तुलाराम पाँडे

गोरखाली राजदूत तथा सैनिक अधिकारी

तुलाराम पाँडे (नेपाल तिब्बत युद्धका तुलाराम पाँडे अर्कै व्यक्ति हुन्) नेपाल एकीकरणको काठमाडौंको युद्धमा मारिएका सैनिक अधिकारी थिए ।[१] उनले कीर्तिपुरको युद्ध पनि लडेका थिए ।[२] उनका छोराहरू काजी भोटु पाँडे, काजी रणजीत पाँडे र जगजीत पाँडेका पिता हुन् ।[३] उनी काजी वीरुदत्त पाँडेका नाति र काजी भीमराज पाँडेका भतिजा थिए ।[४] कालु पाँडेका सन्तानहरू काला पाँडे र तुलाराम पाँडेका सन्तानहरू गोरा पाँडे भनी माथवरसिंह थापाले पाँडे वंशमा सामान्य विभाजन गरेका थिए।

श्री काजी
तुलाराम पाँडे
व्यक्तिगत विवरण
मृत्यु२५ सेप्टेम्बर, सन् १७६८ इन्द्रजात्राको दिन
सैन्य सेवा
निष्ठागोरखा,  नेपाल
श्रेणीकाजी
लडाई/युद्धहरूनेपाल एकीकरणका युद्ध (काठमाडौंको युद्ध, कीर्तिपुरको युद्ध)

कान्तिपुरमा आक्रमण सम्पादन गर्नुहोस्

वि.स. १८२५ आश्विन १४ गते (इ. १७६८ सेप्टेम्बर २६) का राति पृथ्वीनारायण शाहले राजज्योतिष कुलानन्द ढकालको साइत अनुसार कान्तिपुरमा आक्रमण गरे।काजी वंशराज पाण्डे, तुलाराम पाण्डे, केहरसिंह बस्न्यातसाथ पृथ्वीनारायण शाहले १००० गोर्खाली तालिमे सिपाही लिएर कान्तिपुर किल्लाको ढोका फोरी एक दल नरदेवीतिरबाट, एक दल भीमसेनस्थान तिरबाट र तेश्रो दल टुँडिखेलतिरबाट हनुमानढोका तर्फ अघि बढे। राजा जयप्रकाश मल्ल खुसीसाथ इन्द्रजात्र मनाइरहेको समयमा गोरखाली आक्रमण हुँदा हतप्रद भए। अत: ४ घण्टासम्म अव्यवस्थित युद्ध लडि ३०० अङ्गरक्षक साथ जयप्रकाश मल्ल तलेजुमा सेतो बारुद ओछ्याई पाटनतिर भागे । गोर्खाली सेना तलेजुमा प्रसन्नताका साथ विजयोन्मादमा प्रवेश गर्दा बारुद जल्दा तुलाराम पाण्डे केही सिपाही साथ पिल्सिएर मरे। उता पृथ्वीनारायण शाह कान्तिपुर राजदरबार हनुमानढोका राजगद्दीमा बसे।[५] [६]

स्रोत सम्पादन गर्नुहोस्

  1. लेखक: महेशचन्द्र रेग्मी "रेग्मी रिसर्च सिरिज"
  2. http://www.historynepal.com/2010/03/unification-campaign-of-prithvi-narayan.html?m=1 वेब्याक मेसिन अभिलेखिकरण २०१७-१२-०१ मिति
  3. के.एल. प्रधान, "थापा पोलिटिक्स:विथ इस्फेसल रिफरेन्स टु भीमसेन थापा", पृ: १९८। 
  4. http://knownepalshistory.blogspot.com/2016/09/prime-ministers-of-nepal-before-bhimsen.html?m=1
  5. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १७८, आइएसबिएन 99933-2-406-X 
  6. बाबुराम आचार्य, पृथ्वीनारायण शाहको जीवनी भाग ३, पृ: ४९९-५०२।