पञ्चगढ (बङ्गाली: পঞ্চগড়) बङ्गलादेशको उत्तरी भागमा पर्ने एक जिल्ला हो । यो जिल्ला रङ्गपुर विभागमा पर्छ । यो जिल्लालाई भारतको २८८ किलोमिटर लामो सिमानाले घेरेको छ । [१]

पञ्चगढ
পঞ্চগড়
बङ्गलादेशको नक्सामा पञ्चगढको अवस्थितिको अवस्थिति
बङ्गलादेशको नक्सामा पञ्चगढको अवस्थिति
निर्देशाङ्क: २६°१२′N ८८°२०′E / २६.२°N ८८.३४°E / 26.2; 88.34निर्देशाङ्कहरू: २६°१२′N ८८°२०′E / २६.२°N ८८.३४°E / 26.2; 88.34
देश बङ्गलादेश
विभागरङ्गपुर
क्षेत्रफल
 • जम्मा१,४०४.६२ किमी (५४२.३३ वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा९८७,६४४
 • घनत्व७००/किमी (१८००/वर्ग माइल)
साक्षरता दर
 • जम्मा५१.०८% (पुरुष ५५.२%, महिला ४८.३%)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशको प्रमाणिक समय)
हुलाक अङ्क
५०००
वेबसाइटwww.panchagarh.gov.bd

भूगोल सम्पादन गर्नुहोस्

यो जिल्ला २६°००' देखि २६°३८' उत्तर अक्षांश र ८९°१९' देखि ८८°४९' पुर्व देशान्तरणमा अवस्थित छ । पञ्चगढ जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १४०४.६३ वर्ग किलोमिटर ओगटेको छ । यस जिल्लालाई भारतको पश्चिम बङ्गाले उत्तरबाट घेरेका छन् भने यस जिल्लाको दक्षिणमा दिनाजपुर र ठाकुरगाँउ जिल्ला रहेका छन् । त्यस्तै गरी नीरफामारी जिल्लाले पुर्वमा र भारतको पश्चिम बङ्गाल प्रदेशले पश्चिमबाट घेरेको छ । यस जिल्लाको माटो मलिलो र खेतीयोग्य छ । यो जिल्ला समुन्द्री सतहबाट १५० फिट (४५ मिटर) को उचाइका रहेको छ । यस जिल्लामा १६ वटा नदिहरू छन् जसमा- अतराइ, टिस्टा, नागोर, चिल्का, महानन्द आदि रहेका छन् ।

अर्थतन्त्र सम्पादन गर्नुहोस्

उद्योगहरू: यस जिल्लामा चिया, चिनी, धान मिल, तेल मिल र स मिल रहेका छन् ।

बङ्गलाबन्धा बन्दरगाह: बङ्गलादेशको उत्तर-पश्चिमी क्षेत्रबाट पञ्चगढ बङ्गला-भारत राजमार्गमाबाट लगभग १० एकड (४०,००० वर्ग मिटर)मा रहेको छ । यो बन्दरगाह पश्चिम पञ्चषढ सहरबाट ६० किलोमिटरको दुरीमा रहेको छ । यो ठाउँ अन्तर्राष्ट्रिय क्षेत्र हो र नेपाल ट्रान्जिट ट्राफिकको लागि प्रयोग गरिएको छ । यो बङ्गलादेश-भारतीय सीमाबाट लगभग २२ मिटरमा पर्छ ।

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती जसमा जिल्लाकै ७०.९६% मानिसहरू संलग्न छन् । यस जिल्लाका मानिसहरू अन्य जस्तै ५.४२% मजदुरी, व्यापार र उद्योगमा ०.४७%, वाणिाज्यमा ९.६%, सञ्चार र यातायातमा ३.७२%, रेमिटेन्समा ०.१३%, सरकारी कार्यलयहरूमा ४.४५% ,धर्म सेवामा ०.१५% र अन्यमा ३.९९% रहेका छन् ।

