ड्वेन जोनसन

अमेरिकी कुस्ती खेलाडी र चलचित्र अभिनेता

डे्वेन डुग जोनसन (जन्म: सन् १९७२ मे २) एक अमेरिकी अभिनेता, चलचित्र निर्देशक, चलचित्र निर्माता तथा कुस्तीबाज हुन्। उनलाई आफ्नो कुस्ती खेलको नाम द रक ले चिनिन्छ। [७]

ड्वेन जोनसन
Dwayne Johnson
मार्च २०१३ मा जोनसन
जन्मडे्वेन डुग जोनसन
(1972-05-02) २ मे १९७२ (उमेर ५१)
हेवार्ड, क्यालिफोर्निया, अमेरिका
पेशाकुस्तीबाज, अभिनेता
कार्यकाल१९९६–२००४; २०११–वर्तमान (कुस्तीबाज)
१९९९–वर्तमान (अभिनेता)
राजनीतिक दलरिपब्लिकन पार्टी[१]
जीवनसाथीडेनी गारसिया (१९९७-२००७)
लोरेन हसैन (वि। २०१९–वर्तमान)
सन्तान
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामड्वेन जोनसन[२]
फ्लेक्स कवना
रकी माइविया
द रक[३]
उचाई६ फिट ५ इन्च (१.९६ मी)[४]
तौल२७५ पाउन्ड (१२५ किग्रा)[५]
उत्पत्तिमायामी
प्रशिक्षकपेट पिटरसन[६]
रकी जनसन
टम प्रिचर्ड
पदार्पण१९९६

जनसन कलेजमा अध्ययन गर्दा एक फुटबाल खेलाडी थिए। सन् १९९१ मा उनी मायामी विश्वविद्यालयको राष्ट्रिय च्याम्पियनसिप टोलीमा सहभागी रहेका थिए। पछि उनले काल्ग्यारी स्टेमम्पेडेर्सको लागि क्यानेडियाली फुटबल लिगबाट खेले तर उनलाई सन् १९९५ मा दुई महिनाको लागि प्रतिबन्धित गरियो।[८] जसको परिणाम स्वरूप उनले आफ्नो हजुरबुबा पिटर माइविया र बुबा रकी जनसन जस्तै कुश्तीबाज बन्ने निर्णय लिए।[९] सन् १९९१ मा जोनसनले कुस्ती खेलमा पदार्पण गरेका हुन्। उनलाई डब्ल्युडब्ल्युएफद्वारा लोकप्रियता प्राप्त भयो जसलाई वर्तमान समयमा डब्ल्युडब्ल्युई भनेर चिनिन्छ। जनसनलाई छिट्टै 'रकी माइविया'को नामले एउटा राम्रो भूमिकामा पेश गरियो। पछि गएर उनले आफ्नो नाम 'द रक' राखे। डब्ल्युडब्ल्युएफमा आएको दुई वर्षमै उनले डब्ल्युडब्ल्युएफ प्रतियोगिता जिते र कम्पनीको इतिहासमा सर्वाधिक लोकप्रिय कुश्तीबाज बन्न पुगे।[१०][११]

जनसनलाई अहिले सम्मको महान कुश्तीबाज मध्ये एक मानिन्छ।[१२][१३] उनले कुल १६ प्रतियोगिता जितेका छन् जिसमा नौ विश्व हेभिवेट प्रतियोगिता, दुई डब्ल्युडब्ल्युएफ अन्तर्खण्डीय प्रतियोगिता र पाँच डब्ल्युडब्ल्युएफ ट्याग टिम प्रतियोगिता सामेल छ।

जनसनको आत्मकथा 'द रक सेज...' सन् २००० मा प्रकाशित भएको थियो, जसलाई उनले जो लेडनसँग मिलेर लेखेको थिए। पुस्तकले न्यू योर्कको सर्वश्रेष्ठ बिक्री हुने किताबहरूको सूचीमा धेरै सातासम्म आफ्नो स्थान शीर्षमा सुरक्षित राखेको थियो। जनसनले मुख्य अभिनेताको रूपमा सन् २००२ मा बनेको हलिउड चलचित्र 'द स्कोर्पियन किङ' मा देखा परे। उनलाई यस चलचित्रको भूमिकाको लागि एक नयाँ अभिनेतालाई अहिलेसम्म दिइएको सबैभन्दा धेरै रकम, $५५ लाख दिइएको थियो।[१४] यस पछि उनले धेरै हिट फिल्ममा काम गरे, जसमा 'द रनडाउन', 'बी कुल', 'द गेम प्लेन', 'गेट स्मार्ट', 'रेस टु विच माउन्टेन', 'फास्टर' तथा 'फास्ट फाइभ' सामेल छ जसमा उनले भेन डिजेलपल वाल्करसँग काम गरेका छन्।

