नेपाल राष्ट्रिय पुस्तकालय

नेपाल राष्ट्रिय पुस्तकालय ललितपुर नगरपालिका भित्रको हरिहर भवनमा अवस्थित छ।[१][२][३] यसले उक्त भवनको पहिलो तल्लाको दक्षिणी भाग ओगटेको छ। हाल यहाँ १,५०,००० वटा पुस्तक तथा पत्र पत्रिकाहरू सङ्कलनमा छन्।[४]

नेपाल राष्ट्रिय पुस्तकालय
हाल राष्ट्रिय पुस्तकालय रहेको भवन
देशनेपाल
प्रकारसार्वजनिक पुस्तकालय
स्थापना१९५७ (६७ वर्ष अघि) (१९५७)
स्थानहरिहरभवन, ललितपुर, नेपाल
वेबसाइटwww.nnl.gov.np

यस पुस्तकालयको स्थापना नेपाल सरकारबाट वि.सं. २०१३ साल पुस महिनामा भएको थियो।[५] राजगुरु हेमराज पाण्डेका निजी पुस्तकहरू खरीद गरेर यसले पुस्तक सङ्कलन कार्य सुरू गरेको थियो। त्यस बेला यो सिंहदरबार भित्रको सिक्री ढोका भन्ने भवनमा रहेको थियो। त्यतवेला सिंहदरबारमा रहेको केन्द्रीय सचिवालयको पुस्तकालय गाभेर यसलाई अझ ठूलो बनाइएको थियो।

वि.सं. २०१७ सालमा यसलाई सिंहदरबारबाट हाल रहेको हरिहर भवनमा सारिएको हो। त्यसै ताका देखि यसले पुस्तकहरू सापटी दिन सुरू गरेको हो। तर पछि गएर यो कार्य बन्द गरियो। वि.सं. २०४४ सालमा पहिलो पटक यसले आफ्ना सम्पूर्ण सङ्कलनहरूको सूचीकरण सम्पन्न गरेको थियो।

इतिहास सम्पादन गर्नुहोस्

तत्कालीन प्रधानमन्त्री ट‌ङ्कप्रसाद आचार्य २०१३ सालमा चीनको भ्रमणमा जाँदा एकदिन भारतको कोलकत्तामा रहनु भएछ। कलकत्तामा रहदा भारतको राष्ट्रिय पुस्तकालयको अवलोकन गरेर बिताउनु भएछ । सो पुस्तकालयको आगन्तुक पुस्तिकामा नेपालमा पनि नेपाल सरकारको राष्ट्रिय पुस्तकालय स्थापना गर्ने सोच रहेको कुरा उल्लेख गर्नु भएको रहेछ। चीन भ्रमणबाट फर्के लगत्तै नेपाल सरकारले पुर्व नायबबडा गुरुज्यू स्वर्गीय हेमाराज शर्मा पाण्डेको नीजि स‌ंकलनमा रहेको भारती भवन पुस्तकालयमा भएका करिब ३०००० पुस्तकहरु तीनलाख भारतीय रुपैयाँमा खरीद गरेर सो संकलनमा केन्द्रीय सचिवालय पुस्तकालय सिंहदरबारमा रहेका करिब ८००० पुस्तकहरु समेत मिलाएर नेपाल सरकारले विसं २०१३ साल पुस १९ गते तदनुसार सन् १९५७ जनवरी २ तारिका दिन तत्कालीन सिंहदरबारको सिक्रीढोकामा नेपाल राष्ट्रिय पुस्तकालयको स्थापना गरेको हो ।

 
नेपाल राष्ट्रिय पुस्तकालय रहने हाल निर्माणाधिन भवनको नमुना ।

विस‌ं २०१८ सालतिर सिंहदरवारबाट हरिहर भवनमा स्थानान्तरण भएको यो पुस्तकालय विस‍ं २०७२ साल बैशाख १२ गतेको भूकम्पका कारण भवन क्षतीग्रष्त भएपछि हाल हरिहरभवन परिसरकै बाल शाखाबाट आंशिक सेवा मात्र दिइरहेको छ । पुस्तकालयको आफ्नै नाममा जग्गा नभएका कारण सुविधासम्पन्न भवन निर्माण गरेर २१ ‌औ शताब्दीको सुबिधासम्पन्न पुस्तकालय सेवा दिन असमर्थ रहेको छ । जग्गा प्राप्तीका लागि शिक्षा मन्त्रालय मार्फत् पहल भइरहेको छ । हाल यस पुस्तकालयमा करिब १५०००० पुस्तक तथा पत्रपत्रिकाहरु रहेका छन् । अहिले राष्ट्रिय पुस्तकालयको अाँफ्नै नयाँ भवन जमलमा निर्माणाधिन छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "जमलमै राष्ट्रिय पुस्तकालय किन ?", नेपाल लाइभ (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-०२ 
  2. "राष्ट्रिय पुस्तकालय बोरामा ! २ सय वर्ष पूराना पुस्तकको बेहाल", बाह्रखरी (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-०२ 
  3. "नेपालमा पुस्तकालय : इतिहास र वर्तमान", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-०२ 
  4. "राष्ट्रिय पुस्तकालयको बिजोग, डेढ लाख पुस्तक पाँच हजार बोरामा बन्धक ! (भिडियो रिपोर्ट)", लोकान्तर (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-०२ 
  5. "जमलमा राष्ट्रिय पुस्तकालय बन्‍ने", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-०२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्