डेभिड लुइस

ब्राजिलका फुटबल खेलाडी
(दाभी लुइसबाट अनुप्रेषित)

डेभिड लुइस (जन्म : २२ अप्रिल १९८७) (सुन्नुहोस्) ब्राजिलका एक व्यावसायिक फुटबल खेलाडी हुन् जो हाल अङ्ग्रेजी क्लब आर्सनलब्राजिल राष्ट्रिय फुटबल टिमका लागि केन्द्रीय र रक्षात्मक मध्यपङ्क्तिको रूपमा खेल्ने गरेका छन्।[४][५]

डेभिड लुइस
लुइस् सन् २०१९ मा चेल्सीसँग
व्यक्तिगत जानकारी
पुरा नाम डेभिड लुइस् मररी मोरिन्हो[१]
जन्म मिति (1987-04-22) २२ अप्रिल १९८७ (उमेर ३६)[२]
जन्म स्थान साओ पाउलो, ब्राजिल
उचाइ १.८९ मि[३]
खेल्ने स्थान(हरू) मध्यपङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
फेलेमिग्नो
सङ्ख्या २३
युवा करियर
१९९९–२००१ साओ पाउलो
२००१–२००५ बितोरिया
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००६–२००७ बितोरिया २६ (१)
२००६एस.एल.बेनिफीका (ऋणमा) १० (०)
२००७–२०११ एस.एल.बेनिफीका ७२ (४)
२०११–२०१३ चेल्सी ८१ (६)
२०१४–२०१६ पारी साँ-जेरमाँ ५६ (३)
२०१६– चेल्सी ७९ (५)
२०१९ - २०२१ आर्सनल ५३ (३)
२०२१- फेलेमिग्नो (०)
अन्तर्राष्ट्रिय करियर
२००७ ब्राजिल २० वर्ष मुनी (०)
२०१०–२०१७ ब्राजिल ५७ (३)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २३:५५, ७ मार्च २०२० (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २२ फेब्रुअरी २०१८

सन् २००६ मा लुइसले एक ब्राजिली फुटबल क्लब बितोरिया मार्फत फुटबल कार्यकालको सुरुवात गरेका थिए। उक्त क्लबमा केही वर्षसम्म आवद्ध भएपछि उनी बेनिफिका नामक एक व्यावसायिक फुटबल क्लबमा स्थानान्तरण भएका थिए जहाँ उनले उक्त क्लबका लागि पाँच वर्ष फुटबल खेलेका थिए। सन् २०११ मा लुइसले एक बहुप्रतिष्ठित फुटबल क्लब चेल्सीसँग आवद्ध भएका थिए भने सोही वर्ष चेल्सीले युइएफए च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको थियो भने अर्को वर्ष उक्त क्लबले युइएफए युरोपन लिग पनि जित्न सफल भएको थियो। सन् २०१४ मा उनी फ्रान्समा आधारित पारी साँ-जेरमाँ नामक एक फुटबल क्लबसँग ५ करोड युरोमा आवद्ध भएका थिए भने सोही वर्ष उक्त क्लबले चार घरेलु प्रतियोगिताहरू जित्न सफल भएको थियो। सन् २०१६ मा उनी पुनः चेल्सी फुटबल क्लबमा फिर्ता भएका थिए।[६][७][८][९]

सन् २०१० मा लुइसले ब्राजिल राष्ट्रिय फुटबल टोलीका लागि अन्तर्राष्ट्रिय खेलमा पर्दापण गरेका थिए भने हालसम्म उनले राष्ट्रिय टोलीका लागि ५० भन्दा बढी उपस्थिति जनाइसकेका छन्। सन् २०१३ ब्राजिल राष्ट्रिय फुटबल टोलीले फिफा कन्फेडेरेसन कप जित्न सफल हुँदा र सन् २०१४ को फिफा विश्वकपको सेमिफाइनलसम्मको यात्रा तय गर्दा उनी राष्ट्रिय फुटबल टोलीमा अटाएका थिए भने उनले कोपा अमेरिकाको दुई संस्करणहरूमा पनि राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका थिए।

क्लब कार्यकाल सम्पादन गर्नुहोस्

बितोरिया सम्पादन गर्नुहोस्

लुइसको जन्म ब्राजिलको दियादेमामा भएको थियो भने उनले ब्राजिलको साओ पाउलो स्थित सोही नामको एक फुटबल क्लबबाट व्यावसायिक फुटबल कार्यकालको सुरुवात गरेका थिए।[१०] लुइसको सन् २००६ मा ब्राजिलको साल्भादोर स्थित बितोरिया नामक एक फुटबल क्लबमा पदोन्नति भएको थियो भने उनले उक्त क्लबबाट रक्षात्मक मध्यपङ्क्तिबाट खेल्न सुरु गरेका थिए तर पछि उनले मध्यपङ्क्तिको भूमिका निर्वाह गर्न सुरु गरेका थिए।[११][१२] सन् २००६ मा लुइसले उक्त क्लबबाट कोपा दो ब्राजिल नामक एक फुटबल लिगमा सान्ता क्रुस विरुद्ध पहिलो आधिकारिक खेल खेलेका थिए भने उक्त खेल २-२ को बराबरीमा टुङ्गिएको थियो।[१३][१४]

