तुर्बत (उर्दु: تربت) पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणमा रहेको केच जिल्लाको सदरमुकाम शहर हो । तुर्बत शहर तुर्बत नदिको किनारमा रहेको छ भने यो शहर पहिला मकरान प्रान्तको राजधानी थियो भने अहिले यो प्रान्त बलुचिस्तानमा पर्छ । तुर्बत शहर क्वेटा शहर पछिको बलुचिस्तानमा दोस्रो ठूलो शहर हो भने बलुचिस्तानको दक्षिण क्षेत्र सबैभन्दा ठूलो शहरको रूपमा रहेको छ । यो शहरबाट ग्वादर बन्दरगाहा १२० किलोमिटरको दुरीमा दक्षिण-पश्चिमा रहेको छ ।

तुर्बत
تربت
जिल्ला सदरमुकाम
तुर्बत is located in पाकिस्तान
तुर्बत
तुर्बत
निर्देशाङ्क: २६°०′१५″उ॰ ६३°३′३८″पू॰ / २६.००४१७°N ६३.०६०५६°E / 26.00417; 63.06056निर्देशाङ्कहरू: २६°०′१५″उ॰ ६३°३′३८″पू॰ / २६.००४१७°N ६३.०६०५६°E / 26.00417; 63.06056
देश पाकिस्तान
प्रदेशबलुचिस्तान
जिल्लाकेच जिल्ला
तहसीलतुर्बत नहसील
उन्नतांश
१२९ मिटर (४२३ फिट)
जनसङ्ख्या
 (२०१७)[१]
 • जम्मा२१३,५५७
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समय)
सङ्घिय परिसरको सङ्ख्या

भुगोल सम्पादन गर्नुहोस्

तुर्बत शहर २६°०′१५″ उत्तर ६३°३′३८″ पूर्व / २६.००४१७° उत्तर ६३.०६०५६° को निर्देशनमा रहेको छ । यो शहर तुर्बत नदिको किनारमा छ भने यस शहरको नजिकमा नसिरबाद शहर रहेको छ । शहरको मुख्यतय धान, मकै, गँहु, कोदो, तोरीको खेती गर्ने गरिन्छ । तुर्बत शहर पाकिस्तान र दक्षिण एसियाकै सबैभन्दा गर्मी हुने ठाउँको रूपमा रहेको छ जसको तापक्रम ५३.५ डिग्री मापन गरिएको थियो ।

अन्य जननकारी सम्पादन गर्नुहोस्

यो सानो विकसित शहर भएको कारण यो शहरमा विषेश गरी मानिसहरू सानो झुप्रो र टहरामा जसलाई बाँस, खर आदीले बनाईन्छ त्यसैमा बसोबास गर्दै आएका छन् जसले हावापानी, धुवाधुलो, घामबाट बचाँउछ । तुर्बत शहर गरिबी, खानेपानीको अभाव र अन्य पुर्वाधारको कमीले गर्दा तुर्बत शहर बलुचिस्तानको अलि कम चाँसोको शहर बनेको छ भने पुर्वाधारको कमी भएता पनि शहर बलुचिस्तानको राजधानी शहर हो । अहिले बलुचिस्तान प्रान्तमा आतङ्कबादीहरूले गर्दा अशान्ति बनेको छ र विकास पनीहुन सकेको छैन ।

इतिहास सम्पादन गर्नुहोस्

तुर्बत शहर प्राचीनकाल देखिनै शासकहरूले शासन गर्दै आएका थिए । प्राचीनकालमा तुर्बतमा गिच्की आधिबासीले शासन गर्थे भने त्यसपछि शहरलाई बुलन्दि बासीले लगभग ४०० वर्षसम्म शासन गरेका थिय । यो शहर पहिला मकरान प्रान्तको सदरमुकाम रहेको थियो भने अहिले बलुचिस्तानमा गाभीएको छ । यो शहरमा विभिन्न घटनाहरू घटेका थिय भने थुप्रै इतिहास शहर सङ्ग जोडिएको छ ।

यातायात सम्पादन गर्नुहोस्

तुर्बत शहरमा तुर्बत अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ जसले ग्वादर, कराची र शारजाह र अन्य घरेलु उडानहरू भार्ने गरेको छ । तुर्बत अन्तर्राष्ट्रिय विमानस्थल बलुचिस्तानको क्वेटा विमानस्थल पछिको ठूलो विमानस्थल हो जुन तुर्बत शहरबाट ५ किलोमिटर दक्षिणमा अवस्थित छ । यस शहरको सडकहरू तुर्बतबाट कलट, क्वेटामा उत्तर-पुर्वा जोडिन्छ भने ग्वादर र पास्नीमा दक्षिणमा जोडिएको छ त्यस्तै चाबहर र एरानहसरमा पश्चिमामा जोडिएको छ भने पुर्वमा कराची जोडिएको छ ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्