामपल ड‍नाल्ड वाइट द्वितीय[१]
जन्म (1972-02-08) ८ फेब्रुअरी १९७२ (उमेर ५२)[२]
दक्षिण क्यारोलाइना, अमेरिका[३]
निवासस्थानटाम्पा, फ्लोरिडा अमेरिका
जीवनसाथी(हरू)
मिलिसा पेभिज
(
वि १९९७; सवि २००२)

बेस काट्माडोस
(
वि २००२)
बच्चा
शिक्षाविच्टा प्रदेश विश्वविद्यालय
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामबिग सो[२][४]
द बिग सो[५]
द जाएन्ट
पल वाइट[६]
उचाई७ फिट ० इन्च (२.१३ मी)[७]
तौल३८३ पाउन्ड (१७४ किग्रा)
उत्पत्तिटाम्पा, फ्लोरिडा
प्रशिक्षकल्यारी सार्प
ग्लेन रुथ
पदार्पण३ डिसेम्बर, १९९४[८]

पल वाइटले सन् १९९४ मा व्यावसायिक कुस्ती कार्यजीवनको सुरुवात गरेका थिए भने त्यससमय उनी मात्र २२ वर्षका थिए। सन् १९९५ मा उनको वर्ल्ड च्याम्पियनसिप रेस्लिङमा अँद्रे द जायन्टको सहयोगमा उनको त्यस कार्यक्षेत्रमा पदोन्नति भएको थियो जहाँ उनी अँद्रेको छोराको रूपमा चिनिएका थिए। उक्त कुस्ती सङ्घसँगको एक वर्षे बसाइँमा उनले डब्ल्यूसिडब्ल्यू विश्व ह्याविभेट उपाधि जित्न सफल भएका थिए। सन् १९९६ देखि सन् १९९९ सम्म उनी न्यस वर्ल्ड ओडर नामक एक कुस्ती टोलीसँग आवद्ध भएका थिए। सन् १९९९ मा उनको अमेरिका स्थित कुस्तीको सबैभन्दा ठूलो मञ्च डब्ल्यूडब्ल्यूएफमा (हाल डब्ल्यूडब्ल्यूई) पदोन्नति भएको थियो। सन् १९९९ फेब्रुअरी ९ का दिन वाइटले डब्ल्यूडब्ल्यूएफसँग १० वर्षे आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए भने त्यससमय उनको रिङ नाम पल वाइट रहेको थियो।[१०][११] वाइरको रिङ नाम पछि परिवर्तन गरी बिग सो राखिएको थियो। बिग सोले द अन्डरटेकरसँगको सहकार्य केन र एक्स-प्याकलाई पराजित गर्दै पहिलो डब्ल्यूडब्ल्यूएफ ट्याग टिम उपाधि हात पार्न सफल भएका थिए जुन उनको डब्ल्यूडब्ल्यूएफमन पहिलो सफलता बनेको थियो। बिग सोले सन् १९९९ मा डब्ल्यूडब्ल्यूएल उपाधिका लागि आयोजित द रकट्रिपल एच विरुद्धक‍ खेलमा जित हासिल गर्दै पहिलोपटक डब्ल्यूडब्ल्यूएफ उपाधि जित्न सफल भएका थिए जुन उनको पहिलो डब्ल्यूडब्ल्यूएफ उपाधि जित बनेको थियो। डब्ल्यूडब्ल्यूईएफ/डब्ल्यूडब्ल्यूई र डब्ल्यूसिडब्ल्यूईमा गरी बिग सोले कुल ७ पटक विश्व ह्याभिवेट उपाधि जित्न सफल भएका थिए भने यसबाहेक उनले दुईपटक डब्ल्यूडब्ल्यूएफ/डब्ल्यूडब्ल्यूई उपाधि, ३ पटक डब्ल्यूडब्ल्यूई विश्व ह्याभिवेट उपाधि र १ पटक इसिडब्ल्यूई विश्व ह्याभिवेट उपाधि जित्न सफल भएका थिए। बिग सो एकल प्रतिस्पर्धा बाहिर टोलीको रूपमा पनि सफलता प्राप्त गरेका थिए। उनले डब्ल्यूडब्ल्यूएफ/डब्ल्यूडब्ल्यूई र डब्ल्यूसिडब्ल्यूका गरी विभिन्न ट्याग टिम साथीहरूसँग कुल ११ पटक ट्याग टिम उपाधि जित्न सफल भएका छन् जसमध्ये द अन्डरटेकर, केन, द मिज, क्रिस जेरिको, स्टिङ, लेक्स लगर आदि पर्छन्। उनले विश्व ह्याभिवेट उपाधि बाहेक १ पटक डब्ल्यूडब्ल्यूएफ अन्तरमहादेशीय उपाधि, १ पटक हार्डकोर उपाधि, २४औँ ट्रिपल क्राउन उपाधि, १२औँ ग्रान्ड स्लाम उपाधि, सन् २०१५ मा आयोजित रेसलमेनियाको ३१औँ शृङ्खलामा अँद्रे द जायन्ट स्मारक ब्याटल रोयल लगायतका उपाधिहरू पनि जित्न सफल भएका छन्।[१२] सन् १९९५ र सन् २००० मा आयोजित रेसलमेनिया नामक एक वार्षिक कार्यक्रममा उनी मुख्य प्रचार पर्चामा देखा परेका थिए भने यसबाहेक उनी अन्य वार्षिक कार्यक्रमहरूको मुख्य प्रचार पर्चामा पनि देखा पर्ने गरेका छन्। सन् २०१८ मा साउदी अरबमा आयोजित द ग्रेटेस्ट रोयल रम्बल नामक एक कार्यक्रममा बिग सोले भाग लिने आशा गरिएको थियो तर त्यसको विपरीत उनले उक्त प्रतियोगिता भाग लिएनन्।

