उत्तरी आर्य भाषा परिवार

उत्तरी इन्डो-आर्य भाषा समुह
(पहाडी भाषाहरूबाट अनुप्रेषित)

पहाडी भाषाहरू वा उत्तरी आर्यन भाषाहरू इन्डो-आर्यन भाषा परिवारको उत्तर क्षेत्रिय विभाजन हो। पहाडी भाषाहरू भारत र नेपालको पहाडी क्षेत्रमा बोलिने भाषाहरूको समुह हो। इथ्नोलगका अनुसार यस पहाडी भाषाहरूलाई उत्तरी इन्डो-आर्यन क्षेत्रमा विभाजन गरिएको छ।

उत्तरी आर्य
पहाडी
भौगोलिक
वितरण
नेपाल र उत्तर-पश्चिम भारत
भाषिक वर्गीकरणभारोपेली भाषा परिवार
उपखण्डहरू
ग्लोटोलगindo1310[१]
उत्तरी आर्य भाषाहरू बैजनी रङमा छन्

भाषाहरू सम्पादन गर्नुहोस्

पहाडी भाषाहरू मुख्यतय ३ क्षेत्रमा विभाजन भएका छन्ः

पूर्वी पहाडी सम्पादन गर्नुहोस्

पूर्वी पहाडी भाषाहरूमा नेपाली भाषा, जुम्ली बोली र पाल्पाली बोलीलाई इथ्नोलगले समावेश गरेको छ। यस क्षेत्रमा अन्य बोलीहरू जस्तै; डोटेली, बैतडेली, अछामी, डडेल्धुरी, बाजुरेली आदि पर्दछन्।

केन्द्रिय पहाडी सम्पादन गर्नुहोस्

केन्द्रिय पहाडी भाषाहरूमा दुई ठूला भाषा कुमाउँनी भाषागढवाली भाषा हुन्। उत्तराखण्डका अरू क्षेत्रिय बोलीहरू पनि केन्द्रिय पहाडी भाषा भित्र पर्दछ।

पश्चिमी पहाडी सम्पादन गर्नुहोस्

पश्चिमी पहाडी भाषाहरूमा दुई ठूला भाषा डोग्री र काङ्ग्री हुन्। विशेषतः यी भाषाहरूलाई हिन्दी भाषाको क्षेत्रिय बोली मानिन्छ। अन्य थुप्रै बोलीहरू यस वर्गीकरण भित्र पर्दछ। पश्चिमी पहाडी भाषाहरू भारतको हिमाचल प्रदेश, पञ्जाब, जम्मू काश्मीर र पाकिस्तानको आजाद काश्मीरसम्म बोलिन्छ।

स्रोतहरू सम्पादन गर्नुहोस्

  1. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "आर्य उत्तरी क्षेत्र", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History।