प्रोफेसर (सर्जियो मर्क्विना) नेटफ्लिक्स शृङ्खला मनी हाइस्टका एक पात्र हुन्। अलवरो मोर्टेले प्रोफेसरको भूमिका खेलेका छन्।[१] प्रोफेसर डकैतीको मास्टरमाइन्ड र नाइके हुन्। डकैतीको लागि समूह बनाउने काम उनैले गरेका हुन्। उक्त समुहका एक सदस्य बर्लिन प्रोफेसरका भाइ हुन्।

प्रोफेसर
मनी हाइस्ट पात्र
पहिलो उपस्थिति"डु एज प्लान्ड" (२०१७)
अन्तिम उपस्थिति"द पेरिस प्लान" (२०२०)
रचनाकारएलेक्स पिना
चित्रितअलवरो मोर्टे
प्राप्त जानकारी
पुरा नामसर्जियो मार्क्विना
उपनामद प्रोफेसर / साल्भाडोर "साल्भा" मार्टिन
पेशाडकैती
परिवारजिसस मार्क्विना (पिता)
बर्लिन (भाइ)
जीवनसाथीरकेल मरिलो
राष्ट्रियतास्पेनी

पात्र जीवनी सम्पादन गर्नुहोस्

प्रोफेसर हाइस्ट समूहको नाइके हुन्छ। स्पेनको रोयल मिन्ट र बैंक अफ स्पेनको हाइस्टको योजना बनाउने र प्रवेश गर्ने व्यवस्था, बन्धकलाई गरिने व्यवहार उनैले तयार गरेको हुन्छ। रोयल मिन्टमा गरिने पहिलो हाइस्टको परिकल्पना उनको पिताको हुन्छ भने बैंक अफ स्पेनमा गरिने दोस्रो हाइस्ट उनको भाइ बर्लिनको परिकल्पना हुन्छ। उनका हजुरबुबाले इटालीमा फासीवाद विरुद्ध प्रतिरोध लडाइँ लडेका थिए। उनी दुबै हाइस्टका मास्टरमाइन्ड हुन्। र उनले रोयल मिन्ट वा बैंक अफ स्पेन भन्दा बाहिरै बसेर हाइस्टको गतिविधिलाई नियन्त्रण गरिरहन्छन्।[२] पुलिस अफिसर रकेल मरिलो जो रोयल मिन्ट हाइस्टको इन्चार्ज हुन्छिन्, उनैसँग उनको विवाह हुन्छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "PERSONAJES 'LA CASA DE PAPEL' - LOS ATRACADORES - Álvaro Morte es El Profesor" (स्पेनीमा), antena3.com, अन्तिम पहुँच १५ अप्रिल २०२० 
  2. Pereira, Alien (१९ फेब्रुअरी २०१८), ""Bella Ciao": música em "La Casa de Papel" é antiga, mas tem TUDO a ver com a série" (पुर्तुगालीमा), vix.com, अन्तिम पहुँच १४ अगस्ट २०१९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्