सर्बसाधारण वा विभिन्न सस्थाहरुले बैङ्क तथा बित्तीय सस्थामा जम्मा गरेको रकम नै निक्षेप हो।यस्तो निक्षेपलाइ बैङकले केही लगानी गर्दछ र केही नगदको रुपमा बैङकमै जम्मा गर्दछ। बैङ्क तथा बित्तिय सस्था सम्बन्धी ऐन 2073 अनुसार " ब्याज वा बिना ब्याज दिने गरि बैङक वा बित्तिय सस्थाको चल्ती,बचत,मुद्दती खातामा ग्राहकमार्फत जम्मा भएको रकम सम्झनु पर्छ।सो शब्दले रास्ट्रबैङकले समय समयमा निर्धारण गरेको बैङक तथा बित्तीय सस्थाले बिभिन्न बित्तिय उपकरणको माध्यम बाट स्विकार गरेको रकमलाई जनाउछ।" निक्षेप बैङकको लागि प्रमुख लगानी हो,जुन input को रुपमा रहेको हुन्छ उक्त निक्षेपको लगानिप्रश्चात निश्चित output को रुपमा देखिन्छ।

"निक्षेपका प्रकार"

1) Current deposit > चल्ती खाता भनेको मागेको बखत जहिले पनि झिक्न पाउने गरि बैङक वा बित्तिय सस्थामा राखिएको रकमको हरहिसाब लेखिएको खाता सम्झनु पर्छ।

तसर्थ: निम्न बिशेषतायुक्त खाता नै चल्ती खाता हो।

> यस्तो खातामा बैङ्कले ब्याज दिदैन।

> खातामा जम्मा गरेको रकम मागेको बखत बैङकले भुक्तानी दिन्छ।

> यस्तो खातामा भुक्तानीको लागि बढि मात्रामा तरल मौज्दात राख्नु पर्छ।

2) Saving deposit > बचत खाता भनेको बचतको निमित्त राखिएको रकमको हरहिसाब लेखिएको खाता सम्झनु पर्छ। तसर्थ: निम्न बिशेषतायुक्त खाता बचत खाता हो।

> यस्तो खातामा बैङकले ब्याज प्रदान गर्दछ।

> खातामा राखिएको रकम एकै दिन झिक्न मिल्दैन ।

> चल्ती खाता भन्दा कम मात्रामा तरल मौज्दात राख्दा हुन्छ।

3) Fixed deposit > मुद्दती खाता भनेको निश्चित अबधिसम्म जम्मा रहने गरि राखिएको रकमको हरहिसाब लेखिएको खाता सम्झनु पर्छ। तसर्थ: निम्न विशेषताउक्त खाता मुद्दती खाता हो।

> खातामा जम्मा गरिएको रकम समयावधी पूरा नभए सम्म झिक्क मिल्दैन।

> खातामा रकम जम्मा गरेमा बैङकले प्रमाणपत्र उपलब्ध गराउदछ।

> उक्त प्रमाणपत्र धितो राखी कर्जा लिन सकिन्छ।

> बैङकले अन्य खाता भन्दा बढी ब्याज प्रदान गर्दछ।

अत: छरिएर रहेको रकम सङ्कलन गरि उत्पादनमुलक क्षेत्रमा कर्जा प्रवाह गर्नको लागि निक्षेप कारोबार गरिन्छ।निक्षप लगानिको रुपमा input हो यसलाइ निक्षेप प्रक्रिया मार्फत output प्राप्त गरिन्छ। यस अन्तर्गत चल्ती,बचत र मुद्दती खाता पर्दछ।