बेनिफिका सम्पादन गर्नुहोस्

सन् २००७ जनवरी ३० का दिन बेनिफिकाका एक फुटबल खेलाडी रोको अङ्ग फुटबल क्लब टोटनह्याम हट्सपरमा स्थानान्तरण भएपछि उनले पुर्तुगाल स्थित बेनिफिका नामक एक क्लबसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए।[१५] लुइसले युइएफए कपको एक खेलमा उक्त क्लबका लागि पारी साँ-जेरमाँको विरुद्धमा पहिलो उपस्थिति जनाएका थिए। सन् २००७ मार्च १२ का दिन उनले उक्त क्लबका लागि पहिलो लिग खेल युदी लेइरियाको विरुद्धमा खेलेका थिए। त्यस वर्षको लिग संस्करणको समाप्ति पश्चात् लुइसले उक्त क्लबका लागि पाँच वर्षे आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए।[१६] उनले स्पोर्टिङ क्लुब दे पुर्तुगाल विरुद्धको गुवादियाना ट्रफी मैत्रीपूर्ण प्रतियोगितामा उक्त क्लबका लागि पहिलो गोल गरेका थिए।[१७] त्यस वर्षको लिग संस्करणको समाप्तिमा लुइसले उक्त क्लबका लागि कुल ८ उपस्थिति जनाएका थिए जहाँ बेनिफिका उक्त लिगको चौथो स्थानमा पर्न सफल भएको थियो। सन् २००९ जनवरी ११ का दिन लुइसले ब्रगा फुटबल क्लबको विरुद्धमा गोल गर्न सफल भएका थिए जुन घरेलु लिगक लागि एक सफलता बनेको थियो।[१८] सन् २००९-१० को प्रिमियरा लिगाको संस्करण चलिरहँदा बेनिफिका लागि जर्ज जेजुस प्रशिक्षकको रूपमा भित्रिएका थिए भने उनको आगमन पछि उनी लुइस उक्त क्लबको उपकप्तानको रूपमा नियुक्त भएका थिए।[१९] लुइसले उक्त क्लबका लागि ४९ उपस्थिति जनाएका थिए जहाँ उनले ३ गोल गर्न सफल भएका थिए।

चेल्सी सम्पादन गर्नुहोस्

 
सन् २०११ मा लुइस चेल्सीबाट खेल्दै

सन् २०११ जनवरी ३१ का दिन लुइसले २ करोड ५० लाख युरोमा चेल्सीसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए भने चेल्सी क्लबका खेलाडी म्याटिच बेनिफिकामा स्थानान्तरण भएका थिए।[२०][२१][२२][२३] लुइसले सन् २०११ फेब्रुअरी ६ का दिन प्रिमियर लिगको संस्करणमा लिभरपुरको विरुद्धमा पहिलो आधिकारिक खेल खेलेका थिए।[२४] उक्त खेलको आठ दिन पश्चात् उनले फुलहमको विरुद्धमा पनि खेल खेलेका थिए। लुइसले प्रिमियर लिगकन खेलहरूमा उत्कृष्ट प्रदर्शन गरेका कारण उनी चेल्सीका अनुयायी माझ लोकप्रिय बन्न पुगेका थिए भने उनलाई त्यस वर्षको वर्ष खेलाडी पनि घोषित गरिएको थियो।[२५] मार्च १, २०११ का दिन लुइसले चेल्सीका लागि पहिलो आधिकारिक गोल म्यानचेस्टर युनाइटेडको विरुद्धमन गर्न सफल भएका थिए जसकारण चेल्सीले म्याचेस्टर युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गर्न सफल भएको थियो।[२६][२७][२८] सन् २०११ मार्च २० का दिन उनले चेल्सी फुटबल क्लबका लागि म्यानचेस्टर सिटी विरुद्ध गोल गर्न सफल भएका थिए जसकारण चेल्सीले सिटीलाई २-० गोल अन्तरले पराजित गर्न सफल भएको थियो जसकारण उनी उक्त महिनाको उत्कृष्ट खेलाडी बन्न सफल भएका थिए।[२९][३०] सन् २०११-१२ को प्रिमियर लिगको संस्करणको सुरुवातमा लुइसको घुँडामा चोट लागेका कारण उनी तीन खेलहरू खेल्न बञ्चित बनेका थिए।[३१] लुइसले सन् २०११ सेप्टेम्बर १३ का दिन आयोजित च्याम्पियन्स लिगको समूह चरणको खेलमा पुन खेलमा फर्किएका थिए भने उनले बायर लिभरकुसेनको विरुद्ध गोल गर्न सफल भएका थिए। [३२]

