नेपाली चलचित्र

नेपालको चलचित्र उद्योग

नेपाली चलचित्र उद्योग नेपाली भाषाका चलचित्र निर्माण गर्ने उद्योग हो। नेपाली चलचित्र उद्योग काठमाडौँ मा रहेको छ। नेपालमा चलचित्रको विकास क्रम केही ढिलो सुरू भए पनि हाल यो क्षेत्र सशक्त बनिरहेको छ। नेपाली सिनेमा उद्योगमा वर्षमा दर्जनौ चलचित्रहरू निर्माण भइरहेका हुन्छन्। हाल नेपालमा चलचित्रको व्यावस्थापन र नियमन चलचित्र विकास बोर्डले गर्दछ। नेपाली चलचित्र उद्योगले विभिन्न चरणहरू पार गरेर आधुनिक प्रविधिको युगमा आफुलाई समायित गरिसकेको छ। पछिल्लो समय नेपाली चलचित्रहरूले कमाई पनि राम्रै गर्न थालेका छन्। नेपालको अर्थतन्त्रमा पनि चलचित्र क्षेत्रको योगदान बढ्दै गइरहेको छ। नेपालमा ठुलो जनसमुहले चलचित्रलाई कर्मथलो बनाएर नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धन गरिरहेका छन्।[२]

नेपाली चलचित्र
पर्दाहरूको सङ्ख्या१३०[१]
 • Per capita०.२ प्रति १,००,००० (२०५७)[१]
निर्मित चलचित्रहरू (सन् २०१६)
जम्मा१००[१]

इतिहास सम्पादन गर्नुहोस्

नेपाली चलचित्रको इतिहास तुलनात्मक रुपमा छोटो भएपनि यसले विभिन्न चरणहरू पार गर्दै आजको अवस्थामा पुगेको हो। नेपाल चलचित्र संस्थानको स्थापना  २०२८/७/१६ भएको थियो भने नेपाल चलचित्र विकास बोर्डको स्थापना २०५७ असार १६ गते भएको थियो।[३]

सुरूवाती चरण सम्पादन गर्नुहोस्

नेपाली भाषामा निर्मित पहिलो चलचित्र भने भारतमा २००८ सालमा निर्मित सत्य हरिश्चन्द्र हो, जुन नेपालीमा पनि डबिङ्ग गरेर सार्वजनिक गरिएको थियो।[४] नेपालमा निर्मित चलचित्रको पहिलोपटक प्रदर्शन २०२२ सालको असोजमा आमा चलचित्रबाट भएको थियो।[५] यस चलचित्रको निर्देशन हिरा सिंह खत्रीले गरेका थिए। चलचित्रमा शिवशङ्कर मानन्धरभुवन चन्द को अभिनय थियो। जो नेपाली सिनेमाका पहिलो नायक नायिका मानिन्छन्।

तर सरकारी लगानीमा निर्मित यो चलचित्र निर्माण हुनु अगावै २०१८ सालमा नीजि लगानीमा निर्माण थालिएको चलचित्र माइतीघर भने आमा भन्दा पछाडी मात्र सार्वजनिक भयो।[६] यस चलचित्रमा माला सिन्हा र चिदाम्बर प्रसाद लोहनीको प्रमुख भुमिका रहेको छ। यो जोडीले पछि विवाह पनि गरेका थिए। चलचित्रमा सुनिल दत्त र हास्य कलाकार राजेन्द्र नाथको विशेष उपस्थिति रहेको थियो। चलचित्रको निर्देशन बी एस थापाले गरेका थिए। र कुशल प्रतिभा जयदेवले संगित भरेका थिए। फिल्ममा लता मंगेशकर, आशा भोसले, उषा मङ्गेशकरका साथै प्रेमध्वज प्रधान, सीपि लोहनी र अरुणा लामाले स्वर दिएका थिए।

