इङ्ल्यान्डअस्ट्रेलियाको बिचमा सन् १८८२ देखि खेल्न थालिएको एशेज शृङ्खलाको इतिहास एकदमै रोचक छ। यस शृङ्खलाको नामकरण बेलायती मिडियाद्वारा भएको हो । सन् १८८२ मा अस्ट्रेलियाले ओभलमा पहिलो पटक इङ्ल्यान्ड क्रिकेट टोलीलाई उसकै जमिनमा हराएको थियो। अस्ट्रेलियाबाट पाएको हारलाई बेलायती मिडियाले सहन सकेनन् । स्पोर्टिङ टाइम्स नामक पत्रिकाले लेख्यो कि इङ्ल्यान्ड क्रिकेटको मृत्यु भइसकेको छ र उसको लासलाई जलाएर खरानी (एशेज) अष्ट्रेलियन टोलीले आफ्नो साथ लाँदैछन् ।[१] यसपछि इङ्ल्यान्ड टोलीको अस्ट्रेलिया भ्रमणको समय बेलायती मिडियाले यस भ्रमणलाई इङ्ल्यान्डको प्रतिष्ठा बचाउने अवसरका रूपमा व्याख्या गरेका थिए । इङ्ल्यान्ड टोलीको अस्ट्रेलिया भ्रमणमा इङ्ल्यान्डका कप्तान इवो ब्लिग लाई वेल्सको खरानी (एशेज) उपहार स्वरूप दिइएको थियो, जुन यस सिरिजको प्रतिक बन्न पुग्यो । १२ देखि १८ महिनाको अन्तरालमा आयोजना गरिने एशेज सिरिजमा पाँच टेस्ट खेलिने प्रावधान छ । यस शृङ्खलालाई अस्ट्रेलियाले सर्वाधिक ३१ पटक जितेको छ । यस शृङ्खलामा सर डन ब्रेडम्यानको नाममा सबभन्दा धेरै रन बनाउने किर्तिमान छ ।

द एशेज
द एशेज ट्रफी
देशहरू अस्ट्रेलिया
 इङ्ल्यान्ड
प्रशासकअन्तर्राष्ट्रिय क्रिकेट परिषद
ढाँचाटेस्ट क्रिकेट
पहिलो प्रतियोगिता१८८२-८३
आगामी प्रतियोगिता२०१५
प्रतियोगिताको ढाँचा५ खेलको शृङ्खला
टिम सङ्ख्या
वर्तमान ट्रफी विजेता अस्ट्रेलिया
सबैभन्दा सफल अस्ट्रेलिया (३२ शृङ्खला जित)
सर्बाधिक रनअस्ट्रेलिया डन ब्रेडम्यान (५,०२८)
सर्बाधिक विकेटअस्ट्रेलिया शेन वार्न (१९५)
२०१५ एशेज शृङ्खला

इतिहास सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Wendy Lewis, Simon Balderstone and John Bowan (२००६), Events That Shaped Australia, New Holland, पृ: ७५, आइएसबिएन 978-1-74110-492-9 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्