सन् २०१२ फेब्रुअरी ५ का दिन प्रिमियर लिगको एक खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेड बीच खेल आयोजना गरिएको थियो जहाँ चेल्सीले उक्त खेलको ५० मिनेट भन्दा अगाडि ३ गोल गर्न सफल भएको थियो तर पछि युनाइटेड खेलमा फर्किएपछि उक्त खेल ३-३ को बराबरीमा टुङ्गिएको थियो।[३३] २५ फेब्रुअरीमा चेल्सी र बोल्टन वान्डरर्स बीचको खेलमा लुइसले पहिलो गोल गरेका थिए भने उक्त खेल चेल्सीले ३-० गोल अन्तरले जित्न सफल भएको थियो।[३४] सन् २०१२ मार्च १४ का दिन आयोजित च्याम्पियन्स लिगको समूह चरणको खेलमा चेल्सी र नापोली बीच खेल आयोजना गरिएको थियो जुन खेलमा नापोलीले चेल्सीलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो।[३५] सन् २०१२ सेप्टेम्बर २२ का दिन लुइसले चेल्सी फुटबल क्लबका लागि ५ वर्षे आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए।[३६] सन् २०१२ मा फिफाद्वारा आयोजित क्लब विश्वकपमा चेल्सी उक्त प्रतियोगिताको अन्तिम खेलमा कोरिटाइन्ससँग पराजित भएको थियो तर हारको बाबजुद पनि उनी दोस्रो उत्कृष्ट खेलाडीको रूपमा घोषित हुँदै रजत पदक जित्न सफल भएका थिए।[३७] सन् २०१३ अप्रिल १७ का दिन लुइसले चेल्सीका लागि फुफहम विरुद्ध एक गोल गर्न सफल भएका थिए भने उक्त खेल ३-० गोल अन्तरले टुङ्गिएको थियो।[३८][३९][४०][४१] ५ मे २०१३ मा आयोजित चेल्सी र म्यानचेस्टर युनाइटेड बीचको खेलमा चेल्सीले युनाइटेडलाई १-० गोल अन्तरले पराजित गर्न सफल भएको थियो भने राफायलले रातो कार्ड खाँदा उनी जमिना लडेको अवस्थामा युनाइटेडका अनुयायीहरूलाई हेरेर हाँसेका कारण उनको आलोचना गरिएको थियो।[४२][४३][४४]

पारी साँ-जेरमाँ सम्पादन गर्नुहोस्

 
सन् २०१५ मा लुइस पारी साँ-जेरमाँका लागि खेल्दै

सन् २०१४ जुन १३ मा दिन पारी साँ-जेरमाँ नामक एक फ्रान्सेली फुटबल क्लबले लुइसलाई ५ करोड युरोमा खरिद गरेको थियो भने उनले सन् २०१४ १६ अगष्टका दिन लिग १ नामक फ्रान्सको एक प्रमुख श्रेणीको फुटबल लिगमा उक्त क्लबका लागि पहिलो लिग खेल बास्तिया विरुद्ध खेलेका थिए।[४५] सन् २०१५ सेप्टेम्बर ३० का दिन आयोजित युइएफए च्याम्पियन्स लिगको एक खेलमा उनले पारी साँ-जेरमाँका लागि पहिलो च्याम्पियन्स लिग खेल खेलेका थिए जहाँ पिएसजीले बार्सेलोनालाई ३-२ गोल अन्तरले पराजित गरेको थियो।[४६][४७] सन् २०१५ जजवरी १९ का दिन लुइसले पारी साँ-जेरमाँका लागि पहिलो लिग १ गोल एभियान फुटबल क्लबको विरुद्धमा गर्न सफल भएका थिए जहाँ पिएसजीले एभियानलाई ४-२ गोल अन्तरले पराजित गर्न सफल भएको थियो।[४८][४९] मार्च ११ का आयोजित च्याम्पियन्स लिगको एक खेलमा उनले पारी साँ-जेरमाँकम लागि १ गोल चेल्सी विरुद्ध गर्न सफल भएका थिए भने उक्त खेल २-२ को बराबरीमा टुङ्गिएको थियो।[५०][५१] सन् २०१४-१५ संस्करणको लिग १ पारी साँ जेरमाँले हात पारेको थियो भने त्यस बाहेक यस क्लबले कुपी दे फ्रान्स, कुपी दे ला लिग र ट्रोफी देस च्याम्पियन्स जित्न सफल थियो।[५२]

चेल्सीमा फिर्ता सम्पादन गर्नुहोस्

 
लुइस सन् २०१९ को युइएफए युरोपा लिगको ट्रिफी उचाल्दै

सन् २०१६ अगष्टमा लुइस पुनः प्रिमियर लिगको क्लब चेल्सीसँग ३ करोड ४० लाख युरोमा आवद्ध भएका थिए भने उनले त्यस क्लबका लागि तीन वर्षे सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।[५३] पारी साँ-जेरमाँ छाडेपछि उनले सन् २०१६ सेप्टेम्बर १६ का दिन चेल्सीका लागि पहिलो आधिकारिक खेल खेलेका थिए जहाँ चेल्सी लिभरपुलसँग २-१ गोल अन्तरले पराजित भएको थियो।[५४] सन् २०१७ जनवरी ३१ का दिन उनले उक्त क्लबका लागि लिभरपुल विरुद्ध पहिलो गोल गरेका थिए भने उनले यसअघि उक्त क्लबका लागि सन् २०१३ को प्रिमियर लिग संस्करण पछिको पहिलो गोल थियो।[५५] सन् २०१६-१७ प्रिमियर लिगको समाप्तिमा उनलाई पिएफए वर्ष टोलीको रूपमा घोषित गरिएको थियो।[५६] सन् २०१७-१८ प्रिमियर लिगको सुरुवातमा उनले त्यस वर्षको लिगको चेल्सीको पहिलो खेल सन् २०२७ अगष्ट १३ का दिन बर्नली फुटबल क्लबको विरुद्ध खेलेका थिए जहाँ बर्नलीले चेल्सीलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो।[५७][५८] सन् २०१७ सेप्टेम्बर १७ का दिन आय‍जित प्रिमियर लिगको एक खेलमन उनले आर्सनल विरुद्धको खेलमा रात कार्ड खाएका थिए भने उक्त खेल ०-० को बराबरीमा टुङ्गिएको थियो।[५९] सन् २०१८-१९ प्रिमियर लिगको सुरुवातमा लुइसले चेल्सीका लागि त्यस वर्षको लिग खेलमा पहिलो गोल गर्न सफल भएका थिए भने चेल्सीले अपराजित यात्रा कायम गरेको म्यानचेस्टर सिटीलाई २-० गोल अन्तरले पराजित गर्न सफल भएको थियो।[६०][६१]

