बम्म अथवा बम (प्राचीन: वर्मा) नेपालमा बसोवास गर्ने ठकुरीको एक थर हो । राजा मलाय वर्मा र मेदिनी वर्माको उल्लेखबाट बम थर वर्माबाट उत्पत्ति भएको देखिन्छ ।

ब्रहमको अप्रभंसबाट बम थर बनेको हो । बम /ब्रहम= राज्यको प्रधानमन्त्री स्तरिय पद हो । यो पदमा रहनेहरूको थर बम बन्यो । मध्यकालीन भारतको इतिहास अनुसार लंकाको राजा मान बमको थर बम थियो । कालान्तरमा यो थर राज्यको प्रधानमन्त्री स्तरिय जिम्मेवारी लिनेहरू पनि ब्रहम/बम को रुपामा चिनिए । रघुवंश महाकाब्यको त्रियोदश सर्गमा दुरजातबंधु भनेर कालिदासले पुलस्त्य गोत्रको ब्याख्या गर्दै चार लाइनको श्लोक लेखेका छन | त्यसको हिंदी अनुबादमा पुलस्त्य गोत्रको भालू बंदरको राजा सुग्रीव भनिएको छ | यसलाई मर्यादा पुरुष रामले आफ्नो भाइ बनाएर लंका बिजय गरेका थिए | यो विषय र लंकाको राजा मान बमको विषयले पुलस्त्य गोत्रीय बमको प्राचीन इतिहास लंकासंग जोडिन्छ | लंकाको राजा रावण पनि पुलस्त्य गोत्रीय थिए | नेपालमा बम थर लेख्ने निम्न पाँच थरी ठकुरीहरू फरक-फरक गोत्र तथा वंशका छन् |

चिनारीको लागि गाउँ ठाउं क्षेत्र मात्र नभएर उसको सम्पूर्ण आधारभूत पहिचान खुल्नु आवश्यक छ । थर र गोत्रले मात्र पहिचान खुल्दैन । खोज अनुसन्धान अनुसार बम थर लेख्ने माथि उल्लेखित ठकुरी मात्र नभएर विभिन्न कुलका वैश्य पनि भेटिन्छन । बम थर लेख्नेहरूको विषयमा निम्न उल्लेखित यस तालिकाबाट धेरै जानकारी हुन् सक्छ ।

पूर्खा थर गोत्र भन्नेगरेको वंश कुलदेवता बसोबास बैबाहिक सम्बन्ध देवता प्रतिको मान्यता सामाजिक मान्यता / पुष्टिको आधार
देव/ पाल /बोगटी रजवार बम शौनक सूर्यवंशी /रघुवंशी मोहन्याल/ बेताल डोटी बोगटान /कैलाली ठकुरी जातिहरू मल्ल, चन्द, शाह, शाही, सिंह, देउवा , हमाल , राठौर ---- ठकुरीमा देवताका धामी भाराडी हुँदैनन् भन्ने र ठकुरानीहरु मोहन्याल देवताका अधेखा रहने ठकुरी / सम्बन्धित समाजबाट
सोरका बम /बोगटी रजवार बम शौनक सूर्यवंशी /रघुवंशी मोहन्याल / बेताल ,सौडी डोटी बोगटान / कैलाली ठकुरी जातिहरू मल्ल, चन्द, शाह, शाही, सिंह, देउवा , हमाल , राठौर ---- ठकुरीमा देवताका धामी भाराडी हुँदैनन् भन्ने र ठकुरानीहरु मोहन्याल देवताका अधेखा रहने ठकुरी सम्बन्धित समाजबाट
सिंजापति नागराज देव/पाल/चल्ल/मल्ल/वर्मा/बम्म /बम बम बशिष्ठ गोत्र सूर्यवंशी /श्रीपाली वंशी आदिमष्टो /बराह मष्टो /क्षेत्रपाल मष्टो विन्दवासिनी देवी कालिकोट /बाजुरा /कैलाली /सुर्खेत /बैतडी/दार्चुला /मुगु/मुस्ताङ ठकुरी जाति मल्ल, शाह, शाही , ठकुरी /सम्बन्धित समाजबाट
------? बम पुलस्त्य गोत्र सूर्यवंशी समैजी /महादेव बैतडी पुर्चुडी , कैलाली र कंचनपुर ठकुरी जाति मल्ल ,शाही, चन्द , सिंह ------? ठकुरी /सम्बन्धित समाजबाट
------? बम पुलस्त्य गोत्र सूर्यवंशी ब्रहम /महादेव दार्चुला दुन्हु , कैलाली र कंचनपुर ठकुरी जाति मल्ल ,शाही, चन्द , सिंह ----? ठकुरी /सम्बन्धित समाजबाट
------? बम कश्यप सूर्यवंशी खापर दादे मष्टो बझांग, बाजुरा , कैलाली र कंचनपुर ठकुरी जाति मल्ल ,शाही, चन्द , सिंह ----? ठकुरी /सम्बन्धित समाजबाट
बोगटी बम शौनम ------? -----? डोटी , अछाम र कैलाली बिष्ट ,खण्डका ,कुँवर---- --------? -------?
कोर बम पुलस्त्य ----? -----? बैतडी र कैलाली कंचनपुर बिष्ट ,खण्डका ,कुँवर ---- -----? ------?
बोहरा (कुकुडे ) बम कौसिल्ला ------? बसुदेवी डोटी बसुदेवी /कैलाली गोदावरी धामी , बोहरा , मन्नी, जेठारा , महता , कुन्जदा ,राना, राउत ----? -----?
-----? बम ---? डडेल्धुरा गंखेत /कैलाली ------? --------?
धामी बम -----? -----? -----? कैलाली धमिखेडा र जाली धामी , बोहरा , मन्नी, जेठारा , महता , कुन्जदा ,राना, राउत ------? ------?
छेका बम -----? ------? डोटी र कैलाली धामी , बोहरा , मन्नी, जेठारा , महता , कुन्जदा ,राना, राउत ,वैश्य जात ------? -------?

यो पनि भिडियो हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्