वर्षा राउत

नेपाली अभिनेत्री
(बर्षा राउतबाट अनुप्रेषित)

वर्षा राउत एक नेपाली चलचित्र अभिनेत्री हुन्। उनको जन्म १४ डिसेम्बर १९९३ साल सिन्धुली, नेपालमा भएको हो। उनले नाई नभन्नु ल ४बाट नेपाली चलचित्र क्षेत्रमा कदम राखेकी थिइन्। उनी नेपाली चलचित्र क्षेत्रमा छक्का पञ्जा चलचित्रबाट नयाँ स्टारका रूपमा छाएकि थिइन्। उनी नेपालकी लोकप्रिय अभिनेत्री मध्ये एक हुन् ।

वर्षा राउत
वर्षा राउत
अभिनेत्री वर्षा राउतको एक तस्बिर
जन्म (1993-12-14) १४ डिसेम्बर १९९३ (उमेर ३०)
सिन्धुली, नेपाल
राष्ट्रियतानेपाली
पेशाअभिनेत्री
कार्यकाल२०१६-
चिनारीको कारणछक्का पञ्जा चलचित्रको अभिनय
उचाइ५ फिट ३ इन्च
धर्महिन्दु
जीवनसाथीसन्जोग कोइराला (२०१९)

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

सिर्जना कार्कीको ‘रोजेको मैले’ गीतमा गरेको मोडलिङ उनको लागि प्रदापण थियो। चलचित्र यात्रा म्युजिक भिडियोबाट शुरु गरेकी वर्षा, मनोरञ्जन प्रधान फिल्म जात्रा ‘लोकप्रिय’ बनेपछि अभिनेत्री वर्षा राउतको नेपाली चलचित्र कार्यकाल एउटा इँटा थपिएको छ।[१] पहिलो चलचित्र प्रदर्शनमा नआउँदै दोस्रो चलचित्रमा अभिनय शुरु गरिसकेकी वर्षाले १ सय भन्दा बढी म्यूजिक भिडीयोमा अभिनय गरी सकेकी छन्। त्यसैले उनलाई म्यूजिक भिडीयोकि रानीको रूपमा पनि चिन्ने गरिन्छ।[२]

चलचित्र जीवन सम्पादन गर्नुहोस्

वर्षाले पेशागत जीवन म्युजिक भिडियो र मोडलका रूपमा शुरु गरेकी हुन्। भने उनले नेपाली चलचित्र क्षेत्रमा नाईनभन्नु ल -४बाट डेब्यु गरिकि थिइन्।[३] वर्षा राउत छक्का पञ्जा चलचित्र मार्फत नेपाली चलचित्रमा छाएकि थिइन्[४]

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

वर्षा राउतले कलाकार तथा व्यवसायी संजोग कोइरालासँग विवाह गरेकी छिन्। झन्डै ५ वर्ष भन्दा लामो प्रेम सम्बन्ध पछि उनिहरूले २०१९ फेब्रुअरी १४ अथवा भ्यालेन्टाइन्स डेका दिन विवाह गरेका थिए[५]

सारीमा सजिएकी वर्षा सम्पादन गर्नुहोस्

नायिका वर्षा राउत बिहेपछि केहि कार्यक्रममा उपस्थित हुँदा बोल्ड देखिएकी थिइन् । कतिपयले वर्षालाई बिहेपछि नि बोल्ड देखिन खोजेको भन्दै टिप्पणी पनि गरे । वर्षाले भने आफूलाई खुलेको पहिरनमा प्रस्तुत गरिरहेकी थिइन् । तर पछि केही कार्यक्रममा भने वर्षालाई सारीमा सजिएकी देख्न थालिएको छ । केही दिन अगाडि आयोजित एक अवार्ड समारोहमा रातो सारीमा सजिंदा वर्षाको तारिफ भएको थियो । वर्षालाई अरू बेलामा भन्दा रातो सारीमा झनै आकर्षक देखिएको चर्चा पनि भयो ।उनै,वर्षै अर्को एक कार्यक्रममा सारीमा देखिएकी छिन् । उनलाई सारीमा खुबै सुहाएको छ । वर्षा जाडो मौसम लागेपछि सारीमा सजिन थालेकी हुन् या सारीमा सजिदा आकर्षन देखिएपछि उनलाई यो पहिरनले आकर्षण गरिएको हो । तर सारीमा नारी भन्ने भनाई वर्षाको हकमा भने गजब्को लागु भएको छ । हुनत अहिले अविवाहित महिलाले पनि सारी खुबै लगाउँछन् । तर बिहेपछि सारीमा महिलालाई बढी देखन पाइन्छ । वर्षाको सारी मोह सधैं कायम रहोस् ।[५]

वर्षाको नाममा पोखरेली य्यापरको भिडियो कविता सम्पादन गर्नुहोस्

केही समयअघि मेरी गोलुमुलु तिमी नदुब्लाउ भन्दै एक फ्यानले वर्षा राउतलाई फेसबुकमा कवितात्मक पत्र लेखेका थिए । त्यसलाई उछिन्दै अर्को फ्यानले झन्दै ५ मिनेट लामो भिडियो कविता युतुबमा राखेका छन् । यी फ्यान हुन् पोखरेली य्यापर राजन केसी । यमबुद्दको य्याप ब्याटलमा भिडिसकेका उनी कविता पनि कोर्छन् । करिब ५ महिना अगाडि कोरेको वर्षामा समर्पित कविता उनले यूटूबमा बिहिबार अपलोड गरेका हुन् । यो हेरेर वर्षा मख्खै परेकी छिन् । 'आइ एम स्पिचलेस 'वर्षाले भिडियो सेयर गर्दै फेसबुकमा लेखेकी छिन् । राजनले आफूले नाइ नभन्नु ४ हेरेपछी वर्षाको फ्यान भएको अनलाइनखबर बताएँ । 'म्यूजिक भिडियोहरूमा त पहिलादेखि नै हेर्थे, तर नाइ नभन्नु ल ४ मा उनलाई हेरेर त भुतुक्कै भए'उनले भने । त्यसपछि उनले वर्षाकाो कुनै पनि फिल्म छुट्टाएको छैनन् । जात्रा त दशौ चोति हेरेका छन्।जुन फिल्म हेर्दा पनि भतुक्कै हुन्छन् । राजनले वर्षालाई ३-४ चोटि भेटिसकेका छन्। पहिलोपल्ट वर्षा छक्का पन्जा २ को सुटिङका लागि पोखरा जाँदा सुटिङस्पतमा पुगेर भेटेका थिए । यसैगरी गत मंसिरमा वर्षाको जन्मदिन मनाउन उनी पोखरादेखि काठमांडौ आए । त्यसबेला उनले एउटा टेडी बियर उपहार दिए । बेलाबखत सामाजिक संजालमा पनि वर्षासँग कुराकानी हुने गरेको उनी बताउँछन् । [५]

चलचित्रहरु सम्पादन गर्नुहोस्

वर्ष चलचित्र पात्र कैफियत
२०१६ नाई नभन्नु ल ४
२०१६ छक्का पञ्जा बृन्दा डेब्यु चलचित्र
२०१६ जात्रा पदिन्द्रकी श्रीमती
२०१६ काफल पाक्यो लुमी
२०१७ छक्का पञ्जा २ बृन्दा
२०१७ मेरो पैसा खोइ?
२०१८ मीस्टर झोले कमली
२०१९ गोपी उषा
२०१९ दाल भात तरकारी
२०१९ जात्रै जात्रा उषा

सम्मान तथा पुरस्कारहरू सम्पादन गर्नुहोस्

सन्दर्भहरु सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्