दिपावली भनेको बत्ति बालेर घर, पसल आदि सजाउने भन्ने बुझिन्छ । तिहारको बेलामा नेपाल, भारत तथा संसारभरीका हिन्दूहरूले दिपावली गर्ने गर्दछन् । दीवाली वा दीपावली अर्थात "रोशनीको पर्व" शरद ऋतु (उत्तरी गोलार्द्ध) मा हरेक वर्ष मनाइने एक प्राचीन हिन्दू पर्व हो ।[३][४] दीवाली भारतको सबै भन्दा ठूलो तथा प्रतिभाशाली पर्व मध्ये एक हो । यो पर्व आध्यात्मिक रूपले अन्धकारमा प्रकाशको विजयको दर्शाउँछ ।[५][६]

दीपावली
दीपावलीको समयमा रंगीन धूलो वा बालुवा प्रयोग गरेर बनाइएका रङ्गोली सजावटहरू लोकप्रिय छन्।
वैकल्पिक नामलक्ष्मी पुजा
अनुयायीहिन्दू, सिख,जैन तथा बौद्ध[१]
प्रकारधार्मिक निष्ठा, उत्सव
उत्सवसार्वजनिक सजावट , खानपिन, पूजा, उपहार थथा मिठाइ
प्रारम्भधनतेरस, दीपावलीभन्दा दुइ दिन अघि
समापनभाईटिका, दीपावलीभन्दा दुइ दिन पछि
मितिकार्तिक शुक्ल चतुर्दशी
सम्बन्धितकाली पूजा, दीवाली (जैन), तिहार
तिहारको बेलामा दिपावली गरिएको घर

नेपालमा दिपावली एवं भाइ तिहार सम्पादन गर्नुहोस्

नेपालमा मनाइने दोस्रो ठूलो पर्वको रूपमा तिहारलाई लिने गरिन्छ । जसरी नवरात्री नौ दिनसम्म मनाईन्छ, त्यसैगरि तिहारलाई पाँच दिनसम्म मनाउने प्रचलन छ । जसलाई यम पञ्चक भनिन्छ । यस पर्वमा काग, कुकुर र गाईआदिको पूजा गरेर मानव र प्रकृति बीचको सौन्दर्यतालाई आत्मसात गरिन्छ । यही तिहार पर्वको मूल मर्म हो । दिपावलीको रमझम सबैतिर छाएको हुन्छ । सबैको मनमा आनन्दको वर्षा हुन्छ । देउसी भैलो गाएर मनोरंजन गरिन्छ । लक्ष्मी पूजा गरेर वर्षभरि आर्थिक आभाव नहोस भनि माताजीसँग प्रार्थना गरिन्छ । खुसी खुसी बाँच्न सकौं भनेर मनाइने यस पर्वले जीवनका अज्ञानरूपी अन्धकारलाई हटाएर प्रकाशको दिव्य आलोकमा प्रवेश गर्न सकौं भन्ने सन्देश यस पर्बले दिएको हुन्छ ।

पर्वको अर्को पक्ष हो भाईटिका । दिदीबहिनीलाई टिका लगाईदिने र मिष्ठान परिकार खुवाउने, मखमली फूलको माला लगिदिने आदि । मनोहर व्यवहारले भाईबहिनीको प्रेमको उजागर गरेको छ । यमराजलाई बहिनी यमुनाले बारबार बोलाउँदा पनि व्यस्तताले बहिनीको घरमा नआएको हुँदा यसैदिनको लागि बहिनी यमुनाले घर आउनको लागि वचन दिन्छिन् । यमराज पनि यमुनाको घरमा पुग्छिन । बहिनीले भाइ यमराजले स्नान गर्न लगाएर, तेल लगाईदिइन । टिका र माला पनि लगाई दिइन् । बहिनीको प्रेम पूर्ण सम्मानले यमराज अतिशय प्रसन्न भएर वरदान माग्नको लागि आग्रह गरे । यमुनाले हरेक वर्ष आफ्नो घरमा आई पुञ्ज स्वीकार गर्न बिन्ति गरिन । यमराजले तथास्तु भनेर बिदा भए । हरेक वर्ष बहिनीको घरमा जान थाले । यसै पौराणिक कथाको आधारमा हामी यो पर्वलाई मनाउने गर्दछौँ । यस दिन भाई पूजा गर्नाले यमराजको भय हुँदैन भन्ने पौराणिक मान्यता छ ।[७]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Charles M Townsend, The Oxford Handbook of Sikh Studies, Oxford University Press, ISBN 978-0199699308, page 440
  2. "Holiday calendar", National Portal of India, अन्तिम पहुँच २७ अक्टोबर २०१६ 
  3. The New Oxford Dictionary of English (1998) ISBN 0-19-861263-X – p.540 "Diwali /dɪwɑːli/ (also Divali) noun a Hindu festival with lights...".
  4. Diwali Encyclopedia Britannica (2009)
  5. Jean Mead, How and why Do Hindus Celebrate Divali?, ISBN 978-0-237-534-127
  6. Vera, Zak (फेब्रुअरी २०१०), Invisible River: Sir Richard's Last Mission, आइएसबिएन 978-1-4389-0020-9, अन्तिम पहुँच २६ अक्टोबर २०११, "First Diwali day called Dhanteras or wealth worship. We perform Laskshmi-Puja in evening when clay diyas lighted to drive away shadows of evil spirits." 
  7. नेपालमा दिपावली एवं भाइ तिहार