नाचोल (बङ्गाली: নাচোল) बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला चाँपाइ नबाबगञ्ज जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ।[३]

नाचोल
নাচোল
नाचोल is located in बङ्गलादेश
नाचोल
नाचोल
बङ्गलादेशको नक्शामा नाचोल उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २४°४३.८′उ॰ ८८°२५.२′पू॰ / २४.७३००°N ८८.४२००°E / 24.7300; 88.4200निर्देशाङ्कहरू: २४°४३.८′उ॰ ८८°२५.२′पू॰ / २४.७३००°N ८८.४२००°E / 24.7300; 88.4200
देश बङ्गलादेश
विभागराजशाही विभाग
जिल्लानबाबगञ्ज
क्षेत्रफल
 • जम्मा२८३.६८ किमी (१०९.५३ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०१२ को राष्ट्रिय जनगणना अनुसार[२])
 • जम्मा१४६,६२७ [१]
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटआधिकारिक जाल स्थल

भूगोल सम्पादन गर्नुहोस्

नाचोल बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°३८' देखि २४°५१' उत्तर अक्षांश र ८८°१५' देखि ८८°१५' पूर्वी देशान्तरणमा अवस्थित छ। नाचोल उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २८३.६८ वर्ग किलोमिटर ओगटेको।[४] यस उपजिल्लालाई गोमस्तापुर उपजिल्लाले उत्तर-पश्चिम नवावगञ्ज सदर उपजिल्लाले दक्षिण-पश्चिम, तानोर उपजिल्लाले दक्षिण-पूर्व र नियामतपुर उपजिल्लाले उत्तर-पूर्वबाट घेरेको छ। महानन्द, लक्ष्मीकोल र दमास बिल नदि उपजिल्लाको प्रमुख नदिहरू हुन्। यस क्षेत्रमा धान उत्पादन गर्न अनुकुल वातावरण रहेको छ।[५]

जनशाङ्खिकि सम्पादन गर्नुहोस्

बङ्गलादेश राष्ट्रिय जनगणना अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या १३२३०८ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ६७४०६ छ भने महिलाको जनसङ्ख्या ६४९०२ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ११७१८३ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १२०४६ रहेको छ। त्यस्तै गरी बौद्ध धर्मवलम्बीको जनसङ्ख्या १९३५, इसाई धर्मवलम्बीको जनसङ्ख्या २१ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ११२३ रहेको छ।यस उपजिल्लामा पहाडी, मुण्डा, उराँव आदि जनजातिका मानिस बसोबास गर्छन्।

अर्थतन्त्र सम्पादन गर्नुहोस्

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, मकै तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, कटहर, केरा, लिची, मेवा, भुइँकटर, नरिवल आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, तेल उद्योग, बिस्कुट कारखाना, इट्टा उद्योग, बिँडी कारखाना, फलाम उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान र मौसमी तरकारी तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका खैनी र जुट पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा १८ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा थुपै मात्रामा माछापालन केन्द्र दुग्ध सङ्कलन केन्द्र तथा कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ७३.२७% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ४.९१% मजदुरी, उद्योग ०.२९%, वाणिज्यमा ९.३८%, सञ्चार र यातायातमा १.२५%, निर्माण क्षेत्रमा ०.६७%, सुविधा ३.५४%, धार्मिक सेवा ०.०९%, वैदेशिक रोजगारी ०.०८% र अन्य ६.५२% रहेका छन्।

प्रशासन सम्पादन गर्नुहोस्

प्रशासकीय नाचोल थानाको स्थापना सन् १९१८ भएको थियो भने सन् १९८४ का दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। नाचोल उपजिल्ला नाचो नगरपालिका सहित ४ सङ्घ परिषदमा विभाजन गरिएको छ जुन यस प्रकार छन्; कोसबा सङ्घ परिषद्, फतेहपुर सङ्घ परिषद्, नाचोल सङ्घ परिषद् र नाजिमपुर सङ्घ परिषद्। हाल यस उपजिल्लामा ४ सङ्घ परिषद्, २०१ मौजा/महल्ला र १९० गाउँहरू रहेका छन्।[६]

शिक्षा सम्पादन गर्नुहोस्

यस उपजिल्लाको कुल साक्षरता दर ४०.३% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४२.६% छ भने महिलाको साक्षरता दर ३८% रहेको छ। यस उपजिल्लामा ६ क्याम्पस, ३ प्राविधिक शिक्षण संस्था, ३४ माध्यमिक विद्यालय, ७७ प्राथमिक विद्यालय र १८ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; नाचोल डिग्री क्याम्पस (सन् १९७२), नाचोल मोहिला क्याम्पस (सन् १९९३), नाचोल उच्च विद्यालय (सन् १९५७), नाचोल प्राथमिक विद्यालय आदि।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "अभिलेख", मूलबाट २०१६-०३-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०१-०९ 
  2. "এক নজরে নাচোল উপজেলা", বাংলাদেশ জাতীয় তথ্য বাতায়ন, গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, ১৫ জুলাই ২০১৪। 
  3. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "नाचोल उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  4. "अभिलेख", मूलबाट २०१६-०३-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०१-०९ 
  5. "नाचोल उपजिल्ला", बाङ्लापिडिया, अन्तिम पहुँच १५ नोभेम्बर २०१८ 
  6. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्