आर्सनल सम्पादन गर्नुहोस्

सन् २०१९ अगष्ट ८ का दिन उनलाई आर्सनल नामक एक अङ्ग्रेजी फुटबल क्लबले ८ करोड युरोमा खरिद गरेको थियो भने उनको उक्त क्लबका लागि खेल पोशाकको सङ्ख्या २३ कायम गरिएको थियो।[६२][६३] सन् २०१९ अक्टोबर ६ का दिन उनले आर्सनलका लागि पहिलो लिग गोल एएफसी बोर्नमाउथको विरुद्धमा गर्न सफल भएका थिए भने उक्त खेल आर्सनलले १-० गोल अन्तरले जित्न सफल भएको थियो। [६४]

अन्तर्राष्ट्रिय कार्यकाल सम्पादन गर्नुहोस्

 
सन् २०१३ मा लुइस्

सन् २००७ मा लुइसले ब्राजिल बीस वर्ष मुनीको राष्ट्रिय फुटबल टोलीको तर्फबाट अन्तर्राष्ट्रिय कार्यकालको सुरुवात गरेका थिए भने सोही वर्ष उनले फिफा बीस वर्ष मुनीको विश्वकपमा ब्राजिल राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गर्दै खेल्ने मौका प्राप्त गरेका थिए।[६५] उनले बेनिफिका नामक एक फुटबल क्लबसँगको आवद्ध पश्चात् उक्त क्लबका लागि उत्कृष्ट खेलहरू खेलेका कारण उनको सन् २०१० मा ब्राजिल राष्ट्रिय फुटबल टोलीमा पदोन्नति भएको थियो भने सन् २०१० अगष्ट १० का दिन आयोजित अमेरिका विरुद्धको एक मैत्रीपूर्ण खेलमा उनले ब्राजिलको प्रतिनिधित्व गर्ने मौका पाएका थिए भने उक्त खेल ब्राजिलले २-० गोल अन्तरले जित्न सफल भएको थियो।[६६] ब्राजिल राष्ट्रिय फुटबल टोलीमा आवद्ध हुनु भन्दा पूर्व उनलाई पुर्तुगाली फुटबल सङ्घले पुर्तुगालको राष्ट्रिय फुटबल टोलीमा समावेश हुनका लागि आह्वान गरेको थियो।[६७][६८] सन् २०११ मा अर्जेन्टिनामा आयोजित कोपा अमेरिकाका लागि उनलाई ब्राजिल राष्ट्रिय फुटबल टोलीमा समावेश गरिएको थियो तर उनलाई चोट लागेका कारण उनी खेल खेल्नबाट बञ्चित हुनु परेको थियो। सोही वर्ष मेक्सिकोको विरुद्धमा आय‍ोजित एक मैत्रीपूर्ण खेलमा उनले आत्मघाती गोल गरेतापनि उक्त खेल ब्राजिलले २-१ गोल अन्तरले जित्न सफल भएको थियो। [६९]

सन् २०१२ सेप्टेम्बर ७ का दिन उनी राष्ट्रिय टोलीको कप्तानको रूपमा नियुक्त भएका थिए भने सोही वर्ष दक्षिण अफ्रिका विरुद्धक एक खेलमा ब्राजिल राष्ट्रिय फुटबल टोलीले उनको नेतृत्वमा दक्षिण अफ्रिकालाई १-० गोल अन्तरले पराजित गर्न सफल भएको थियो।[७०] सन् २०१३ मा ब्राजिलमा आयोजित फिफा कन्फेडेरेसन कपमा उनले राष्ट्रिय टोलीबाट खेल खेलेका थिए।[७१] उक्त प्रतियोगितामा लुइसले ब्राजिल फुटबल टोलीका एक बहुचर्चित खेलाडी थियागो सिल्भासँगै सबै खेलहरूमा सहभागिता जनाएका थिए जहाँ राष्ट्रिय टोलीले व्यक्तिगत चौँथो कन्फेडेरेसन कपको उपाधि जित्न सफल भएको थियो।[७२] सोही प्रतियोगिताको अन्तिम खेलमा लुइसले स्पेनको विरुद्धमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