बाल्यकाल सम्पादन गर्नुहोस्

प्रमुख चलचित्रहरू सम्पादन गर्नुहोस्

वर्ष शीर्षक भूमिका नोटस्
२००१ 'द मम्मी रिटर्न्स्'
२००२ 'द स्कोर्पियन किङ' द स्कोर्पियन किङ
२००३ द रनडाउन' बेक
२००४ 'वाकिङ टल' च्रिस वौघन
२००५ 'बी कुल' इलोट विलहम
'डुम' सर्ग
२००७ 'द गेम प्लान' जोइ किङ्म्यान
२००८ 'गेट स्मार्ट' एजेन्ट २३
२००९ 'रेस टु विच माउन्टेन' ज्याक ब्रुनो
२०१० 'टुथ फेयरी' टुथ फेयरी
'द अदर गाइज' क्रिस्टोफर डेनसन
'फास्टर' जेम्स
२०११ 'फास्ट फाइभ' ल्युक हब्स
२०१२ 'जर्नी २' ह्यान्क परसन्स
२०१३ 'फास्ट एन्ड फ्युरियस ६' ल्युक हब्स
२०१४ 'हर्कुलस' हर्कुलस
२०१५ 'फ्युरियस ७' ल्युक हब्स
'सान एन्ड्रियास' रे गेन्स
२०१७ 'फास्ट ८' ल्युक हब्स
'बेवाच' मिथ बुचनोन
'जुमान्जी' डा ब्रेभस्टोन[१५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Kopan, Tal (मार्च २५, २०१६), "Dwayne 'The Rock' Johnson entertains presidential campaign", CNN (New York City), अन्तिम पहुँच सेप्टेम्बर ११, २०१६ 
  2. "The Rock", Cagematch, अन्तिम पहुँच अगस्ट २७, २०१६ 
  3. वार्टमन, जेम्स, "WWE च्याम्पियन द मिज डेफ जोन सेना", WWE। 
  4. "Dwayne "The Rock" Johnson", WWE, अन्तिम पहुँच मार्च ९, २०१२ 
  5. Shoquist, Lee, "An interview with Dwayne "The Rock" Johnson", The Oscar Igloo, मूलबाट फेब्रुअरी ४, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २१, २००८  वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी ४, २००८ मिति
  6. "The Rock « Wrestler-Datenbank « CAGEMATCH – The Internet Wrestling Database", Cagematch.de, अन्तिम पहुँच अगस्ट १३, २०१४ 
  7. "The Rock's WWE Alumni Profile", World Wrestling Entertainment, अन्तिम पहुँच जुन ४, २००७ 
  8. Baines, Tim, "Sticking to the Gameplan", The Calgary Sun, अन्तिम पहुँच सेप्टेम्बर २७, २००७ 
  9. "20 Surprising Facts About Dwayne ‘The Rock’ Johnson", Hollywood.com, अन्तिम पहुँच अगस्ट २७, २०१५ 
  10. "WWE: 15 Greatest Mic Workers of All time", All Sports, अन्तिम पहुँच नोभेम्बर १४, २०११ 
  11. "WWE Power Rankings: The Top 25 Mic Workers in Wrestling History", Bleacher Report, अन्तिम पहुँच नोभेम्बर १४, २०११ 
  12. "The Greatest Professional Wrestlers of All Time", UGO।  |http://www.ugo.com/tv/ugos-top-50-wrestlers-of-all-time?page= प्यारामिटर ग्रहण गरेन (सहायता);
  13. "The Top 100 Pro Wrestlers of All time Reviewed in Wrestling Perspective", Wrestling Perspective, अन्तिम पहुँच नोभेम्बर १४, २०११ 
  14. "Dwayne Johnson", अन्तिम पहुँच अक्टोबर ३१, २०१० 
  15. [१]

बाह्य कडीहरू सम्पादन गर्नुहोस्