निर्मलपोखरी नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यस गाविसमा गणेश स्थान, कोत भैरव मन्दिर, जलकन्यादेखि मन्दिर, शिव मन्दिर, जलदेवी मन्दिर, गोपेश्वर शिव मन्दिर आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेका छन भने झिमल थुम, फोक्सिंह डाँडा, काहुले डाँडा, कोत डाँडा आदि यहाँका प्राकृतिक पर्यटकीय स्थलहरू हुन। यी डाँडाहरूबाट पोखरा उपत्यका, सेती नदी, अन्नपूर्ण हिमालको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ। [१]

निर्मल पोखरीको सडक अवस्था

निर्मल पोखरी लाई मुख्य दुइ सडक मार्गले जोडिएको छ।पोखराको छोरेपाटन,फुश्रे खोला हुदै कृस्ति नाच्नेचौर गा बि सको बयेली,दोपहरेबाट सुरु भएको ग्राभेल सडक राता माटा पोख्रेल थोक हुदै फोक्सिंग शिवालय देखि साम्मी सम्म जोडिएको छ। उता पोखरा उप-महानगरपालिकाको वडा न-१७ महत गौडा दोविल्ला हुदै आउने सडक मार्गले निर्मल पोखरी मूल बन सामुदायि बन हुदै निर्मल पोखरी,साम्मि सम्म नै जोडेको छ।यो मार्गले साम्मी मैदान हुदै भरत पोखरी गा बि स लाई जोडेको छ।यसै गरी दोविल्ला हुदै पक्कि सडक मार्गले दुवार,बागमारा हुदै भरत पोखरी गा बि स का विभिन्न स्थान हरू लाई जोडेको छ।साथै अन्य ग्रामिण कच्ची सडकहरूले गा बि स का विभिन्न गाऊ हरू जस्तै धुर्सेनी,ठुलिस्वारा,चिलाउने खर्क,लामखेत,थाप्प्ले तिलाहार,बाँसपानी,गहिरेस्वारा,महबारी,थापले,जमार्के,खामपुर आदि स्थान हरू लाई जोडेका छन्। यसैगरी अजिंगारे,खर्च्यांग,फेदिपाटन,मासपाटन,दम्सादी,जस्ता गाउ हरू लाई पनि विभिन्न ग्रामिण सडक हरूले जोडेको छ।

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्




सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू", कास्की जिल्ला विकास समिति 

बाह्य सूत्र सम्पादन गर्नुहोस्