प्रतिनिधित्व हिउरिस्टिक

प्रतिनिधित्व हिउरिस्टिक ति घटनाहरुको सम्भावनाबारे निर्णय लिन प्रयोग गरिन्छ जुन घटनाहरुको सम्भावना निस्चित हुदैन्‍।[१]

जब कुनै व्यक्ति सम्भावित कुराहरुको निर्णय लिनका लागि प्रतिनिधित्व हिउरिस्टिकमा भर पर्दछ, त्यो व्यक्तिले गलत निर्णय लिन सक्दछ किनभने केहिकुरा बढी प्रतिनिधि वा सुलभ छ भन्‍दैमा त्यो कुरा बढी सम्भावित हुदैन। [२]

उदाहरण सम्पादन गर्नुहोस्

संयुक्त राष्ट्र अमेरिकामा लाइब्रेरियनहरु भन्दा बढी कृषकहरु छन्। त्यसैले अमेरिकामा एक व्यक्ति कृषक हुने सम्भावना लाइब्रेरियन हुने सम्भावना भन्दा बढी हुन्छ। त्यसैले एक शुशील, अध्यनशील र शान्त मानिसपनि अमेरिकामा लाइब्रेरियन भन्दा कृषक हुने सम्भावना बढी हुन्छ तर हामी प्रतिनिधित्व हिउरिस्टिकको प्रयोग गरेर एक शुशील, अध्यनशील र शान्त मानिस कृषक भन्दा लाइब्रेरियन हुने बढी सम्भावना छ भनेर सोच्छौं। [३]

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. Kahneman & Tversky 1972
  2. Tversky & Kahneman 1982
  3. Kahneman D, Tversky A. On the psychology of prediction. Psychological Review. 1973;80(4):237-251. doi:10.1037/h0034747

बाह्य कणहरू सम्पादन गर्नुहोस्