तुष्टिकरण एक अन्तरराष्ट्रिय सन्दर्भमा आक्रामक शक्तिलाई राजनीतिक वा भौतिक छुट वा सुविधा दिइ सङ्घर्षको रोकथाम गर्ने एक कूटनीतिक वा राजनयिक नीति हो । यस शब्दलाई मुख्यतः ब्रिटिश प्रधानमन्त्री रामसे म्याकडोनल्ड्स, स्टेनली बाल्डविन र नेविल चेम्बरलेनको नाजी जर्मनी र फासीवादी इटलीमाथिको विदेशी नीतिलाई मानिन्छ ।

24 सेप्टेम्बर 1938 मा ब्रिटिश प्रधानमन्त्री नेविल चेम्बरलेनलाई स्वागत गर्दै नाजी जर्मनीका अडोल्फ हिटलर; जहाँ हिटलरले चेक भूमिलाई जर्मनीमा अविलम्ब गाभ्ने माग गरेका थिए

भारतमा तुष्टिकरण सम्पादन गर्नुहोस्

भारतमा बहुमत सांस्कृतिक समुहलाई अपमान गर्नु र अल्पसंख्यक आक्रामक समुहको समर्थन गर्नुलाई तुष्टिकरण मानिएको छ । विशेषतः हिन्दू तथा उत्तर भारतीयहरूको अपमान र मुस्लिम तथा अन्य अल्पसंख्यक समुहको आक्रामक मागलाई सम्बोधन गर्नुलाई तुष्टिकरण भनिन्छ । डा. भीमराव आम्बेडकरका अनुसार तुष्टीकरण सधैं राष्ट्र विरोधी हुन्छ ।[१]। भारतको प्रमुख राजनीतिक पार्टी भारतीय कांग्रेसलाई सधैं मुस्लिम तुष्टीकरणका आरोप लागेको थियो ।[२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्