२०२७ मा सरकारले शाही नेपाल चलचित्र संस्थान स्थापना गरेर मनको बाँध चलचित्र निर्माण गर्यो। जसको निर्देशन जय राणा र सङ्गित नातीकाजी र शिव शंकरले भरेका थिए। गीतमा स्वर अम्बर गुरूङ ले दिएका थिए। यसको प्रिमियर सन २०२९ मा गरिएको थियो। यस पछि २०३४ मा कुमारी र २०३६ मा सिन्दुरजीवन रेखा चलचित्र निर्माण भए। यो सफलतासँगै चलचित्र निर्माणमा निजि क्षेत्रको आगमन भएको थियो। सन १९७८ मा सिनेरोमा व्यानरमा परालको आगो निर्माण भएको थियो। यसको निर्देशन प्रताव सुब्बाले गरेका थिए। कथावस्तु र सुमधुर सङ्गीतका कारण चलचित्र सफल भएको थियो। यसमा टङ्क शर्मा, वसुन्धरा भुसाल, सुष्मिता ढकाल, आई के सिंह, मेनुका प्रधानको अभिनय थियो। पहिलो महिला संगितकार शान्ति ठटाल ले संगित दिएकी थिइन। जसमा शब्द मानबहादुर मुखिया र इन्द्र थपलियाको थियो। र स्वर अरुणा लामा, दावा ग्याल्मो, पेमा लामा, शङ्कर गुरूङ र दीपा गहतराज (झा) को थियो। पटकथा प्रताव सुब्बाको थियो।

स्वर्णिम युग सम्पादन गर्नुहोस्

२०३६ पछि धेरै रचनात्मक चलचित्रहरू बने जो सफल पनि रहे। जसका कारण धेरै निर्माण कम्पनिको आगमन भयो। धेरै सिनेमा बन्न थाले।सम्झना, कुसुमे रूमाल, लाहुरे, कान्छी, वासुदेव, साइनोकोशेली सन १९८४ देखि १९९३ मा रिलिज भएका उत्कृष्ट चलचित्र हुन। र भुवन केसीतृप्ती नदाकर को जोडिलाई यसबेला स्वर्णिम जोडीका रूपमा चिनिन्थ्यो। दशकको पछिल्ला वर्षहरूमा सिनेमा जगतमा राजेश हमालकरिश्मा मानन्धर को आगमन भयो। २०४६ को राजनीतिक परिवर्तन पछि चलचित्र क्षेत्र पनि अगाडि बढ्यो ३ वर्षमा १४० चलचित्र निर्माण भए। फिल्मक वितरण पनि बढ्न थाल्यो । सिनेमा बजार विस्तार भयो। नेपाली निर्माताहरू हिन्दी चलचित्रको प्रभाव कम गर्न सफल रहे।

द्वन्द्व काल सम्पादन गर्नुहोस्

माओवादी क्रान्तिले २०५१ साल पछिको दशकको मध्य तिर सिनेमा क्षेत्र ओरालो लाग्यो। दर्शक घट्न थाले पछिल्ला वर्षमा यो क्षेत्र ठप्प जस्तै भयो। केही कलाकारहरू विदेश पलायन भए। कलाकारहरू सरोज खनाल, शिव श्रेष्ठ, करिश्मा मानन्धर, तृप्ती नदाकर, कृष्टी मैनालीगौरी मल्लले कही काम गरेका थिए।

केही निर्माताहरू फरक धारका चलचित्र निर्माण गर्न थाले। स्थानिय कथावस्तु र वास्तविकतामा आधारित चलचित्र बन्न थाले।जसमा बलिदानसीमा रेखा लाई दर्शकले रुचाएका थिए।

२०५७ मा चलचित्र दर्पण छायाँ बन्यो। जसलाई तुलसी घिमिरेले निर्देशन गरेका थिए। फिल्मा दिलीप रायमाझी, निरुता सिंह, उत्तम प्रधान को अभिनय थियो। यो चलचित्र ७० लाख कमाउन सफल भएको थियो।

वर्तमान अवस्था सम्पादन गर्नुहोस्

२०६३ पछिको सहज राजनीतिक वातावरण र माओवादी मुलधारको राजनीतिमा आएपछी नेपाली सिनेमा पनि सूदृढ बन्न थाल्यो। निर्माण क्रम बढ्न थाल्यो, चलचित्र छायाँङ्कन स्थल पनि बढ्न थाले। चलचित्रको व्यापार पनि बढ्न थल्यो।

नयाँ पुस्ताका निर्माताहरू संवेदनशिल र मनोरञ्जनात्मक चलचित्र निर्माण गर्न थाले।कागवेनी, सानो संसार, मेरो एउटा साथी छ, फस्ट लभ, कोही मेरो जस्ता सफल चलचित्र बने। यि चलचित्रहरू प्रस्तुति, अभिनय, कथावस्तु र प्रविधिका हिसावमा उत्कृष्ट रहेका थिए।