सन् २०१४ मा फिफाद्वारा ब्राजिलमा आयोजित सन् २०१४ फिफा विश्वकपमा लुइस राष्ट्रिय टोलीमा समावेश भएका थिए।[७३] उक्त प्रतियोगिता अन्तर्गत समूह चरणको खेलमा लुइसले राष्ट्रिय टोलीका लागि चिलेको विरुद्ध व्यक्तिगत पहिलो गोल गर्न सफल भएका थिए भने उक्त खेल १-१ को बराबरीमा टुङ्गिएको थियो। २०१४ फिफा विश्वकपको सेमिफाइनल खेलमा लुइसले कोलम्बिया राष्ट्रिय फुटबल टोलीको विरुद्धमा ३२ मिटर टाढाबाट एक फ्रि किक प्रहार गरेका थिए भने उक्त फ्रि किकलाई उनले गोलमा परिणात गर्न सफल भएका थियो जसकारण ब्राजिलले कोलम्बियालाई २-१ गोल अन्तरले पराजित गर्न सफल भएको थियो। राष्ट्रिय टोलीका तात्कालिक कप्तानको अनुपस्थितिका कारण उनले पुनः राष्ट्रिय टोलीको नेतृत्व लिएका थिए भने दोएच्सलान्ड विरुद्धको सेमिफाइनल खेलमा ब्राजिल राष्ट्रिय फुटबल टोली ७-१ को फराकिलो गोल अन्तरले पराजित हुँदै उक्त प्रतियोगिताबाटै बाहिरिएको थियो भने तेस्रो स्थानका लागि आयोजित खेलमा पनि नेदरलन्द विरुद्धको खेलमा ब्राजिल राष्ट्रिय टोली ३-० गोल अन्तरले पराजित भएको थियो।

सन् २०१५ मा चिलेमा आयोजित कोपा अमेरिकम नामक एक फुटबल प्रतियोगिताका लागि लुइस राष्ट्रिय टोलका खेलाडीको रूपमा स्थपित भएका थिए तर उक्त प्रतियोगितामा ब्राजिल राष्ट्रिय फुटबल टोली क्वाटरफाइनलमा पाराग्वे विरुद्धको खेलमा पराजित हुँदै उक्त प्रतियोगिताबाटै बाहिरिएको थियो।[७४] सन् २०१५ नोभेम्बर १३ का दिन अर्जेन्टिनाको बोएनोस आइरेसमा आयोजित सन् २०१८ फिफा विश्वकप छनोट खेलमा उनले अर्जेन्टिना विरुद्धको खेलमा उनले पहिलो अन्तर्राष्ट्रिय रातो कार्ड खाएका थिए। सन् २०१८ मा रूसमा आयोजित फिफा विश्वकपमा लुइसले राष्ट्रिय टोलबाट प्रतिस्पर्धा गरेका थिए।[७५]

कार्यकाल तथ्याङ्क सम्पादन गर्नुहोस्

क्लब सम्पादन गर्नुहोस्

अद्यावधिक ७ मार्च २०२०[७६]
टोली संस्करण लिग राष्ट्रिय कप लिग कप महादेशीय1 अन्य
प्रतियोगिताहरू2
जम्मा
डिभिजन उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल
बितोरिया सन् २००६ सेरी आ २६ २५ ५३
सन् २००७
जम्मा २६ २७ ५५
बेनिफिका सन् २००६–०७ प्रिमियरा लिगा १० १४
सन् २००७–०८ १४
सन् २००८–०९ १९ २७
सन् २००९–१० २९ १३ ४९
सन् २०१०–११ १६ २८
जम्मा ८२ ११ २९ १३२
चेल्सी २०१०–११ प्रिमियर लिग १२ १२
सन् २०११–१२ २० ११ ४०
सन् २०१२–१३ ३० १४ ५७
सन् २०१३–१४ १९ ३४
जम्मा ८१ १५ १० ३४ १४३ १२
पारी साँ-जेरमाँ सन् २०१४–१५ लिग १ २८ १० ४५
सन् २०१५–१६ २५ ४०
सन् २०१६–१७
जम्मा ५६ १७ ८९
चेल्सी सन् २०१६–१७ प्रिमियर लिग ३३ ३८
सन् २०१७–१८ १० १७
सन् २०१८–१९ ३६ ५०
जम्मा ७९ १० १०५
आर्सनल सन् २०१९–२० प्रिमियर लिग २५ ३२
जम्मा २५ ३२
जम्मा जम्मा ३४५ २१ ४२ ३५ ९५ १० ३५ ५५६ ३६

महादेशीय प्रतिस्पर्धामा युइएफए च्याम्पियन्स लिग, युरोपा लिगयुइएफए सुपर कप सहित

अन्तर्राष्ट्रिय सम्पादन गर्नुहोस्

अद्यावधिक १९:३५, २२ फेब्रुअरी २०१८[७७]
राष्ट्रिय टोलीका लागि उपस्थिति र गरेका गोलहरू
राष्ट्रिय टोली वर्ष उपस्थिति गोलहरू
ब्राजिल सन् २०१०
सन् २०११
सन् २०१२
सन् २०१३ १६
सन् २०१४ १४
सन् २०१५
सन् २०१६
सन् २०१७
जम्मा ५७

अन्तर्राष्ट्रिय गोलहरू सम्पादन गर्नुहोस्

गोल मिति स्थान प्रतिस्पर्धी अङ्क नतिजा प्रतियोगिता
१. २८ जुन २०१४ इस्तादयोँ मिनेइराओँ, बेलो होरिजोन्ते, ब्राजिल   चिली –० १–१ २०१४ फिफा विश्वकप
२. ४ जुलाई २०१४ इस्तादयोँ कास्तेलोओँ, फोर्तालेजा, ब्राजिल   कोलोम्बिया –० २–१ २०१४ फिफा विश्वकप
३. १८ नोभेम्बर २०१४ एर्न्स्ट-हाप्पेल-स्टाडिओन, भियाना, अस्ट्रिया   अस्ट्रिया –० २–१ मैत्रीपूर्ण

