बङ्गलादेशका राष्ट्रपतिहरूको सूची

विकिपेडीया सूची लेख

बङ्गलादेशका राष्ट्रपतिहरूको पूर्ण सूचीमा (बङ्गाली: বাংলাদেশের রাষ্ট্রপতিদের তালিকা), (उच्चारण:बाङ्लादेशेर राष्ट्रोपोतिदेर तालिका) सन् १९७१ मा बङ्गलादेशको स्वतन्त्रता घोषणापछि बङ्गलादेशका राष्ट्रपतिको रूपमा शपथ लिएका व्यक्तिहरू समावेश छन्।

बङ्गलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमान पछि राष्ट्रपतिको पद सम्हालेका आउँदा राष्ट्रपतिहरूका लागि विश्वव्यापी रूपमा स्वीकृत प्राप्त गरेका तथा पछ्याइएका कुनै सङ्ख्या प्रणाली लागु गरिएको छैन। विभिन्न स्रोतहरूले विभिन्न तरीकाले राष्ट्रपतिहरू कतिपटक राष्ट्रपति बने भन्ने सङ्ख्या गणना गर्न सक्छन्। उदाहरणका लागि ए.क्यु.एम बदरुद्दोजा चौधुरीले एकपटक मात्र राष्ट्रपति पद सम्हालेका थिए तर सरकारी प्रकाशनहरूले उनलाई ४ पटक राष्ट्रपतिको रूपमा उल्लेख गरेका थिए। सन् २०१८ मा बिडिनिउज २४ मा प्रकाशित सूची देशको निर्वाचन समितिले दिएको बयानसँग मेल खान्छ जसमा आब्दुल हामिदलाई २०औँ राष्ट्रपति बनाइएको थियो भन्ने कुरा उल्लेख गरिएको छ भने उनी सन् २०१३ मा पहिलो पटक निर्वाचित भए पनि राष्ट्रपतिको आफ्नै आधिकारिक वेबसाइटमा २०१६ मा प्रकाशित सूचीको सङ्ख्याको विपरित छ। सन् २०१८ मा बङ्गलादेश उच्च आयोग, सिङ्गापुरले उनलाई २२औँ राष्ट्रपतिको रूपमा सूचीकृत गरेको थियो। बङ्गलादेशको डेली स्टार रेकर्ड गरेको पत्रिकाले विगतका राष्ट्रपतिहरू सम्बन्धी अन्य प्रतिवेदनहरू दुबै सूचीसँग मेल खाँदैन।

सूत्र सम्पादन गर्नुहोस्

राजनैतिक दल

      अवामी लिग
      बङ्गलादेश राष्ट्रियतावादी दल
      राष्ट्रिय पार्टी
      निर्दलीय

