डायलासिस भनेको मिर्गौलाले काम गर्न नसक्दा शरीरमा जम्मा भएका अधिक मात्राको पानी, लवण, फोहोरलाई रगतबाट फाल्ने प्रक्रिया हो ।

मृगौलाको काम गर्ने क्षमतामा ह्रास आउनेबित्तिकै रगतमा जम्मा भएको फोहोरलाई मिर्गौलाले फाल्न सक्दैन। शरीरले फोहोर बाहिर फाल्न नसक्ने अवस्थामा डायलासिस सुरु गराउनुपर्ने हुन्छ।

मृगौलाले काम गर्न छोडेपछि डायलासिस गरिन्छ। मृगौलाले गर्ने काम कृतिम तरिकाबाट मेसिनद्वारा गर्ने काम भनेको नै डायलासिस हो। मृगौलाले नियमित रूपमा गर्नुपर्ने यो काम जब गर्न सक्दैन त्यसपछि मेसिनको सहारा लिइन्छ अर्थात डायलासिस गराउन आवस्यक हुन्छ।

पृष्ठभुमि सम्पादन गर्नुहोस्

 
हेमोडायलासिस मेसिन

स्वास्थ ठीक राख्नको लागि मृगौलाको महत्त्वपूर्ण भुमिका रहन्छ। मानिस स्वस्थ रहँदा, मानिसको शरीरमा पानी र खनिज पदार्थको (सोडियम, पोटासियम, क्लोराइड,, क्याल्सियम, फोस्फोरस, म्यग्नेसियम, सल्फेट आदि )को सन्तुलन मिर्गौलाले कायम गर्छ।

प्रकार सम्पादन गर्नुहोस्

हेमोडायलासिस सम्पादन गर्नुहोस्

हेमोडायलासिसमा शरीरबाट रगत निकालेर मेसिनमा पठाउने र मेसिनले रगत शुद्धीकरण गरी शरीरमा पठाउने गरिन्छ ।  

पेरिटोनियल डायलासिस सम्पादन गर्नुहोस्

पेरिटोनियल डायलासिस अनुसार डायलासिस गर्दा मिर्गौला रोगीको पेटमा पाइप राखिन्छ, पेटभित्र गएको पाइपमा पानी हालिन्छ। त्यो पानी परिवर्तन भएर शरीरबाट फोहोर पदार्थ निकालिदिन्छ। पेटमा सर्जरीमार्फत् प्लास्टिकको ट्युब (क्याथेटर) राखी त्यसमा पानी (डायलासेट) पठाएर रगत शुद्धिकरण गर्ने विधि पेरिटोनियल डायलासिस हो।

 
पेरिटोनियल डायलासिस

सन्दर्भ सम्पादन गर्नुहोस्