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "२०१८/१९ प्रिमियर लिग संस्करणका खेलाडीहरू", प्रिमियर लिग, २ फेब्रुअरी २०१८, अन्तिम पहुँच १० फेब्रुअरी २०१८ 
  2. "डेभिड लुइस", बेरी ह्युगम्यानका फुटबल खेलाडीहरू, अन्तिम पहुँच १० फेब्रुअरी २०१८ 
  3. "डेभिड लुइसको – प्रोफाइल", कन्फेडेरेसन कप १०२३ ब्राजिल, फिफा डट कम, मूलबाट ३० अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जनवरी २०१४ 
  4. Fleming, Mark; Herbert, Ian (२४ जनवरी २०११), "Chelsea set to capture £21m David Luiz", The Independent, अन्तिम पहुँच ५ अप्रिल २०११ 
  5. "'Crazy mistakes' won't affect David Luiz as he eyes a return to form for Chelsea", Goal.com, २६ नोभेम्बर २०११। 
  6. Sheen, Tom (१३ जुन २०१४), "David Luiz: PSG defender signed five-year deal after £50m move from Chelsea", The Independent, मूलबाट १५ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ जुन २०१४ 
  7. "Transfer news: Paris Saint-Germain confirm £50million purchase of Chelsea's David Luiz", Sky Sports, १३ जुन २०१४, मूलबाट १४ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ जुन २०१४ 
  8. "PSG sign Chelsea defender Luiz on a five-year deal", ESPN, १३ जुन २०१४, मूलबाट १४ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ जुन २०१४  वेब्याक मेसिन अभिलेखिकरण १४ जुलाई २०१४ मिति
  9. "David Luiz returns", Chelsea F.C., ३१ अगस्ट २०१६, अन्तिम पहुँच ९ अक्टोबर २०१७ 
  10. "David Luiz é o representante de Diadema na Seleção Brasileira" [David Luiz represents Diadema in Brazil national team] (पुर्तुगालीमा), Tvabcd, २४ सेप्टेम्बर २०१०, मूलबाट ६ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जनवरी २०११ 
  11. ""Pensei em dispensar David Luiz", revela coordenador da base do Vitória. Veja!" ["I thought about letting David Luiz go", reveals Vitória's youth system coordinator. Look!] (पुर्तुगालीमा), याहु!, १४ डिसेम्बर २०१२, अन्तिम पहुँच ९ अक्टोबर २०१७ 
  12. Eliano Jorge (२७ जुलाई २०१०), "Zagueiro convocado por Mano é avaliado em R$114,5 milhões" [Stopper selected by Mano is worth R$114,5 millions] (पुर्तुगालमा), Gterra, अन्तिम पहुँच ९ अक्टोबर २०१७ 
  13. "Campeonato Brasileiro Série C – 2006" (पुर्तुगालीमा), Campeoes do Futebol, अन्तिम पहुँच ९ अक्टोबर २०१७ 
  14. "Vitória" (पुर्तुगालीमा), Futebol 80, अन्तिम पहुँच ९ अक्टोबर २०१७ 
  15. Benfica replace Ricardo Rocha; UEFA, 1 February 2007
  16. "Tactical Formation", Football-Lineups, मूलबाट ११ अक्टोबर २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ मार्च २००७  वेब्याक मेसिन अभिलेखिकरण ११ अक्टोबर २००७ मिति
  17. David Luiz banking on Benfica; UEFA, 30 May 2007
  18. "Comunicado" [Announcement] (पुर्तुगालीमा), CMVM, ३० सेप्टेम्बर २०१०, अन्तिम पहुँच ९ अक्टोबर २०१७  वेब्याक मेसिन अभिलेखिकरण २६ फेब्रुअरी २०२१ मिति
  19. "Comunicado" [Announcement] (PDF) (पुर्तुगालीमा), CMVM, १५ अक्टोबर २००९, अन्तिम पहुँच ९ अक्टोबर २०१७  वेब्याक मेसिन अभिलेखिकरण २६ अक्टोबर २०२० मिति
  20. "Chelsea complete £21.3m Luiz signing]", ESPN Soccernet, ३१ जनवरी २०११, अन्तिम पहुँच ९ अक्टोबर २०१७  वेब्याक मेसिन अभिलेखिकरण २८ जुन २०११ मिति
  21. "David Luiz signs", Chelsea F.C., १ फेब्रुअरी २०११, मूलबाट १३ जुलाई २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ जुन २०१४ 
  22. "David Luiz transferido para o Chelsea", S.L. Benfica, ३१ जनवरी २०११, मूलबाट ७ अप्रिल २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ जुन २०११  वेब्याक मेसिन अभिलेखिकरण ७ अप्रिल २०११ मिति
  23. "Comunicado" [Announcement] (PDF) (पुर्तुगालीमा), Portuguese Securities Market Commission, ३१ जनवरी २०११, अन्तिम पहुँच ९ अक्टोबर २०१७  वेब्याक मेसिन अभिलेखिकरण ३ मार्च २०१६ मिति
