बाल्कन प्रायद्वीप, विभिन्न भौगोलिक तथा ऐतिहासिक परिभाषाहरू भएको दक्षिणपूर्वी युरोपको एक भौगोलिक क्षेत्र हो।[१][२][३] यस क्षेत्रले सम्पूर्ण बुल्गेरियाभरि फैलिएको बाल्कन हिमशृङ्खलाबाट आफ्नो नाम प्राप्त गरेको थियो। बाल्कन प्रायद्वीपमा उत्तर-पश्चिममा एड्रियाटिक सागर, दक्षिण पश्चिममा आयोनिया सागर, दक्षिणमा एजियन सागर, पूर्वमा टर्कीको जलसन्धि र उत्तरपूर्वमा कृष्ण सागर रहेको छ।[४] प्रायद्वीपको उत्तरी सिमानालाई विभिन्न रूपमा परिभाषित गरिएको छ। बाल्कनको सबैभन्दा अग्लो बिन्दु मुसाला हिमाल हो, जुन २,९२५ मिटर (९,५९६ फिट) उचाइ सहित बुल्गेरियाको रिला हिमशृङ्खलामा अवस्थित छ।

बाल्कन प्रायद्वीप
बाल्कन क्षेत्र
बाल्कन प्रयद्वीपको भौगोलिक नक्सा
भूगोल
अवस्थितिदक्षिणपूर्वी युरोप
(१० देश र ४ क्षेत्रहरू)
निर्देशाङ्क४२°उ॰ २२°पू॰ / ४२°N २२°E / 42; 22निर्देशाङ्कहरू: ४२°उ॰ २२°पू॰ / ४२°N २२°E / 42; 22
क्षेत्रफल४,६६,८२७–५,६२,६१४ किमी (१,८०,२४३–२,१७,२२६ वर्ग माइल)
सर्वाधिक उचाइ२,९२५ m (9596 ft)
उच्च विन्दुमुसाला हिमाल (बुल्गेरिया)
प्रशासन
जनसाङ्खिकि
जनसङ्ख्याअनुमानित ६ करोड (प्रायद्वीप क्षेत्रमा मात्र ४.५ करोड )

बाल्कन प्रायद्वीपको अवधारणा जर्मनेली भूगोलविद् अगस्ट ज्युनले सन् १८०८ मा बनाएका थिए[५] जसले गलत तरिकाले बाल्कन हिमशृङ्खलालाई एड्रियाटिक सागरदेखि कृष्ण सागरसम्म फैलिएको दक्षिणपूर्वी युरोपको प्रमुख पर्वतीय प्रणाली मानेका थिए। बाल्कन प्रायद्वीप भन्ने पदावली १९औँ शताब्दीमा अटोमन साम्राज्यको युरोपेली क्षेत्र रूमेलियाको पर्यायवाची शब्द थियो। यसको भौगोलिक परिभाषाको सट्टा भूराजनीतिक परिभाषा थियो, जुन २०औँ शताब्दीको प्रारम्भमा युगोस्लाभिया अधिराज्यको निर्माणको बेलामा थप प्रवर्धन गरिएको थियो। बाल्कन प्रायद्वीपको प्राकृतिक सिमानाको परिभाषा कुनै प्रायद्वीपको प्राविधिक परिभाषासँग मेल खान्छ; त्यसैले आधुनिक भूगोलविद्हरूले बाल्कन प्रायद्वीपको विचारलाई तिरस्कार गर्छन् भने ऐतिहासिक शास्त्रविद्हरूले बाल्कनलाई एउटा क्षेत्रको रूपमा मान्यता दिएका छन्। यस पदावलीले बाल्कानीकरणको प्रक्रियासँग सम्बन्धित अपमानजनक अर्थ प्राप्त गरेको छ।[४][६] यस क्षेत्रका लागि प्रयोग गरिने वैकल्पिक शब्द दक्षिणपूर्वी युरोप हो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Gray, Colin S.; Sloan, Geoffrey (२०१४), Geopolitics, Geography and Strategy, आइएसबिएन 9781135265021, अन्तिम पहुँच १० नोभेम्बर २०१४ 
  2. "Balkans", इन्साइक्लोपिडिया ब्रिटानिका Britannica, अन्तिम पहुँच २०१७-१२-१३ 
  3. Richard T. Schaefer (२००८), Encyclopedia of Race, Ethnicity, and Society, Sage, पृ: १२९, आइएसबिएन 978-1-4129-2694-2 
  4. ४.० ४.१ Alexander Vezenkov (२०१७), "Entangled Geographies of the Balkans: The Boundaries of the Region and the Limits of the Discipline", in Roumen Dontchev Daskalov, Tchavdar Marinov, Entangled Histories of the Balkans – Volume Four: Concepts, Approaches, and (Self-) Representations, Brill, पृ: 115–256, आइएसबिएन 978-90-04-33782-4 
  5. Olga M. Tomic (२००६), Balkan Sprachbund Morpho-Syntactic Features, Springer Science & Business Media, पृ: ३५, आइएसबिएन 978-1-4020-4488-5 
  6. Robert Bideleux; Ian Jeffries (२००७), The Balkans: A Post-Communist History, Routledge, पृ: 1–3, आइएसबिएन 978-1-134-58328-7 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्