थाई खाना थाइल्याण्डको राष्ट्रिय खाना हो। यो विश्वभरमा प्रसिद्ध खानामध्येमा पर्दछ। थाई शताब्दी पुराना पूर्वीया र पश्चिमी खानाको संयोजन गरेर बनाइएको नयाँ खाना हो। यस खानामा बास्नादार मसलाहरू, समुन्द्री माछा र वनस्पति तथा अन्य मासुजन्य परिकार रहने गर्दछन्। [१] थाई खाना तयार गर्दा बास्नादार तथा मसलादार तर हल्का किसिमले तयार गरिन्छ।

फाट थाई चाङ खिएन
रेड रोस्ट डक करी
सोम ताम खाओ नियाओ काई याङ
काएङ कानुन सीएम
कुङ काम क्राम
फानाएङ मु

खानामा खासगरी बास्ना, बुट्टा, रङ, स्वाद र सजावट सबै कुरामा ध्यान दिँदै मिठास युक्त र औषधिय गुण भएका सामग्री प्रयोग गर्नमा विशेष ध्यान दिइन्छ। [२] सीएनएन ट्राभल ले प्रकाशित गरेको सन् २०१७ को “विश्वका उत्कृष्ट ५० खाना” को सूचीमा थाइल्याण्डका ७ वटा परिकार परेका थिए। जसमा तोम याम गुङ (tom yam goong)चौथो, पाड थाई (pad Thai) पाचौँ, सोम ताम (som tam) छैटौँ, मासामान करी (massaman curry) दशौँ, ग्रीन करी (green curry) उन्नाइसौँ, थाइ फ्राइ राइस (Thai fried rice) चौविसौं र सोम तम पु प्ला रा (som tum pu pla ra) छत्तिसौं स्थानमा परेका थिए ।[३]


केही प्रचलित परिकारहरू सम्पादन गर्नुहोस्

१ तोम खा काई (चिकेन नरिवल झोल) - यो परिकार नरिवल दूध पाउडरमा चिकेनको टुक्रा हालेर पकाइन्छ। जसमा हरियो धनियाँको पात हालेर सजाइन्छ।

२ तोम याम कुङ - झिँगेमाछाको अमिलो पीरो झोल

३ काएङ खियाओ वान नुए - मासु हालेको हरियो तरकारीको झोल

४ याम नुइए - पकाएको बिफ र हरियो तरकारीको सलाद

५ साताए

६ फाट थाई - नुडल्स चिकेन तरकारी र भुटेको प्याज

७ थोट मान प्ला -

८ खाओ फाट - चिकेन लसुन फ्राइ राइस र सलाद

९ मि क्रुप -

१० काइ याङ -

११ खाओ नियाओ र तोम साम -

१२ पो पिया थोट -

१३ भुटेको मिक्स भेजिटेबल -

गुलियो डिजर्ट सम्पादन गर्नुहोस्

१ साङखाया फाक्थोङ - फर्सीमा सजाइएको कस्टार्ड

२ बुवा लोइ फुआक -

३ क्लुवाई बुआट ची - कोकोनट मिल्कमा पकाइएको पाकेको केरा

विशेषता सम्पादन गर्नुहोस्

थाई खानामा कसका लागि पकाउने, कुन अवसरमा खाने र कसले पकाउने भन्ने कुराको विशेष ध्यान राखिन्छ। यसरी उपभोक्ता अनुसार परिवर्तन गरी बनाउन सकिने भएकोले यसलाई सुधार्न र जुनसुकै किसिमको मानिसले पनि रुचाउने बनाउन सकिन्छ। [४]

खाने तरिका सम्पादन गर्नुहोस्

थाई खाना सामान्यतया काँटा र चम्चाले खाने गरिन्छ। थाई खानाको अर्को विशेषता के हो भने यो खाना सँगै बस्नेहरू बीच बाँडेर खाइन्छ। जस्तो कि २ जना खाना खान बसेका छन् भने आफ्नो प्लेटको अतिरिक्त थप एक प्लेट अर्को खाना अर्डर गरिन्छ जुन दुवैजनाले बाँडेर खाइन्छ। [५]


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Tastes of Thailand [थाइल्याण्डको स्वाद] (अंग्रेजीमा), Tourism Authority Thailand, २००२, पृ: ३। 
  2. Lawrence Emanual Apopei (२०१०), Principles of Thai Cuisine, McDang.com Co Ltd, आइएसबिएन 6169060107, अन्तिम पहुँच २०१८-११-२६ 
  3. Tim Cheung (२०१७-०७-१२), "Your pick: World's 50 best foods", CNN, अन्तिम पहुँच २०१८-११-२६ 
  4. Tastes of Thailand [थाइल्याण्डको स्वाद] (अंग्रेजीमा), Tourism Authority Thailand, २००२, पृ: ३। 
  5. Tastes of Thailand [थाइल्याण्डको स्वाद] (अंग्रेजीमा), Tourism Authority Thailand, २००२, पृ: ८।