  24. McNulty, Phil (६ फेब्रुअरी २०११), "Chelsea 0–1 Liverpool", BBC Sport, अन्तिम पहुँच ९ अक्टोबर २०१७ 
  25. Ashenden, Mark (१४ फेब्रुअरी २०११), "Fulham 0–0 Chelsea", BBC Sport, अन्तिम पहुँच ९ अक्टोबर २०१७ 
  26. Phil McNulty (१ मार्च २०११), "Chelsea 2–1 Man Utd", BBC Sport, अन्तिम पहुँच ९ अक्टोबर २०१७ 
  27. Alistair Magowan (२० मार्च २०११), "Chelsea 2–0 Man City", BBC Sport, अन्तिम पहुँच ९ अक्टोबर २०१७ 
  28. "March awards for Chelsea pair", Chelsea FC, १ अप्रिल २०११, मूलबाट २४ जुन २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ जुन २०१४ 
  29. "Chelsea boost as Petr Cech and David Luiz return for Sunderland", London Evening Standard, ८ सेप्टेम्बर २०११, मूलबाट १४ जनवरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ सेप्टेम्बर २०११ 
  30. "Blues see off battling Leverkusen", Daily Express, १३ सेप्टेम्बर २०११, अन्तिम पहुँच ९ अक्टोबर २०१७ 
  31. "Chelsea 0–0 Fulham", BBC Sport, २१ सेप्टेम्बर २०११, अन्तिम पहुँच ९ अक्टोबर २०१७ 
  32. "Hernandez header completes United comeback", ESPN Soccernet, ५ फेब्रुअरी २०१२, मूलबाट ७ फेब्रुअरी २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ फेब्रुअरी २०१२  वेब्याक मेसिन अभिलेखिकरण ७ फेब्रुअरी २०१२ मिति
  33. Rumsby, Ben (२५ फेब्रुअरी २०१२), "Chelsea end winless run against Bolton", The Independent, मूलबाट १५ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ फेब्रुअरी २०१२ 
  34. Trevor Haylett (१४ मार्च २०१२), "Ivanović completes rousing Chelsea comeback", UEFA, मूलबाट ८ अप्रिल २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ मार्च २०१२ 
  35. Andrew Haslam (२० मे २०१२), "Shoot-out win ends Chelsea's long wait for glory", UEFA, अन्तिम पहुँच ९ अक्टोबर २०१७ 
  36. "New Deal for David Luiz", Chelsea F.C. Official Website, २२ सेप्टेम्बर २०१२, मूलबाट ३१ अक्टोबर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ फेब्रुअरी २०१३ 
  37. Trevor Haylett (२ अक्टोबर २०१२), "Nordsjælland wings clipped by clinical Chelsea", UEFA, अन्तिम पहुँच २४ अक्टोबर २०१२ 
  38. "Rampant Blues crush Villa", MSN, २३ डिसेम्बर २०१२, मूलबाट १४ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ जुन २०१४  वेब्याक मेसिन अभिलेखिकरण १४ जुलाई २०१४ मिति
  39. Lythell, Phil (२३ डिसेम्बर २०१२), "Luiz reinvented as Chelsea destroy Villa", ESPN FC, मूलबाट १४ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ जुन २०१४ 
  40. "Match Report: Basel 1 Chelsea 2", Chelsea F.C., २५ अप्रिल २०१३, मूलबाट १० सेप्टेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ जुन २०१४ 
  41. Paul, Ciolan (२५ अप्रिल २०१३), "David Luiz Freekick Goal vs. Basel", अन्तिम पहुँच २४ जुन २०१४ – YouTubeद्वारा। 
  42. Luckhurst, Simon (७ मे २०१३), "David Luíz 'Smiled at Sideshow Bob' Gibe, Not Rafael Da Silva Red Card", HuffPost, अन्तिम पहुँच ९ अक्टोबर २०१७ 
  43. McDonnell, David (६ मे २०१३), "Con artist: Fergie slams Chelsea's smiling victim David Luiz for 'getting Rafael sent off'", The Mirror, अन्तिम पहुँच ९ अक्टोबर २०१७ 
  44. Jeremy Wilson (६ मे २०१३), "Chelsea's David Luiz: I was smiling at jeering Manchester United fans, not Rafael's red card", The Daily Telegraph, अन्तिम पहुँच १४ जुलाई २०१३ 
  45. "UNE GRANDE PREMIÈRE RÉUSSIE!" [A Great First Success!] (फ्रान्सेलीमा), Paris Saint-Germain F.C., १६ अगस्ट २०१४, मूलबाट ३ सेप्टेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० सेप्टेम्बर २०१४ 
  46. "Paris St G 3–2 Barcelona", BBC Sport, ३० सेप्टेम्बर २०१४, अन्तिम पहुँच ९ अक्टोबर २०१७ 
