ढाका जिल्ला (बङ्गाली: ঢাকা জেলা) बङ्गलादेशको मध्यम भागमा पर्ने देशकै सबैभन्दा जनघनत्व भएको जिल्ला हो। यो जिल्ला ढाका विभाग अन्तर्गत पर्दछ। ढाका जिल्ला अन्तर्गतको ढाका सहर बङ्गलादेशको राजधानी हो जुन बुरिगङ्गा नदीको पूर्वी किनमरमा अवस्थित छ। ढाका जिल्लामा ढाका सहर, केरानिगञ्ज, नबाबगञ्ज, दोहार, साभार र धमराई उपजिल्ला अवस्थित छन्।[३]

ढाका जिल्ला
ঢাকা জেলা
बङ्गलादेशको नक्शामा ढाका जिल्लाको अवस्थितिको अवस्थिति
बङ्गलादेशको नक्शामा ढाका जिल्लाको अवस्थिति
निर्देशाङ्क: २३°४७′N ९०°१८′E / २३.७९°N ९०.३०°E / 23.79; 90.30निर्देशाङ्कहरू: २३°४७′N ९०°१८′E / २३.७९°N ९०.३०°E / 23.79; 90.30
देश बङ्गलादेश
विभागढाका विभाग
क्षेत्रफल
 • जम्मा१,४६३.६ किमी (५६५.१ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार[१])[२]
 • जम्मा१२,०४३,९७७
 • क्रम
 • घनत्व८,२००/किमी (२१,३००/वर्ग माइल)
वासिन्दाढाकाई

भूगोल सम्पादन गर्नुहोस्

ढाका जिल्ला बङ्गलादेशकन्ह मध्य-पश्चिम भागमा पर्छ भने यो जिल्ला २३°५३' देखि २४°०६' उत्तर अक्षांश र ९०°०१' देखि ९०°३७' पूर्वी देशान्तरणमा अवस्थित छ। ढाका जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १४९७.१७ वर्ग किलोमिटर ओगटेको छ। यस जिल्लालाई गाजीपुरटाङ्गाइल जिल्लाले उत्तर, मुन्सिगञ्ज जिल्लाले दक्षिण, नारायणगञ्ज जिल्लाले पूर्व, मानिकगञ्जराजबाडी जिल्लाले पश्चिमबाट घेरेको छ। बुडिगङ्गा, इछामति, धलेश्वरी, तुराग, बङ्शी, कालीगङ्गा, गाजीखाली, कलमनई नदी, तुलसी खलकी रघुनाथपुर बिल तथा बेतलाई यस जिल्लाका प्रमुख नदिहरू हुन्।

जनशाङ्खिकि सम्पादन गर्नुहोस्

जिल्ला विभाग प्रतिवेदनका अनुसार ढाका जिल्लाको कुल जनसङ्ख्या ८५११२२८ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ४७१२३३० छ भने महिलाको जनसङ्ख्या ३७९८८९८ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ८०२०३७२ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ४४१२१३ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ४१३९५, इसाई धर्मको ६५६५ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १६८३ रहेको छ। यस जिल्लामा २३९१ मस्जिद, १३० हिन्दु मन्दिर र १ गिर्जाघर रहेको छ। यस जिल्लामा १२००० भन्दा बढी मस्जिद, ३०१२ हिन्दु मन्दिर, ५३० गिर्जाघर, १७४ बौद्ध गुम्बाहरू रहेका छन्।

अर्थतन्त्र सम्पादन गर्नुहोस्

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको सेवा हो जसमा जिल्लाकै ३२.३४% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.४०% मजदुरीमा, उद्योग तथा व्यापारमा ३.५६% वाणिज्यमा २५.०५%, सञ्चार र यातायातमा ८.९७%, निर्माण क्षेत्रमा ३.४०%, कृषिमा ७.७०%, धार्मिक सेवामा ०.१५%, वैदेशिक रोजगारी तथा भाडामा ४.१५% र अन्यमा १३.१२% रहेका छन्।

प्रशासन सम्पादन गर्नुहोस्

प्रशासकीय ढाका नगरपालिकाको स्थापना सन् १८६४ मा भएको थियो भने सन् १९६० मा यसलाई सहर समितिमा परिणत गरिएको थियो।[४] सन् १९७२ मा उक्त सहर समितिलाई निर्मूल गरी सन् १९८३ मा नगरपालिका निगममा पदोन्नति गरिएको थियो। सन् १९९० मा ढाका सहरलाई सहर निगममा परिणात गरिएको थियो।[५]

शिक्षा सम्पादन गर्नुहोस्

यस जिल्लाको कुल साक्षरता दर ६४.७९% रहेको छ जसमध्ये पुरुषको साक्षरता ६९.५८% छ भने महिलाको साक्षरता दर ५८.७८% रहेको छ। यस जिल्लामा ५१ विश्वविद्यालय, २३ मेडिकल क्याम्पस, ४ प्राविधिक शिक्षण संस्था, ३ सरकारी शिक्षक शिक्षण संस्था, १७७ क्याम्पस, ३ कानुनी क्याम्पस, ४५० माध्यमिक विद्यालय, ७०० प्राथमिक विद्यालय, ३ प्राथमिक शिक्षक शिक्षण संस्था, ४ प्राविधिक शिक्षण संस्था, २५० बाल उद्धान केन्द्र र १८० मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; ढाका विश्वविद्यालय (सन् १९२१), बङ्गलादेश प्रकौशल ओ प्रयुक्ति विश्वविद्यालय (सन् १९६२), जाहाङ्गीरनगर विश्वविद्यालय (सन् १९७०), ढाका मेडिकल क्याम्पस हासपाताल (सन् १९४६), जयपाडा क्याम्पस (सन् १९७२), इडेन मशिला क्याम्पस (सन् १८७३), केएल जुबिली विद्यालय तथा क्याम्पस (सन् १९४९), भिकारुननेसा नुन विद्यालय तथा क्याम्पस (सन् १९५२), उइलस टिटल फ्लावर विद्यालय तथा क्याम्पस (सन् १९६२) आदि।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (২৯ জুন ২০১৬), "এক নজরে ঢাকা", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, मूलबाट ২৪ জুন ২০১৬-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०६-२४ मिति
  2. "सन् २०११ को राष्ट्रिय जनगणना", बङ्गलादेश राष्ट्रिय तथ्याङ्क विभाग, पृ: ४१, मूलबाट ८ डिसेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ डिसेम्बर २०१५  वेब्याक मेसिन अभिलेखिकरण ८ डिसेम्बर २०१५ मिति
  3. "ঢাকা জেলা", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি, सन् २०१२। 
  4. "AL men appointed administrators", thedailystar.net 
  5. http://pmis.mopa.gov.bd/pmis/Forms/dclist.php वेब्याक मेसिन अभिलेखिकरण २०१९-११-०८ मिति