तिलक परियार नेपालको कर्णाली प्रदेश का प्रदेश प्रमुख हुन् । उनलाई यस पदमा नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ कात्तिक १८ गते नियुक्त गरेकी हुन् ।[१]
तत्कालीन एकीकृत नेकपा माओवादीको तर्फबाट प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत बाँके १ बाट विजयी संविधानसभा सदस्य तिलक परियार 'हिम्मत' रोल्पा लिबाङमा जन्मेका हुन् । परियार माओवादीनिकट दलित मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष तथा माओवादीका केन्द्रीय सल्लाहकारसमेत थिए ।
स्नातक तहसम्मको औपचारिक अध्ययन गरेका परियारले लामो समय भारतमा बसेर पनि पार्टीको काम गरे । भारतबाट नेपाल आएपछि बाँकेमै बसाइ सराइ गरेका परियार जनयुद्धको बेला बाँके वरपर नै खटेका थिए । २०२८ सालदेखि राजनीतिमा लागेका परियार विपन्न दलित परिवारमा जन्मेका थिए । फुर्सदको बेला लेखन र अध्ययनमै बिताउन चाहने परियार माओवादीका पुराना नेतामा राम्रो भाषण गर्नेमध्येमा गनिन्छन् । परियार अन्तरिम व्यवस्थापिकाको सदस्य समेत थिए ।[२]

तिलक परियार
३ औं कर्णाली प्रदेशको प्रदेश प्रमुख
पद बहाली
११ नोभेम्बर २०२१
राष्ट्रपतिविद्यादेवी भण्डारी
मुख्यमन्त्रीजीवनबहादुर शाही
पूर्वाधिकारीगोविन्दप्रसाद कलौनी
२ औं मधेश प्रदेशको प्रदेश प्रमुख
कार्यकाल
५ नोभेम्बर २०१९ – १९ फेब्रुअरी २०२१
राष्ट्रपतिविद्यादेवी भण्डारी
मुख्यमन्त्रीमोहम्मद लालबाबु राउत
पूर्वाधिकारीरत्नेश्वर लाल कायस्थ
उतराधिकारीराजेश झा
व्यक्तिगत विवरण
नागरिकतानेपाली
राजनीतिक दलने.क.पा.
पेशाराजनीति

सन्दर्भ सम्पादन गर्नुहोस्