२०६८ मा प्रदर्शनमा आएको भएको चलचित्र लुट व्यावसायिक रूपमा ब्लकबस्टर भएको थियो। चलचित्रले कुल ५ करोडको कारोवार गर्न सफल भएको थियो। यो चलचित्रले हलमा १०० दिन मनाउन सफल भयो। त्यस लगत्तै आएको चलचित्र चपली हाइट ले पहिलो हप्ता मै १४०,००० को कारोवार गरी नयाँ रेकर्ड बनायो। र यसले कुल ३.५ करोडको कारोवार गर्यो। सन २०१४ मा रिलिज भएको चलचित्र नाई नभन्नु ल-२ ले पनि ५१ दिन सम्म हल पायो। यो चलचित्रले नेपाल भित्र ५ करोडको कारोवार गरेको थियो।८ अगष्ट २०१४ मा रिलिज भएको चरचित स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठ को चलचित्र कोहिनूर पनि सफल भयो। चलचित्रले रिलिजको १० दिनमा ३ करोड १५ लाखको ब्यापार गर्यो।दुई महिनामा चलचित्रले १२ करोडको कारोबार गरेको थियो। चलचित्रले देसभरका १२ हलमा ५१ दिन सम्म स्थान पाएको थियो।

कलिउड स्टारहरू सम्पादन गर्नुहोस्

नेपाली सिनेमा क्षेत्रमा योगदान पुर्याउने चर्चित स्टारहरूमा नायक राजेश हमाल र नायिका रेखा थापाले लामो समयसम्म अनवरत योगदान दिएका छन। त्यस्तै नायक भुवन केसीले पनि नेपाली सिनेमामा ठुलो योगदान दिएकाछन। नेपाली सिनेमामा तृप्ती नदाकर, वसुन्धरा भुसाल, जल शाह, गौरी मल्लको योगदान पनि अतुलनिय छ।

नायकहरू दिलीप रायमाझी, श्रीकृष्ण श्रेष्ठ, विराज भट्ट, निखिल उप्रेती लगायत नायिकाहरूनिरुता सिंह, झरना थापा ले पनि नेपाली सिनेमामा प्रशंसनिय काम गरेका छन। त्यस्तै चर्चित अभिनेता द्वय मदनकृष्ण श्रेष्ठहरिवंश आचार्य पनि नेपाली सिनेमाका स्टार हुन। अभिनेताहरू सुनील थापा, दिनेश शर्मा ले लामो समय नेपाली सिनेममा योगदान गरे। मिथिला शर्मागणेश उप्रेती को योगदान पनि उल्लेखनिय रहयो।

नायकहरू सुमन सिंह, आयुश रिजाल, रमित ढुङ्गाना पनि एकताका सफल रहेका थिए।निशा अधिकारी, ऋचा शर्मा, अरुणिमा लम्साल, सुष्मा कार्की सञ्चिता लुइटेल पनि एक चोटी उदाएका नायिकाहरू हुन।

त्यस्तै पछिल्लो समयका चर्चित नायकहरूमा जीवन लुइटेल, आर्यन सिग्देल, राजबल्लभ कोइराला, दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई ले समेत नेपाली सिनेमामा योगदान पुगाएका छन। यस्तै नायिकाहरू नम्रता श्रेष्ठ, प्रियंका कार्की, केकी अधिकारी ले पनि नेपाली दर्शक सामु उत्कृष्ट चलचित्र पस्किएका छन।

अहिलेका चर्चित नायकहरूमा प्रदीप खड्काअनमोल केसी को नाम अग्रपंतिमा छन। यस्तै नायक संयम पुरी, गौरव पहारी, सलोन वस्नेत ले पछि पछिल्लो समयमा राम्रो काम गरिरहेका छन।

समसामयिकता सम्पादन गर्नुहोस्

नेपाली चलचित्रले चार दशक भन्दा लामो इतिहास बनाईसकेको छ। धेरै संख्याका दर्शकको भने थुप्रै कारणले मन जित्न सकेको छैन्। नेपाली चलचित्र सम्बद्ध जानाकारी प्राप्त गर्न सहज छैन। विश्व सन्जाल बनेको इन्टरनेटमा पनि यस्ता सामग्रीको उपस्थिति न्यून छ तर हाल आएर केही वेबसाइटहरूले यसको अभाव खड्किन नदिने कोसिस गरेका छन्। सिनेकर्मीको इन्टरनेटमा कम पहुच र रुचिका कारण यसले अझै ब्यबसायिक रूप लिन सकेको छैन।

