डोल्पा जिल्ला नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो। दुनै सदरमुकाम रहेको डोल्पा जिल्ला ७,८८९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। सन् २००१को तथ्याङ्क अनुसार यहाँको जनसङ्ख्या २९,४५४ छ। क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो जिल्ला मानिने डोल्पा जिल्लाले नेपालको ५.३६% भू-भाग ओगटेको छ। यो जिल्ला समुन्द्र सतहभन्दा १,५२५ देखि ७,६२५ मिटरको उचाइमा अवस्थित छ। यस जिल्लाको प्रमुख पर्यटकीय आकर्षण फोक्सुण्डो ताल हो।

डोल्पा जिल्ला
शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पर्ने याला काङ
कर्णालीको नक्सामा डोल्पा जिल्ला (पहेँलो)को अवस्थिति
कर्णालीको नक्सामा डोल्पा जिल्ला (पहेँलो)
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
सदरमुकामदुनै (ठुलिभेरी)
क्षेत्रफल
 • जम्मा७,८८९ किमी (३०४६ वर्ग माइल)
 • क्रमपहिलो
जनसङ्ख्या
 (2011)
 • जम्मा३६,७००
 • घनत्व४.७/किमी (१२/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेप्रस)
वेबसाइटआधिकारिक वेबसाइट

प्रशासनिक विभाजन सम्पादन गर्नुहोस्

जिल्लामा ८ स्थानीय तहहरू छन्, जसमध्ये २ नगरपालिका र ६ गाउँपालिका छन्।[१]

डोल्पा जिल्लाका स्थानीय तहहरू
स्थानीय तह वडा सङ्ख्या केन्द्र जनसङ्ख्या
ठुलिभेरी नगरपालिका ११ जुलाफ ९,१८६
त्रिपुरासुन्दरी नगरपालिका ११ त्रिपुराकाेट बगर १२,७४५
डोल्पोबुद्ध गाउँपालिका धो २,४१६
शे फोक्सुण्डो गाउँपालिका साल्दाङ ३,६२५
जगदुल्ला गाउँपालिका माझगाउँ २,२७३
मुड्केचुला गाउँपालिका नर्कु ५,१६५
काईके गाउँपालिका शहरतारा ३,५७६
छार्का ताङसोङ गाउँपालिका कागकोट १,४५१

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "स्थानिय तह", सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच १ सेप्टेम्बर २०१८