व्यावसायिक कुस्ती जगत बाहिर उनी केही चलचित्र र टेलिभिजन कार्यक्रमहरूमा देखा परेका छन् जसमा जिङ्गल अल द वे, द वाटरब्वाई, स्टार ट्रेक: इन्टरप्राइज र अमेरिकी सञ्जालद्वारा प्रसारित हास्यव्यङ्ग्यात्मक नाटक रोयल पेइन्स र बर्न नोटिस नामक नाटकमा देखा परेका थिए। सन् २०१० मा डब्ल्यूडब्ल्यूई स्टुडियोद्वारा सार्वजनिक गरिएको नकलहेड नामक एक हास्यव्यङ्ग्यात्मक चलचित्रमा उनले मुख्य पात्रको रूपमा अभिनय गरेका थिए। वाइट आर यु स्मार्टर देन अ फिम्थ ग्रेड? नामक एक खेलमा देखा परेका थिए जहाँ उनले १५ हजार अमेरिकी डलर जित्न सफल भएका थिए।[१३] सन् २००० फेब्रुअरी १५ मा दिन सार्वजनिक गरिएको थोङ सङ नामक एक गीतको आधिकारिक दृश्य चित्रमा देखा परेका थिए उक्त दृश्यलाई फक्सी ब्राउन र सिस्कोद्वारा निर्माण गरिएको थियो। सन् २०१२ मार्च ३१ का बिग सोले पहिलोपटक स्ल्याम रेस्लिङ विश्व उपाधि जित्न सफल भएका थिए जसलाई उनले निकलोडियन किड्स च्वाइस पुरस्कार समारोहमा प्राप्त गरेका थिए।

बाल्यकाल सम्पादन गर्नुहोस्

पल डोनाल्ड वाइटको जन्म सन् १९७२ फेब्रुअरी ८ का दिन संयुक्त राज्य अमेरिकाको दक्षिण क्यारोलिना प्रदेशको एइकिन भन्ने ठाउँमा भएको थियो।[१४] वाइट सानै उमेरदेखि एक प्रकारको रोगले ग्रसित हुन पुगेका थिए जसकारण उनी मात्र १२ वर्षको उमेरमा ६ फिट २ इन्च अग्लो र १०० किग्रा भन्दा बढी वजन प्राप्त गरेका थिए। सन् १९९१ मा उनी विचिटा प्रदेश विश्वविद्यालयको बास्केटबल टोलीमा छनोट भएकन थिए भने त्यस समय उनको कुल उचाइ ७ फिट १ इन्च पुगिसकेको थियो।[१५] सन् १९९० को दशकमा वाइटले सफलता पूर्व पिट्युटरी ग्रन्थीको शल्यक्रिया गराएका थिए। वाइटको छातीको कुल परिधि ६४ इन्च रहेको छ। उनको शरीरको आकारका कारण सन् २००५ मा वाइटले एक गाडी र चालकाई भाडामा राखेका थिए। वाइट दक्षिण क्यारोलिना स्थित बेट्सबर्ग लेसभिलमा रहेको वेम्यान किङ एकेडेमीमा छँदा बास्केटबल र फुटबल खेल खेल्ने गरेका थिए जहाँ उनी मध्यपङ्क्तिबाट खेल्ने गरेका थिए। [१६][१७] विचिटा विश्वविद्यालयमा अध्ययनरत छँदा वाइटले बास्केटबल खेल्ने गरेका थिए।[१८] विचिटा विश्वविद्यालयमा अध्ययन गर्नु अगाडि उनले टोनिकावामा रहेको नर्थन ओखलाहामा जुनियर क्याम्पसमा अध्ययन गरेका थिए। वाइटले एडवार्डभिलमा रहेको इलिनोई विश्वविद्यालयमा सन् १९९२ देखि सन् १९९३ सम्म अध्ययन गरेका थिए जहाँ उनी खेलकुद सङ्गठनमा सदस्यको रूपमा काम गरेका थिए।[१९]