राष्ट्रपतिहरूको तालिका सम्पादन गर्नुहोस्

# नाम तस्वीर पद ग्रहण पद परित्याग जन्म र मृत्यु मिति राजनैतिक दल स्रोत
शेख मुजिबुर रहमान   अप्रिल ११, १९७१ जनवरी १२, १९७२ मार्च १७, १९२० – अगस्ट १५, १९७५ अवामी लिग
सैयद नजरुल इसलाम
(अस्थायी)
  अप्रिल १२, १९७१ जनवरी १०, १९७२ १९२५ – १९७५ अवामी लिग
आबु साईद चौधुरी   जनवरी १२, १९७२ डिसेम्बर २४, १९७३ जनवरी ३१, १९२१ – अगस्ट २, १९८७ अवामी लिग
मोहाम्मदउल्लाह   डिसेम्बर २४, १९७३ जनवरी २५, १९७५ अक्टोबर २१, १९२१ – नोभेम्बर ११, १९९९ अवामी लिग
शेख मुजिबुर रहमान   जनवरी २५, १९७५ अगस्ट १५, १९७५ मार्च १७, १९२० – अगस्ट १५, १९७५ अवामी लिग
खोन्दोकार मोशताक आहमेद   अगस्ट १५, १९७५ नोभेम्बर ६, १९७५ १९१८ – मार्च ५, १९९६ अवामी लिग
आबु सादात मोहाम्मद सायेम   नोभेम्बर ६, १९७५ अप्रिल २१ १९७७ मार्च २९, १९१६ – जुलाई ८, १९९७ निर्दलीय
जियाउर रहमान   अप्रिल २१, १९७७ मे ३०, १९८१ जनवरी १९, १९३६ – मे ३०, १९८१ बङ्गलादेश राष्ट्रियतावादी दल
आबदुस सात्तार   मे ३०, १९८१ मार्च २४, १९८२ १९०६ – अक्टोबर ५, १९८५ बङ्गलादेश राष्ट्रियतावादी दल
१० हुसेइन मुहाम्मद एरशाद   मार्च २४, १९८२ मार्च २७, १९८२ जनवरी २ १९३० - जुलाई १४, २०१९ राष्ट्रिय पार्टी
११ आफम आहमानुद्दिन चौधुरी   मार्च २७, १९८२ डिसेम्बर ११, १९८३ १९१५ - अगस्ट २०, २००१ निर्दलीय
१२ हुसेइन मुहाम्मद एरशाद   डिसेम्बर ११, १९८३ डिसेम्बर ६, १९९० जनवरी २, १९३० राष्ट्रिय पार्टी
१३ शाहाबुद्दिन आहमेद डिसेम्बर ६, १९९० अक्टोबर ९, १९९१ फेब्रुअरी १, १९३० निर्दलीय
१४ आबदुर रहमान विश्वास   अक्टोबर १०, १९९१ अक्टोबर १०, १९९६ सेप्टेम्बर १, १९२६ बङ्गलादेश राष्ट्रियतावादी दल
१५ शाहाबुद्दिन आहमेद २३ जुलाई १९९६ १४ नोभेम्बर २००१ फेब्रुअरी १, १९३० निर्दलीय
१६ एकिउएम बदरुद्दोजा चौधुरी १४ नोभेम्बर २००१ जुन २१, २००२ फेब्रुअरी १, १९३० बङ्गलादेश राष्ट्रियतावादी दल
(वर्तमान, विकल्प धारा बङ्गलादेश)
१७ जमिरुद्दिन सरकार जुन २१, २००२ सेप्टेम्बर ६, २००२ १९३१ बङ्गलादेश राष्ट्रियतावादी दल
१८ इयाजउद्दिन आहम्मेद   सेप्टेम्बर ६, २००२ फेब्रुअरी १२, २००९ फेब्रुअरी १, १९३१ - १० डिसेम्बर २०१२ निर्दलीय
१९ जिल्लुर रहमान   १२ फेब्रुअरी २००९ २० मार्च २०१३ ९ मार्च १९२९ - २० मार्च २०१३ अवामी लिग
–– आब्दुल हामिद
  मार्च १४, २०१३ अप्रिल २२, २०१३ जनवरी १, १९४४ अवामी लिग
२० आब्दुल हामिद   अप्रिल २२, २०१३ फेब्रुअरी ७, २०१८ जनवरी १, १९४४ अवामी लिग [१]
२१ आब्दुल हामिद   फेब्रुअरी ७ २०१८ वर्तमान जनवरी १, १९४४ अवामी लिग [२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "আবদুল हामिद রাষ্ট্রপতি নির্বাচিত -bdnews24.com"বিডিনিউজ টোয়েন্টিফোর ডটকম। २२ अप्रिल २०१३। सङ्ग्रह मिति २४ अप्रिल २०१८ 
  2. "আরও ५ বছরের জন্য রাষ্ট্রপতি আবদুল हामिद"দৈনিক প্রথম আলো। सङ्ग्रह मिति २४ अप्रिल २०१८