पारलैङ्गिक स्मृति दिवस


वर्षेनी नोभेम्बर २० तारिखमा पारलैङ्गिक स्मृति दिवस मनाइने गरिन्छ । पारद्वेषी हिंसाका शिकार भई ज्यान गुमाएका व्यक्तिहरूको स्मृतिमा यो दिवस मनाइन्छ । पारलैङ्गिक व्यक्तिहरू प्रति हुने हिंसा विरुद्ध जनचेतना फैलाउन र आवाज उठाउन पनि यो दिवस मनाइन्छ । [१][२] [३]

पारलैङ्गिक स्मृति दिवस
आवृत्तिवर्षेनी नोभेम्बर २०
उद्घाटनविश्वमा १९९९ (1999)

इतिहास सम्पादन गर्नुहोस्

पारलैङ्गिक स्मृति दिवस सन् १९९९मा संयुक्त राष्ट्र अमेरिकाको म्यासेचुसेट्स राज्यका एक पारलैङ्गिक महिला ग्वेन्डोलिन एन स्मिथले सुरु गरेका थिए । हत्या भएका रीता हेस्टलर नामक एक अफ्रिकी-अमेरिकी पारलैङ्गिक महिलाको स्मृतिमा यो दिवस सुरु भएको देखिन्छ । [४][५]

नेपालमा सम्पादन गर्नुहोस्

सन् २०२० देखि नेपालमा यो दिवस मनाउन थालिएको थियो । हत्याको शिकार र आत्महत्या गर्न बाध्य पारिएका पारलैङ्गिक व्यक्तिहरूको सम्झनामा घरघरमा मैनबत्ती र दियो बाली सामाजिक संजालमा राख्ने अभियान चालिएको थियो । [६] सामाजिक संजालमा #TdorNepal र #TdorNepal2020 अन्तर्गत यस बारे विचार सम्प्रेषण समेत भएको थियो । [७] यसै दिवसको एक दिन अघि निकिशा श्रेष्ठ माथी सार्वजनिक स्थलमा भएको दुर्व्यवहारको घटनाले पारलैङ्गिक व्यक्तिहरू प्रति हुने हिंसा र नेपाली सञ्चार माध्यम लगायत रोस्टिङ जस्ता गतिविधिहरूले यसलाई दिएको बढावा सम्बन्धी सामाजिक बहस उठान भएको हो । [८]

मान्यता सम्पादन गर्नुहोस्

सन् २०१७ डिसेम्बर १२मा क्यानडाको ओन्टारियो राज्यले पारलैङ्गिक स्मृति दिवस ऐन २०१७ सर्वमतले पारित गरी यस दिवसलाई मान्यता दिनुका साथ यस दिन संसदीय सभाले मौन अवधी राख्नुपर्ने अनिवार्य गरिएको छ । [९][१०]

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "Trans Day of Remembrance", Massachusetts Transgender Political Coalition, २०१३, मूलबाट अगस्ट १४, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर २०, २०१३  वेब्याक मेसिन अभिलेखिकरण अगस्ट १४, २०१० मिति
  2. "Transgender Day of Remembrance", Human Rights Campaign, मूलबाट नोभेम्बर २६, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर २०, २०१३  वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर १५, २०१९ मिति
  3. Millen, Lainey (नोभेम्बर २०, २००८), "North Carolinians mark Transgender Remembrance Day", QNotes, मूलबाट जुलाई २४, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर २८, २०१० 
  4. Smith, G., "Biography", Gwensmith.com, मूलबाट अप्रिल २४, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर २०, २०१३  वेब्याक मेसिन अभिलेखिकरण अप्रिल २४, २००८ मिति
  5. Jacobs, Ethan (नोभेम्बर १५, २००८), "Remembering Rita Hester", EDGE Boston, मूलबाट अक्टोबर ८, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर २८, २०१०  वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर ८, २०१२ मिति
  6. "पारलैङ्गिक स्मृति दिवस : सार्वजनिक वक्तव्य", क्वयेर युथ ग्रुप। 
  7. "#TdorNepal", ट्विटर 
  8. "सार्वजनिक ठाउँमै दुर्व्यवहार भोग्दै पारलैङ्गिक समुदाय", गोरखापत्र 
  9. "Ontario enshrines Trans Day of Remembrance in law as Nov. 20", CP24 (en-CAमा), The Canadian Press, डिसेम्बर १२, २०१७, मूलबाट डिसेम्बर २२, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २१, २०१७ 
  10. "2017, c. 29", Trans Day of Remembrance Act, 2017 (Act), डिसेम्बर १४, २०१७, मूलबाट डिसेम्बर २२, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २१, २०१७