फ्रेञ्च ओपन एउटा मुख्य टेनिस प्रतियोगिता हो जुन वर्षको मे महिनाको अन्त्य तथा जुन महिनाको पहिलो दुई हप्ताभित्र फ्रान्सको मध्य पेरिसको स्टेड रोलेन्ड गार्रोसमा खेलिन्छ । फ्रेञ्च ओपन बार्षिक टेनिस क्यालेन्डरको दोस्रो ग्र्यान्ड स्ल्याम र संसारकै प्रमुख क्ले-कोर्ट प्रतियोगिता हो । रोलेन्ड गर्रोस एकमात्र यस्तो ग्रयान्ड स्ल्याम प्रतियोगिता हो जुन अझै पनि माटोमा आयोजना हुने गरेको छ । यो टेनिसको सबैभन्दा प्रतिष्ठित प्रतियोगिताहरू मध्ये एक हो, र यो एक यस्तो खेल हो जसको संसार भरी व्यापक प्रसारण हुन्छ‌ । साथै यस खेलमा सबै नियमित प्रतियोगिताका दर्शकहरू सम्मिलित हुन्छन् । सुस्त खेल धरातल र फाइनल सेटमा बिना कुनै टाईब्रेकको पाँच सेटको पुरुष सि‌ङ्गल म्याचका कारण, यस प्रतियोगितालाई व्यापक रूपमा संसारको सर्वाधिक शारीरिक रूपमा आकांक्षित टेनिस प्रतियोगिता मानिन्छ ।