नाओमी स्कट

बेलायती अभिनेत्री, गायक, संगीतकार, नर्तक

नाओमी ग्रेस स्कट (जन्म ६ मे १९९३) एक अङ्ग्रेजी अभिनेत्री र गायिका हुन्। उनी डिज्नीको म्युजिकल लाइभ-एक्सन फ्यान्टसी चलचित्र अलादिन (सन् २०१९) मा राजकुमारी जैस्मीनको रूपमा अभिनयका लागि परिचित छिन्। स्कट विज्ञान कथा नाटक शृङ्खला टेरा नोवा (सन् २०११) र डिज्नी च्यानल किशोर चलचित्र लेमोनेड माउथ (सन् २०११) मा उनको प्रदर्शनको लागि प्रतिष्ठित भएकी थिइन्। उनले सुपरहिरो चलचित्र पावर रेन्जर्स (सन् २०१७) र एक्सन कमेडी चलचित्र चार्लीज एन्जल्स (सन् २०१९) मा पनि अभिनय गरिसकेकी छिन्।

नाओमी स्कट
Naomi Scott
सन् २०१६ सान डिएगो कमिक-कनमा स्कट
जन्मनाओमी ग्रेस स्कट
(1993-05-06) ६ मे १९९३ (उमेर ३०)
हाउंस्लो, लण्डन, इङ्ल्यान्ड
पेशा
  • अभिनेत्री
  • गायिका
कार्यकालसन् २००८-वर्तमान
जीवनसाथी
वेबसाइटnaomiscottmusic.com

फिल्मोग्राफी सम्पादन गर्नुहोस्

चलचित्र भूमिका
वर्ष शीर्षक भूमिका नोटहरू
२०१५ द ३३ स्कारलेट सेपुलवेडा
द मार्टियन रयोको मेटाइएको दृश्य; विस्तारित संस्करण मात्र[१]
२०१७ पावर रेन्जर्स किम्बर्ली "किम" हार्ट / गुलाबी रेन्जर
२०१९ अलादिन राजकुमारी जैस्मीन
चार्लीज एन्जल्स एलेना हफलिन
टेलिभिजन भूमिका
वर्ष शीर्षक भूमिका नोटहरू
२००८–२००९ लाइफ बाइट्स मेगन मुख्य भूमिका
२०११ लेमोनेड माउथ मोहिनी "मो" बन्जारी टेलिभिजन चलचित्र
टेरा नोवा म्याडी शेनन मुख्य भूमिका
२०१३ बाय एनि मीन्स भेनेसा भेलास्केज एपिसोड: "३"
२०१५–२०१६ लुइस साहिरा देसाई पुनरावर्ती भूमिका (सीजन ९)
२०१९ रुज एन्जल्स एलेना हफलिन छोटो चलचित्र[२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Jimmy Kimmel (host) Naomi Scott (guest). Naomi Scott on Being in The Martian with Matt Damon. Archived from the original on 23 March 2017. https://web.archive.org/web/20170323003854/https://www.youtube.com/watch?v=JWo-gZGnqmM.  Clip from "Dave Chappelle, Naomi Scott, Music from Weezer", Jimmy Kimmel Live!, भाग 38, सिजन 15, २१ मार्च २०१७, ABC, मूलबाट २४ मार्च २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २०१७  |network= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. Nolfi, Joey (८ नोभेम्बर २०१९), "Kristen Stewart, Charlie's Angels fight evil with RuPaul's Drag Race queens in new short film", Entertainment Weekly, अन्तिम पहुँच ८ नोभेम्बर २०१९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्