नेपाली सिनेमा पहिलो सम्पादन गर्नुहोस्

शाही नेपाल चलचित्र संस्थान बनेपछि प्रकाश थापाको निर्देशनमा बनेको पहिलो नेपाली चलचित्र 'मनको बाँध' हो। नेपाली चलचित्रको आरम्भिककालमा स्वरांकन, प्रशोधन, मिक्सिङ् र छपाई -प्रिन्टिङ) आदी भारतमा गरिन्थ्यो। नेपालमै डबिङ्ग भएको पहिलो नेपाली चलचित्र 'सिन्दुर' हो। यसका निर्देशक प्रकाश थापा हुन्। नेपाली चलचित्रको आरम्भिककालमा स्वरांकन, प्रशोधन, मिक्सिङ् र छपाई -प्रिन्टिङ) आदी भारतमा गरिन्थ्यो। नेपालमै छपाई भएको पहिलो नेपाली चलचित्र 'चोखोमाया' यसका निर्देशक रविविक्रम शाह हुन्। नेपाली चलचित्रको आरम्भिककालमा स्वरांकन, प्रशोधन, मिक्सिङ् र छपाई -प्रिन्टिङ) आदी भारतमा गरिन्थ्यो। नेपालमै मिक्सिङ् भएको पहिलो नेपाली चलचित्र 'प्रतिक्षा' हो। नेपाली चलचित्रको आरम्भिककालमा स्वरांकन, प्रशोधन, मिक्सिङ् र छपाई -प्रिन्टिङ) आदी भारतमा गरिन्थ्यो। नेपालमै प्रशोधन भएको पहिलो नेपाली चलचित्र 'रक्षा' यसका निर्माता/निर्देशक प्रेम बानियाँ हुन्। काठमाडौँ उपत्यकाका विभिन्न हलहरूमा संयुक्त रूपमा ५२ साता चल्ने पहिलो नेपाली चलचित्र 'सिन्दुर' यसका निर्देशक प्रकाश थापा हुन्। नेपाल भाषा -नेवार जातिको भाषा)मा बनेको पहिलो चलचित्र कुन हो - - सिलु -२०४४- प्रथम पर््रदर्शन)। नेपाल भाषाको पहिलो चलचित्र 'शिलु' हो। यसका निर्देशक प्रदीप रिमाल हुन्। रजत जयन्ती मनाउने पहिलो नेपाली चलचित्र 'कुसुमे रुमाल' यसका निर्देशक तुलसी घिमिरे हुन्। बाँदरको अभिनय समेटिएको पहिलो नेपाली चलचित्र 'गोपीकृष्ण' हो। यसका निर्देशक उद्धव पौडेल हुन्। कुकुरको सशक्त अभिनय समेटिएको पहिलो नेपाली चलचित्र 'भाउजू' हो। यसका निर्देशक राजेन्द्र शलभ हुन्। हात्तीको सशक्त अभिनय समेटिएको पहिलो नेपाली चलचित्र 'माउते दाई' हो। यस चलचित्रका निर्देशक युवराज लामा हुन्। बालकृष्ण समको कृतिमा आधारित भई बनाइएको पहिलो ऐतिहासिक नेपाली चलचित्र 'प्रेमपिण्ड' हो। यसका निर्देशक यादव खरेल हुन्। पहिलो नेपाली गीति-चलचित्र 'गौथली' हो। यस चलचित्रका निर्देशक वसन्त श्रेष्ठ हुन्। आदिकवि भानुभक्तको जीवनीमा आधारित पहिलो नेपाली गीति चलचित्र 'आदिकवि भानुभक्त' हो। यसका निर्देशक यादव खरेल हुन्। पहिलो नेपाली महिला निर्देशक सुचिता श्रेष्ठले निर्देशन गरी बनाइएको चलचित्र 'प्रेमयुद्ध' हो। मानव सभ्यताको विकासको क्रममा मानिसहरुको दैनिकि कस्तो हुन्थ्यो होला भनेर एपिक जनरामा बनाईएको नेपालको पहिलो मौन चलचित्र ढुङेयुग हो । यसका निर्देशक माधब राज खरेल हुन्। लिम्बु समुदायमा विद्यमान 'रूपौली सुनौली प्रथा'मा आधारित भई बनाइएको चलचित्र 'नुमाफुङ' का निर्देशकको हुन् - - नवीन सुब्बा। लिम्बू संस्कृतिमा आधारित भएर बनेको पहिलो चलचित्र 'नुमाफुङ' हो भने दोस्रो चलचित्र 'वसन्त ऋतु' हो। यो चलचित्र सिक्किममा बनेको हो। चेलीबेटी बेचबिखनसम्बन्धी कथामा आधारित चलचित्र 'चमेली'का निर्देशक रवि बराल हुन्। महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति 'मुनामदन'मा आधारित चलचित्रमा मुना र मदनको भूमिका क्रमशः दीपक त्रिपाठी र उषा पौडेल निभाएका छन्। नेपाली भाषाको पहिलो चलचित्र 'सत्य हरिश्चन्द्र' का निर्देशक डी. बी. परियार हुन्। डी. बी. भनेर दिव्य विक्रम बुझिन्छ। 'सत्य-हरिश्चन्द्र'को प्रथम पर््रदर्शन २००८ साल भदौ ३० गते भएको थियो। यो चलचित्र भारतमा बनाइएको थियो। हाँस्यअभिनेताको दोहोरो भूमिका भएको पहिलो नेपाली चलचित्र ' जीबन् रेखा' हो। उक्त चलचित्रमा हाँस्यअभिनेता गोपालराज मैनाली थिए। अभिनेताको दोहोरो भूमिका भएको पहिलो नेपाली चलचित्र 'गोपी कृष्ण' हो। यसमा राजेश हमाल नायक थिए। नेपालमै बनेको पहिलो पौराणिक चलचित्र 'श्री स्वस्थानी' -२०५२) कसले निर्देशन गरेका थिए? - - यादव खरेल। नेपाली भूमिमै बनाइएको पहिलो चलचित्र 'आमा' -२०२२) बन्नुअघि दार्जिलिङमा बनाइएको तर रिलमा आगो लागेर ध्वस्त भएको चलचित्र कुन हो? - त्यसका निर्देशकको थिए? - - सपना कतिपय। निर्देशक : प्रताप सुब्बा। आधिकारिक रूपमा पहिलो नेपाली चलचित्र नायक कसलाई मानिन्छ? - - शिवशंकर मानन्धर। आधिकारिक रूपमा पहिलो नेपाली चलचित्र नायिका कसलाई मानिन्छ? - - भुवन चन्द। जनआन्दोलन २०४६ का कमान्डर गणेशमानसिंहको जीवनीमा आधारित चलचित्र 'वीर गणेशमान'मा युवा गणेशमानको भूमिका निर्वाह गर्ने युवकको हुन् - - रामकृण महर्जन। नीजि क्षेत्रमा बनाइएको पहिलो नेपाली चलचित्र कुन हो? - - माइतीघर -२०२२-२३)। नीजि क्षेत्रमा बनाइएको पहिलो नेपाली चलचित्र- माइतीघर -२०२२-२३) का निर्देशकको हुन् - - बी. एस. थापा। नीजि क्षेत्रमा बनाइएको पहिलो नेपाली चलचित्र- माइतीघर -२०२२-२३) पछि बनेको अर्को नीजि क्षेत्रको चलचित्र कुन हो? - - जुनी -२०३९-४०)। नेपाली चलचित्रमा संगीत दिने पहिलो महिला संगीतकारको हुन् - उनले संगीत दिएको पहिलो चलचित्र कुन हो? - - शान्ति ठटाल। चलचित्र- परालको आगो -२०३४)। नेपाली चलचित्रमा नृत्य निर्देशन गर्ने पहिलो महिलाको हुन् - उनले नृत्य निदर्शेन गरेका पहिलो चलचित्र कुन हो? - - शान्ता नेपाली। चलचित्र- बासुरी -२०३७-३८)।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