शिक्षा सम्पादन गर्नुहोस्

यस जिल्लाको कुल साक्षरता दर ४३.९% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ५०.१% छ भने महिलाको साक्षरता दर ३७.३% रहेको छ । यस जिल्लामा १ कानुन विषयको क्याम्पस, २५ क्याम्पस, ५९ प्राथमिक विद्यालयहरू रहेका छन् जसमध्ये-मकुबुलार रहिम सरकारी क्याम्पस (१९६५), बोदा इङलिस उच्च विद्यालय (१८८८), मिरजापुर उच्च माध्यमिक विद्यालय (१९०४), नारायन पाइलट उच्च विद्यालय (१९०६), मिरगढ प्राथमिक विद्यालय (१८२८) आदि यहाँका उत्कृष्ट विद्यालयको उदाहरण हुन् ।

यातायात सम्पादन गर्नुहोस्

स्थानीय वासीकालागी मोटरसाइकल, रिक्शा, साइकल यहाँका यातायातको प्रमुख साधनहरू हुन् । सामान्यतया यहाँका मोटर गाडिहरूले यस जिल्लाका छेउछाउको उप-जिल्ला र जिल्लालाई जोड्नो गरेको छ । यो जिल्लाबाट राजधानी ढाका ४७५ किलोमिटरको दुरीमा रहेको छ । ढाका र पञ्चगढको बीच सडक परिवहन एक मुख्य रूपमा घरेलु मार्गहरूमा चलिरहेको छ । १० नोभेम्बर २०१८ मा ढाका र पञ्चगढ बिच रेल सेवा सुरुवाट गरिएको छ । यो रेलमार्गको कुल दुरी ६३९ किलोमिटर रहेको छ जुन देशकै सबैभन्दा लामो सडक यातायात हो । ढाका र पञ्चगढ बिच कुनै हवाई मार्ग रहेको छैन ।

जनसङ्ख्या सम्पादन गर्नुहोस्

सन् २०११ को राष्ट्रिय जनगणना अनुसार यस जिल्ला कुल जनसङ्ख्या ८,३६१,९६ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ४,२९४,९० छ भने महिलाको जनसङ्ख्या ४,०६७,०६ रहेको छ । यस जिल्लाको जनधनत्व १००० प्रति वर्ग किलोमिटर रहेको छ । धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मका मानिसहरूको जनसङख्या ६,९०८,९३ रहेको छ भने हिन्दु धर्मको जनसङ्ख्या १,४२३,९० छ । त्यस्तै गरी बुद्ध धर्मको जनसङ्ख्या २१९४, इसाई धर्मको ४२ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ७१७ रहेको छ ।

प्रशासन सम्पादन गर्नुहोस्

प्रशासनमा भारतको ब्रिटिश शासनकालमा पञ्चगढ पश्चिम बङ्गालको जलपाइगुडि जिल्लाको एक थाना रूपमा रहेको थियो । यसलाई १९४७ मा भारत को विभाजन को समयमा दिनाजपुर जिल्लामा शामिल गरिएको थियो । पञ्चगढ उप-विभागलाई १९८० मा पञ्चगढ सदर, बोडा, देबिगञ्ज, अटोयारी र तेतुलियामा विभाजन गरिएको थियो । यो उप-विभागलाई १९८४ मा एक जिल्लामा रूपमा परिणत गरिएको थियो ।

उप-जिल्ला जनसङ्ख्या (२०११)[२]
पञ्चगढ सदर उप-जिल्ला २,७१७,०७
देबिगञ्ज उप-जिल्ला २,२४७,०९
बोदा उप-जिल्ला २,३२१,२४
आटोयारी उप-जिल्ला १,३३६,५०
तेतुलिया उप-जिल्ला १,२५४,५४
  • प्रमुख आयुक्त: आबु बकार सदिक[३]
  • उप-आयुक्त (डिसी): महम्मद सलहा उदिन[४]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "पञ्चगढ जिल्लाको जानकारी", बङ्गलापिडिया। 
  2. "पञ्चगढ जिल्ला प्रतिवेदन", बङ्गलादेश राष्ट्रिय तथ्याङ्क विभाग, अन्तिम पहुँच १ अप्रिल २०१३ 
  3. "पञ्चगढ जिल्लाको प्रशासन", द डेल्ली स्टार, अन्तिम पहुँच २९ अक्टोबर २०१५ 
  4. "आधिकारिक प्रतिवेदन", मूलबाट २०११-१२-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-१२-२२  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य कडीहरू सम्पादन गर्नुहोस्