प्रदीप रिमाल (वि.सं.१९९२ – वि.सं. २०७१) चलचित्र निर्देशक, संस्कृतिविद्, र मदन पुरस्कार विजेता थिए।

जीवनी सम्पादन गर्नुहोस्

प्रदीपको जन्म वि.सं. १९९२ साल फागुन महिनामा लुभु, ललितपुरमा भएको हो। उनका बाबु दुर्गाप्रसाद रिमाल र आमा डिल्लीकुमारी हुन्।

४० को दशकको चर्चित चलचित्र के घर के डेरा निर्देशक रिमालले ०२५ सालमा बनेको चलचित्र हिजो आज भोली मा अभिनय समेत गरेका थिए ।

माईतीघरमा सहायक निर्देशक भएपछि उनको निर्देशन यात्रा सुरु भएको थियो । वि.सं. २०२९ सालदेखि शाही नेपाली चलचित्र संस्थानका निर्देशक भएका रिमालले मनको बाँध, कुमारी, सिन्दुर, माया र नेपाल भाषाको शिलु निर्देशन गरेका थिए ।

पुरस्कार सम्पादन गर्नुहोस्

चलचित्रमा आउनुअघि लोकगीत सङ्कलन गर्दै हिंडेका रिमालले दर्जनौ गीतमा स्वर समेत दिएका छन् । उनले कर्णाली लोक संस्कृति नामक ग्रन्थका लागि दर्शन विज्ञानतर्फको मदन पुरस्कार २०२८ संयुक्तरूपमा प्राप्त गरेका हुन्।

उनका साथ बिहारीकृष्ण श्रेष्ठ, स्थिरजंगबहादुर सिंह‎डा. चूडामणि बन्धु‎लाई उक्त पुरस्कार प्रदान गरिएको थियो।

निधन सम्पादन गर्नुहोस्

उनको निधन वि.सं. २०७१ साल माघमा अमेरिकाको भर्जिनियामा भयो ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्