नेपालको जनसाङ्ख्यिकी

नेपालको जनसाङ्ख्यिकीले नेपालको जनसङ्ख्या, जातियताको तथ्याङ्क, साक्षरता, स्वास्थ्य स्तर तथ्याङ्क तथा महत्त्वपूर्ण तथ्याङ्कीय विवरण दिन्छ ।

नेपालको जनसाङ्ख्यिकी; विगतको इतिहासमा नेपालको जनसङ्ख्या

प्रमुख जनसाङ्ख्यिकी सम्पादन गर्नुहोस्

२०११ को जनगणना अनुसार नेपालको जनसङ्ख्या अनुमानत:२६,६३०,८०९ रहेको छ र १.५९६ को हिसाब ले वृद्वि दर रहेको छ र मध्यस्त उमेर २१.६ रहेको छ। स्त्रीहरूको मध्यस्त उमेर २२.५ र पुरुषहरूको मध्यस्त उमेर २०.७ रहेको छ। मात्र ४.४ % व्यक्तिहरूको उमेर ६५ वर्ष भन्दा बढी रहेको अनुमान लगाईयेको छ, जसमा ६८१,२५२ स्त्रीहरु र ५९७,६२८ पुरुषहरूलाई समाविष्ट गरियेको छ, ६१.१% जनसङ्ख्याको उमेर १५ देखि ६४ सम्म रहेको छ र ३४.६% को उमेर १४ वर्षभन्दा मुनी रहेको अनुमान लगाइयेको छ। जन्म दर २२.१७ जन्म / १००० जनसङ्ख्याको हिसाबले रहेको छ र प्रति१००० जन्ममा ४४.५४ को मृत्यु बाल अवस्थामानै हुन्छ। जन्म पश्चात जीवन सम्भावनाको अनुमान ६७.४४ वर्ष पुरुष र ६४.९४ वर्ष स्त्रीको लगाइयेको छ। मृत्यु दरको अनुमान प्रति १००००० व्यक्तिमा ६८१ व्यक्तिको लगाइयेको छ। शुद्ध प्रवास दर, प्रति १००००० व्यक्तिमा ६१ व्यक्ति प्रवासी हुने अनुमान लगाइयेको छ। २००१ को जनगणना अनुसार समुच्य जनसङ्ख्यामा मात्र ४८.६% शिक्षित छन, जसमा ६२.७% पुरुष र ३४.९% स्त्रीको रहेको बताईयेको छ।

 

जातियता विवरण सम्पादन गर्नुहोस्

२०११ नेपाल जनगणना अनुसार नेपालको १२१ जातिहरूको तथ्याङ्क लिइएको छ । नेपालको पहिलो स्थानमा १६% सहित क्षेत्री (जातिको रूपमा) छ । त्यस्तै बाहुन (पहाडी ब्राह्मण) १२% सहित दोस्रो स्थानमा र मगर जाति ७% सहित तेस्रो स्थानमा छ । अन्य जातिहरू निम्न सूचीमा छः[१]

भाषिक विवरण सम्पादन गर्नुहोस्

२०११ नेपाल जनगणना अनुसार नेपालमा १२३ भाषाहरू छन् । नेपालको बहुसङ्ख्यक भाषा नेपाली भाषा ४४.६३% सहित पहिलो स्थानमा छ । त्यस्तै मैथिली भाषा ११.६७% सहित दोस्रो स्थानमा र भोजपुरी भाषा ५.९२% सहित तेस्रो स्थानमा छ । अन्य भाषाहरू निम्न सूचीमा छः

धर्म विवरण सम्पादन गर्नुहोस्

नेपाल हिन्दु धर्म बाहुल्यता भएको देश हो । नेपालको पुराना जनगणना अनुसार हिन्दु जनसङ्ख्या नै पहिलो स्थानमा आएको छ । २०११ नेपाल जनगणना अनुसार नेपालको बहुसङ्ख्यक धर्म हिन्दु ८१.३% सहित अग्रज स्थानमा छ । त्यस्तै बौद्ध धर्म दोस्रो स्थानमा ९.०%, इस्लाम धर्म तेस्रो स्थानमा ४.४%, किराँत धर्म चौथो स्थानमा ३.०% रहेको छ।

 
नेपालका हरेक जिल्लामा हिन्दु धर्मका अनुयायीको जनसङ्ख्या

स्रोत सम्पादन गर्नुहोस्

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्