चलचित्र अवार्डस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ "Nepal Screens", therisingnepal.org, मूलबाट १९ फेब्रुअरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ सेप्टेम्बर २०१७  वेब्याक मेसिन अभिलेखिकरण १९ फेब्रुअरी २०२० मिति
  2. भरत शाक्य। "नेपाली चलचित्र उद्योगको विकास र विस्तार" (नेपाली) भाषा)। ब्रिट नेपाल। सङ्ग्रह मिति २० अप्रिल २०२२ 
  3. "संक्षिप्त इतिहास"चलचित्र विका बोर्ड (नेपाली) भाषा)। सङ्ग्रह मिति २० अप्रिल २०२२ 
  4. "प्रथम नेपाली चलचित्र हरिश्चन्द्रका 'निर्देशक' को थिए ?" (नेपाली) भाषा)। अन्नपूर्ण पोस्ट। सङ्ग्रह मिति २० अप्रिल २०२२ 
  5. "चलचित्रको इतिहास कोट्याउँदा"हिमाल दर्पण (नेपाली) भाषा)। सङ्ग्रह मिति २० अप्रिल २०२२ 
  6. "पहिलो चलचित्र माइतीघर खिच्ने चलचित्र निर्माता धिमालको निधन" (नेपाली) भाषा)। जनबोली। सङ्ग्रह मिति २० अप्रिल २०२२ 

6. https://film.gov.np/timeline/event/14/?lang=np