  47. "David Luiz is shock entry in Fifa World Team of the Year at 2014 Ballon d'Or awards", The Telegraph, अन्तिम पहुँच ९ अक्टोबर २०१७ 
  48. "Paris Saint-Germain made to work for three points against Evian", ESPN FC, १८ जनवरी २०१५, अन्तिम पहुँच ९ अक्टोबर २०१७ 
  49. "Chelsea 2–2 Paris St G", BBC Sport, ११ मार्च २०१५, अन्तिम पहुँच ९ अक्टोबर २०१७ 
  50. "Champions League: David Luiz apologises to Chelsea fans", BBC Sport, १२ मार्च २०१५, अन्तिम पहुँच ९ अक्टोबर २०१७ 
  51. "PSG land unique treble as Cavani grabs French Cup winner", Reuters, ३० मे २०१५, अन्तिम पहुँच ९ अक्टोबर २०१७  वेब्याक मेसिन अभिलेखिकरण १८ फेब्रुअरी २०२० मिति
  52. "PSG takes domestic treble beating Marseille", २२ मे २०१६, अन्तिम पहुँच ९ अक्टोबर २०१७ 
  53. "David Luiz: Chelsea re-sign Brazil defender from PSG for £34m", BBC Sport, ३१ अगस्ट २०१६, अन्तिम पहुँच ९ अक्टोबर २०१७ 
  54. "David Luiz returns", Chelsea F.C., ३१ अगस्ट २०१६, अन्तिम पहुँच ९ अक्टोबर २०१७ 
  55. "Chelsea 1–2 Liverpool", BBC Sport, १५ सेप्टेम्बर २०१६, अन्तिम पहुँच ९ अक्टोबर २०१७ 
  56. Phil McNulty (३१ जनवरी २०१७), "Liverpool 1–1 Chelsea", BBC Sport, अन्तिम पहुँच ९ अक्टोबर २०१७ 
  57. "PFA teams of the year: Chelsea and Tottenham dominate Premier League XI", BBC Sport, २० अप्रिल २०१७, अन्तिम पहुँच ६ मे २०१८ 
  58. Dawkes, Phil (१२ अगस्ट २०१७), "Chelsea 2–3 Burnley", BBC Sport, अन्तिम पहुँच २२ फेब्रुअरी २०१८  वेब्याक मेसिन अभिलेखिकरण १२ अगस्ट २०१७ मिति
  59. "Chelsea 0–0 Arsenal", BBC Sport, १७ सेप्टेम्बर २०१७, अन्तिम पहुँच ९ अक्टोबर २०१७ 
  60. "Liverpool go top as Man City stumble at Chelsea", The Sydney Morning Herald, ९ डिसेम्बर २०१८, अन्तिम पहुँच १० डिसेम्बर २०१८ 
  61. "Carabao Cup semi-final: Chelsea beat Tottenham 4–2 on penalties to book final clash with Manchester City at Wembley", Sportinglife.com, अन्तिम पहुँच २५ जनवरी २०१९ 
  62. "David Luiz departs | Official Site | Chelsea Football Club", Chelsea F.C., अन्तिम पहुँच ८ अगस्ट २०१९ 
  63. "Arsenal sign David Luiz from Chelsea and Kieran Tierney from Celtic", ८ अगस्ट २०१९, अन्तिम पहुँच ८ अगस्ट २०१९ 
  64. Nakrani, Sachin (६ अक्टोबर २०१९), "Arsenal hold on to beat Bournemouth thanks to heroic turn from David Luiz", The Guardian, अन्तिम पहुँच ७ अक्टोबर २०१९ 
  65. डेभिड लुइसफिफा प्रतियोगिता तथ्याङ्क
  66. "David Luiz será o capitão da Seleção Brasileira contra a África do Sul", Goal.com (पुर्तुगालीमा), ७ सेप्टेम्बर २०१२, अन्तिम पहुँच ९ अक्टोबर २०१७ 
  67. "Chelsea star David Luiz makes miraculous clearance to help Brazil lift Confederations Cup – video", Metro, १ जुलाई २०१३, अन्तिम पहुँच ९ अक्टोबर २०१७ 
  68. Keeghann Sinanan (३० जुन २०१३), "Confederations Cup: Brazil Dominate Spain in Final at the Maracana (VIDEO/PHOTOS)", HuffPost, अन्तिम पहुँच ९ अक्टोबर २०१७ 
  69. "Brazil World Cup 2014 squad", The Daily Telegraph, २ जुन २०१४, अन्तिम पहुँच ९ अक्टोबर २०१७ 
  70. David Ornstein (२८ जुन २०१४), "Brazil 1–1 Chile", BBC Sport, अन्तिम पहुँच ९ अक्टोबर २०१७ 
  71. Phil McNutty (४ जुलाई २०१४), "Brazil 2–1 Colombia", BBC Sport, अन्तिम पहुँच ९ अक्टोबर २०१७ 
  72. "Brazil 1–7 Germany", BBC Sport, ८ जुलाई २०१४, अन्तिम पहुँच ९ अक्टोबर २०१७ 
  73. "Brazil 0–3 Netherlands", FIFA, अन्तिम पहुँच ९ अक्टोबर २०१७ 
  74. "Brazil fightback thwarts Argentina", FIFA, १४ नोभेम्बर २०१५, मूलबाट १६ नोभेम्बर २०१५-मा सङ्ग्रहित। 
  75. Schaerlaeckens, Leander (५ मे २०१६), "Brazil's Copa America Centenario roster looks to be experimental", Yahoo!, अन्तिम पहुँच ९ अक्टोबर २०१७ 
  76. "डेभिड लुइस्"सकरवे 
  77. डेभिड लुइस नेसनल फुटबल टिम्स डटकममा

बाह्य कडीहरू सम्पादन गर्नुहोस्