फाहियान प्राचीन चीनका एक बौद्ध भिक्षु तथा प्रसिद्ध तीर्थयात्री थिए। यिनले सन् ३९९-४१२ ताका चीनबाट तिब्तत हुँदै वर्तमान पाकिस्तान, भारत, नेपाल, बङ्गलादेश, श्रीलङ्का आदि देशको पैदल भ्रमण गरेका थिए। यिनको भ्रमणको मुख्य उद्देश्य बौद्ध तीर्थयात्रा तथा बौद्ध धर्म सम्बन्धी कृतिहरू बटुल्नु थियो।

फाहियान
सम्राट अशोकको दरवारमा फाहियान
व्यक्तिगत
जन्मसन् ३३७
पियाङ वाङ (平陽武陽), लिनफेन, चीन[१]
मृत्युसन् ४२२ (वर्ष ८५)
धर्मबौद्ध
अभिभावकत्साङ ही
उल्लेखनीय कार्यFoguoji (A Record of Buddhistic Kingdoms)
फाहियानको यात्रा विवरण

फाहियानले आफ्नो यात्रा विवरणमा कपिलवस्तु दरवारको कलात्मकता तथा अन्य वास्तुकलाको वर्णन गरेका छन्। यिनले नेपाल बारे धेरै कुरा उल्लेख गरेका छन्। यिनले उल्लेख गरेका कुराबाट नेपालको इतिहास बुझ्न सहयोग पुगेको छ। यिनले त्यसबेलाको देवपत्तनलाई निकै आकर्षक ठाउँ भनेर वर्णन गरेका थिए। [२]

फाहियान सन् ४०३ ताका लुम्बिनी (हालको नेपाल) आएका थिए।[३] यिनको यात्रा वर्णनकै आधारमा गौतम बुद्धको जन्मस्थल बारे खोज अनुसन्धान भएपछि लुम्बिनी पत्ता लागेको थियो। [४]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Li, Xican (२०१६), "Faxian’s Biography and His Contributions to Asian Buddhist Culture: Latest Textual Analysis", Asian Culture and History 8 (1): 38, डिओआई:10.5539/ach.v8n1p38, अन्तिम पहुँच १६ अगस्ट २०१७ 
  2. झा, रामचन्द्र (२०७४ साउन ६), "नेपाल राष्ट्रको निर्माणमा गोपाल तथा अन्य राजवंशको योगदान – शृङ्खला १", नेपाल रिडर्स, अन्तिम पहुँच १ अगस्त २०१८ 
  3. खत्री, प्रताप, "लुम्बिनीको अन्वेषणदेखि विकाससम्म", गोरखापत्र, अन्तिम पहुँच १ अगस्त २०१८ 
  4. हिमेश (२०७५ बैशाख १७), "बौद्ध इतिहासको उपेक्षा", नेपाल साप्ताहिक, अन्तिम पहुँच १ अगस्त २०१८  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-१९ मिति