पहिलो अफिम युद्ध (चिनियाँ: 第一次鴉片戰爭), लाई अफिम युद्ध वा अंग्रेज चीन युद्ध समेत भनिन्छ । यो बेलायत र चीनको चिङ वंशबीच लडिएको सैन्य लडाईको शृङ्खला हो जसलाई कुटनैतिक सम्बन्ध, व्यापारको नजरले हेर्न सकिन्छ ।[४]

पहिलो अफिम युद्ध
अफिम युद्धको भाग

डुब्दै गरेको चीनेया जहाज , इ. डनक्यान (१८४३)
मिति४ सेप्टेम्बर १८३९-२९ अगस्ट १८४२ (२ वर्ष ११ महिना २५ दिन)
स्थान
चीन

territory=ब्रिटिस साम्राज्यले हंगकंग पायो ।

पाँच सन्धि बन्दरगाहको निर्माण शाङ्घाई ; ग्वांगझोउ; निंग्बो; फुज्होउ; सिअमेन
परिणाम

ब्रिटिश विजय

योद्धा

ढाँचा:Country data UKGBबेलायत

चीन ( चिङ वंश)
शक्ति

१९,०००+ फौज:[१]

३७ जहाज:[१]

२२२.२१२ फौज:2

  • आठ ब्यानर : १६,७०८
  • हरित स्तरीय सेना: २०५,५०४
मृत्यु र क्षति
६९ मृत्यु[१]
४५१ घाइते[१]
२८४ बिमारीले मृत्यु[२][३]
१८,०००-२०,००० मृत्यु र घाइते3 (est.)[१]
1 रहेको ५ जंगी जहाज, ३ब्रिज, 2स्टिमर, १सर्वे भेसल, and १अस्पताल जहाज.

१७ औ र १८ औ शताब्दीमा, चिनियाँ सामग्रीको मागले (विशेष गरी रेशम, पोर्सेलिन माटोको भाडा र चिया ) युरोपमा बेलायत र चिङ वंश बीच व्यापारिक असन्तुलन सिर्जना गरेको थियो । युरोपेली चादी चीनमा आउथ्यो जसलाई चीनले भित्र्याउथ्यो ।

अफिम आयातको ग्राफ

यो व्यापारिक असन्तुलनलाई मिलाउन इस्ट इन्डिया कम्पनीले भारतमा खेती गरिएका अफिमको लिलामी व्यापार चीनमा गर्न थाल्यो र एसियामा आफ्नो व्यापार प्रभावको मजबुतीकरण गर्न सुरु गर्यो । यो अफिम चीनियाँ तट ग्वांगझोउमा पुर्याइन्थ्यो जहाँ स्थानीय बिचौलियाहरु चीनमा बिक्रि गरेर ठुलो नाफा कमाउथे । अफिमको व्यापारले बेलायत-चीन व्यापारको क्रमभंगता भयो र चीनको व्यापार घाटा हुन् थाल्यो । यसको नतिजाले चीनियाँ अधिकारीहरु चिन्तित भए ।

कमिसनर भिसरी लिन जिउ

१८३९ मा चीनिया सम्राटले अफिम व्यापारलाई बैधता दिन अस्विकार गरे र अफिममा कर लगाए । उनले भिसरी लिन जिउलाई अफिम व्यापारमा पूर्ण प्रतिबन्ध लगाएर समस्या समाधान गर्न नियुक्त गरे । [५] र ग्वांगझोउमा बिना क्षतिपूर्ति विदेशी व्यापार बन्द गरे । लिनले झन्डै करिब टन अफिम जफत गरी नष्ट गरे र यसको आपूर्ति बन्द गरे । [६] ब्रिटिस सरकारले चीन सरकारको यो कारबाहीको भत्सर्ना गर्यो र व्यापारीलाई घेराबन्दीमा परेको नजरले हेर्‍यो । ब्रिटिसले आफ्नो सेना चीनमा तैनाथ गर्यो ; शाही जल सेना र बन्दुक शक्तिको निर्णायक भूमिकाले चीनलाई पराजित गर्यो । यो रणनीतिलाई पछि गनबोट कुटनीति भनियो ।

१८४२ मा चिङवंश नानकिङ सन्धिमा हस्ताक्षर गर्न बाध्य भयो जसानुसार ब्रिटिस साम्राज्यले हंगकंग पायो । यो सन्धि ब्रिटिसको लक्ष्य हल्सिल गर्न नसकेकाले दोश्रो अफिम युद्ध (१८५६-६०) भयो । यसले चिङ वंश कम्जोर हुदै गयो र चीनमा अस्थिरता सिर्जना भयो । [७] यो युद्धलाई आधुनिक चीनियाँ इतिहासको सुरुवात मानिन्छ ।

युरोपेली उद्योगको दृश्य ग्वांगझोउ
चीनिया अफिम दुर्वेशनी
इस्ट इन्डिया कम्पनीको अफिमको गोदाम
अमोई को लडाईमा ब्रिटिश फौज, १८४१
ननकिंग सन्धिको तेल चित्र

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ १.३ १.४ Martin, Robert Montgomery (1847). China: Political, Commercial, and Social; In an Official Report to Her Majesty's Government. Volume 2. London: James Madden. pp. 80–82.
  2. The Chinese Repository, vol. 12, p. 248
  3. Bate 1952, p. 174
  4. Tsang, Steve (2007). A Modern History of Hong Kong. I.B.Tauris. pp. 3–13, 29.
  5. Fay (2000) pp. 73
  6. Farooqui, Amar (मार्च २००५), Smuggling as Subversion: Colonialism, Indian Merchants, and the Politics of Opium, 1790–1843, Lexington Books, आइएसबिएन 0-7391-0886-7 
  7. Tsang 2004, p. 29