व्यावसायिक कुस्ती खेलजीवन सम्पादन गर्नुहोस्

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

पल वाइटले सज् १९९७ फेब्रुअरी १४ का दिन आफ्नो पहिलो श्रीमती मेलिसा एना पेभिससँग विवहा गरेका थिए भने उनीहरू सन् २००० मा छुट्टिएका थिए। सन् २००० मा छुट्टिएका वाइटका दम्पतीको सन् २००२ फेब्रुअरी ६ का दिन पारपाचुके भएको थियो भने छुट्टिनु भन्दा अगाडि दम्पतीको १ छोरीक‍ जन्म भएको थियो।[२०] सन् २००२ फेब्रुअरी ११ का दिन उनले बेस क्रातोमान्दोससँग दोस्रो विवहा गरेका थिए भने उक्त दम्पतीको दुई सन्तान छन्। सन् १९९८ मा वाइटलाई टेनेसीको रहेको एक होटेलको सदस्यलाई शरीर देखाएको आरोपमा पललाई गिरफ्तार गरिएको थियो।[२१][२२][२३] सन् १९९९ मा रोबर्ट साएरले पलमाथि आक्रकणको आरोप लगाएका थिए भने यस घटनामा पलले न्युयोर्कको युनियनडेलमा स्थित मेरियोट होटेल्स एन्ड रिसर्टमा भएको एक विवादमा पलले रोबर्टलाई मुक्का प्रहार गरी बङ्गरा भाँचिदिएका थिए।[२४] साएरले उनलाई गाल गर्दै धम्की दिएर धक्का दिएका थिए जसकारण वाइटले उनलाई मुक्का हानेको दावी गरेका थिए। उक्त घटनाको तीनदिन पश्चात् जज थोमस फेनम्यानले वाइट दोषी छैनन् भनेर फैसला गरेका थिए।[२५]

विरासत सम्पादन गर्नुहोस्

वाइटलाई र फ्रान्सेली कुस्ती खेलाडी अँद्रे द जायन्टको शरीरको आकार समान र दुवैलाई एउटै प्रकारको जन्मजात रोग लागेका कारण वाइटलाई प्रायः आफ्नो कुस्ती खेलजीवनमा अँद्रे द जायन्टसँग तुलना गरिन्छ। अँद्रेको विपरीत वाइटले शरीरको तीव्र विकार हुनलाई रोक्नका लागि एक शल्यक्रिया गराएका थिए।[२६][२७][२८] अँद्रे र वाइटको समानताका कारण डब्ल्यूसिडब्ल्यूइले वाइटलाई प्रारम्भिक कुस्ती खेलजीवनको दौरान अँद्रे द जायन्टको छोरो समानको रूपमा वाइटलाई डब्ल्यूसिडब्ल्यूईमा समावेश गराएको थियो तर अँद्रे र वाइटको नाता वा जैविक सम्बन्ध थिएन। अँद्रे समान देखिने भएकाले डब्ल्यूडब्ल्यूईले पनि वाइटलाई मुख्य कार्यक्षेत्रमा समावेश गरी द जायन्टको उपमा दिएको थियो। अँद्रेको सन् १९९३ मा ४६ वर्षको उमेरमा मृत्यु भएको थियो भने वाइटलाई हाल जीवित अँद्रेको रूपमा हेरिन्छ। [२९]

वाइट आफ्नो कुस्ती कार्यजीवनमा दर्शकको लोकप्रिय बनेका थिए भने उनी आफ्नै कुस्ती समूहका साथीहरूलाई आक्रमण गर्दै खलनायकको रूपमा उत्रिने गरेका कारण कयौँपटक दर्शक माझ अलोकप्रिय पनि बनेका छन्।[३०] सन् २०१८ मा एक कुस्ती समाचार वेबसाइटको तथ्याङ्क अनुसार सन् १९९५ मा कुस्ती क्षेत्रमा पर्दापण गरेका वाइटले सन् २०१८ सम्म ३४ पटक खलनायकको भूमिकामा उत्रिएको देखाएको थियो भने उनले डब्ल्यूडब्ल्यूएफ पर्दापण गरेको पहिलो वर्षमानै फरकफरक समयमा गरी ४ पटक नकारात्मक भूमिकाका लागि चित्रित भएका थिए।

