नेपाल स्काउट
नेपाल स्काउट नेपालको स्काउटिंग र गाइडिंग संस्था हो। यसको स्थापना वि.सं. २००९ सालमा भएको हो ।
नेपाल स्काउट | |||
---|---|---|---|
Country | नेपाल | ||
Membership | 32,000 | ||
संरक्षक | प्रधानमन्त्री | ||
प्रमुख स्काउट | जगत बहादुर सुनार (विश्वकर्मा) | ||
प्रमुख आयुक्त(संयोजक) | लोकबहादुर भण्डारी[१] | ||
| |||
Website nepalscouts.org.np वेब्याक मेसिन अभिलेखिकरण २०१३-०५-२८ मिति | |||
नेपालका बालबालिका तथा युवा वर्गलाई स्काउटमा आधिकाधिक मात्रामा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउन नेपाल स्काउटको स्थापना भएको हो ।
उद्देश्य सम्पादन गर्नुहोस्
नेपाल स्काउटको उद्देश्य यस्तो छः
(क) विश्व स्काउटद्वारा प्रतिपादित सिद्धान्त, मान्यता र भावनासंग नेपालका बालबालिका तथा युवा वर्गलाई परिचित गराउादै बालबालिका तथा युवा वर्गलाई जनसेवी बनाउने ।
(ख) बालबालिका तथा युवा वर्गलाई नेपाल स्काउटको माध्यमद्वारा कर्तव्य परायण, अनुशासित, स्वावलम्बी, सच्चरित्रवान तथा सुयोग्य नागरिक बनाउने ।
(ग) दैवी प्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार तथा सहायता कार्यमा नेपाल स्काउटलाई परिचालन गर्ने, गराउने ।
(घ) सामुदायिक सेवा तथा जनहित सम्बन्धी कार्य गर्ने गराउने ।
(ङ) समाजका हरेक वर्ग तथा समुहलाई शिक्षित पार्न प्रौढ शिक्षा लगायत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने, गराउने ।
(च) स्वास्थ्य, वातावरण, भू-संरक्षण तथा प्राकृतिक श्रोतको उपयोगसम्बन्धी विभिन्न जनउपयोगी कार्यक्रम सञ्चालन गर्न युवा जनशक्ति परिचालन गर्ने, गराउने ।
"बन्द कोठा भित्र बस्ने मानिसको सोच सञ्कोचीत हुन्छ"
स्काउट नियम सम्पादन गर्नुहोस्
ब्वाय् र गर्ल्स स्काउट नियम सम्पादन गर्नुहोस्
- स्काउट विश्वास योग्य हुन्छ ।
- स्काउट भक्त हुन्छ ।
- स्काउट उपयोगी र सहयोगी हुन्छ ।
- स्काउट सबैको मित्र हुन्छ र परस्परमा भ्रातृत्व तथा भगिनित्व कायम राख्दछ ।
- स्काउट विनम्र हुन्छ ।
- स्काउट प्राणी प्रति दयालु हुन्छ ।
- स्काउट अनुशासित र आज्ञाकारी हुन्छ ।
- स्काउट बहादुर हुन्छ र सधैं प्रसन्न हुन्छ ।
- स्काउट मितव्ययी हुन्छ ।
- स्काउट मन, बचन र कर्ममा पवित्र हुन्छ ।
ब्वाय् र गर्ल्स स्काउटको प्रतिज्ञा सम्पादन गर्नुहोस्
म (आफ्नो नाम)................................ आत्मा साक्षी राखी आफ्नो मर्यादामा प्रतिज्ञा गर्दछु कि सकभर देश, नरेश तथा ईश्वर\धर्म प्रति आफ्नो कर्तव्य पालन गर्दछु । सधैं परोपकार गर्दछु । सधैं स्काउट नियम पालना गर्दछु ।
नेपाल स्काउटको वर्गिकरण सम्पादन गर्नुहोस्
उमेरको आधारमा नेपाल स्काउटको वर्गीकरण यस प्रकार छ :- सम्पादन गर्नुहोस्
- कब\ब्राउनी (७ देखी १० वर्ष )
- ब्वाय्\गर्ल (११ देखी १५ वर्ष)
- रोवर\रेञ्जर (१६ देखी २५ वर्ष)
ब्वाय्\गर्ल स्काउटको ब्याज सूची सम्पादन गर्नुहोस्
क्रियाकलाप सम्पादन गर्नुहोस्
ज्याम्बोरी सम्पादन गर्नुहोस्
नेपाल स्काउटले पहिलो राष्ट्रिय स्काउट ज्याम्बोरी वि.सं. २०४३मा कीर्तिपुरमा गरेको थियो । नेपाल स्काउटले दोस्रो ज्याम्बोरी वि.सं. २०६९मा चितवनको टिकौलीमा गरेको थियो ।
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ {{cite web |url=http://www.rajdhani.com.np/article/0795444001420512963"|title=स्काउटमा वेब्याक मेसिन अभिलेखिकरण २०१५-०१-१५ मिति दाहाल र भण्डारी|publisher=Rajdhani Dainik|accessdate=2015-1-6>
सम्पर्क ठेगाना सम्पादन गर्नुहोस्
नेपाल स्काउट
राष्ट्रिय प्रधान कार्यलय
लैनचौर, काठमाडौँ, नेपाल
पोष्ट बक्स न : १०३७
टेलीफोन: ४४१९००१, ४४२५७६२, ४४१३३६९
फ्याक्स: ९७७-१-४४१३३६९
ईमेल: info@nepalscouts.org
आधिकारीक वेबसाईट सम्पादन गर्नुहोस्
- नेपाल स्काउट वेब्याक मेसिन अभिलेखिकरण २०२०-०८-०९ मिति