प्रजनन क्षमता भन्नाले प्राणीको बच्चा उत्पादन गर्ने क्षमतालाई बुझिन्छ । जनसाङ्ख्यिकमा प्रजनन कुनै व्यक्ति, दम्पत्ति वा महिलाको समूहले जीवित बच्चा जन्माउने उपलब्धि हो। कतिपय अवस्थामा प्रजनन(Fertility)र उर्वरता (Fecundity)लाई पर्यायवाची शब्दको रूपमा प्रयोग गर्न खोजिएको हुन्छ तर यी दुई शब्द प्रजनन र उर्वरता(Fertility and Fecundity) सुन्दा उस्तै लागेतापनि यीनीहरूबीच आधारभुत भिन्नता छ। प्रजनन ब्यक्तिले जिवित बच्चा जन्माउने प्रक्रिया हो भने उर्वरता जिवित बच्चा जन्माउन सक्ने ब्यक्तिको जैबिक क्षमता हो। प्रजनन जैविक प्रक्रिया हो। बच्चा जन्माउनका लागि महिला र पुरुष दुबै शारीरिक रूपमा सक्षम हुनै पर्छ। प्रजनन सन्तानोत्पादन क्षमता वा उर्वरतामा निर्भर हुन्छ। प्रजनन जिवित जन्मका आधारमा मापन गर्न सकिन्छ भने उर्वरता राशायनिक जाँचबाट मात्र मापन गर्न सकिन्छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्