उपाधि तथा उपलब्धिहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "पल वाइट", डब्ल्युडब्ल्युई डट कम, डब्ल्युडब्ल्युई, अन्तिम पहुँच १८ सेप्टेम्बर २०१६ 
  2. २.० २.१ "ओडब्ल्यु.ओडब्ल्यु profile", अनलाइन रेस्लिङ वर्ल्ड, मूलबाट जुन २५, २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २४, २००९ 
  3. इन्टरनेट चलचित्र डेटाबेसमा Biography for Captain Insano
  4. Reynolds, R.D; Brexton, Blade, The Wrestlecrap Book of Lists, पृ: २१। 
  5. https://www.youtube.com/watch?v=28KjW4_kA-Q&t=44s
  6. "टिभी डट कममा प्रोफाइल", टिभी डट कम, अन्तिम पहुँच सेप्टेम्बर १२, २०१२  वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर ७, २०१३ मिति
  7. "बिग सोको बायो", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच अप्रिल १९, २०१७ 
  8. https://www.cagematch.net/?id=1&nr=67307
  9. "Did you Know? Big Show", WWE.com, मूलबाट जुन ५, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल ७, २०१४  वेब्याक मेसिन अभिलेखिकरण जुन ५, २०१४ मिति
  10. "Editors' debate: Who should be the face of WWE?", डब्ल्युडब्ल्युई, मूलबाट नोभेम्बर २६, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर २२, २०१३  वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर २६, २०१३ मिति
  11. "6 Superstars who have won every active title: Photos", डब्ल्युडब्ल्युई, मूलबाट अप्रिल ४, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल ४, २०१५ 
  12. "Full WrestleMania 2006 results", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच फेब्रुअरी १५, २०१३ 
  13. Levant, Brian; Sinbad; Hartman, Phil; Wilson, Rita (नोभेम्बर २२, १९९६), Jingle All the Way, अन्तिम पहुँच डिसेम्बर २४, २०१६ 
  14. Baines, Tim, "Big Show at home in current role", Canoe। 
  15. "Paul Wight", Basketball Profiles  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
  16. Ross, Jim (मे २०, २००७), "Savage Responses.. Where is John Crystal?.. Empty Arena Matches.. Paul Wight.. DiBiase Return?.. Ft. Hood.. King=Heenan-esque?.. Auburn was Screwed..", JR's BBQ, मूलबाट डिसेम्बर ६, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच मे २१, २००७  वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर ६, २००८ मिति
  17. Zerr, Scott (मार्च ३१, २००५), "Big Show revels in ring success", Edmonton Sun, अन्तिम पहुँच जुन ६, २००७ 
  18. Here's Big Show's profile in the 1991–92 Wichita St... on Twitpic. Twitpic.com. Retrieved on April 7, 2014.
  19. "SIUE Men's Basketball All-Time Roster", Southern Illinois University Edwardsville, मूलबाट फेब्रुअरी १९, २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ६, २००७  वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी १९, २००७ मिति
  20. "Melissa Ann Piavis: Married To Big Show in 1997, What Caused Her to Divorce Ex-Husband?", LIVERAMPUP (en-USमा), जुलाई १९, २०१६, अन्तिम पहुँच फेब्रुअरी १२, २०१८ 
  21. Powell, John (मार्च ९, २०००), "Wight goes to court", Slam Wrestling, Canadian Online Explorer, अन्तिम पहुँच जुन ६, २००७ 
  22. Powell, John (मार्च १०, २०००), "Wight testifies in his own defence", Slam Wrestling, Canadian Online Explorer, अन्तिम पहुँच जुन ६, २००७ 
  23. Powell, John (मार्च ११, २०००), "Wight acquitted of assault", Canadian Online Explorer, अन्तिम पहुँच जुन ६, २००७ 
  24. "Big Show (Paul Donald Wight II)", SpecialOlympics.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच अक्टोबर ५, २०२० 
  25. "Big Show announced as Special Olympics’ newest Global Ambassador", WWE Community (अङ्ग्रेजीमा), अगस्ट १७, २०१८, अन्तिम पहुँच अक्टोबर ५, २०२० 
  26. https://www.youtube.com/watch?v=xDbHsje6Qn8
  27. https://www.youtube.com/watch?v=5FGkOYEF7yk
  28. https://www.cagesideseats.com/2018/11/28/18115890/every-one-of-big-show-s-turns-in-wcw-and-wwe वेब्याक मेसिन अभिलेखिकरण २०२०-११-१२ मिति
  29. https://wrestletalk.com/features/the-big-show-turn-tracker/
  30. https://www.espn.com/wwe/story/_/id/28470381/five-surgeries-later-big-show-returns-hopes-one-more-wrestlemania-moment

बाह्य कडीहरू सम्पादन गर्नुहोस्