ठुँडो पन्छीको मुहारको एउटा शारीरिक अङ्ग हो। यसको प्रयोग गरेर पन्छीले रक्षा वा आक्रमण गर्न, जमिनमा रहेको किरा तथा घाँसलाई समात्न, आफूलाई स्वच्छ राख्न, बचेराहरूलाई खाना दिन, चिजबिज केलाउन र प्रणय क्रिया गर्ने गर्छ। यो लगभग त्यसै स्थानमा हुने गर्छ जहाँ केही अन्य प्राणीहरूको थुतुनो हुन्छ। भिन्न-भिन्न पन्छीको जातहरूमा ठुँडोको आकार, रङ्ग र ढाँचामा धेरै अन्तर हुने गर्छ तर त्यसको मूल संरचना एक समान हुने गर्छ। ठुँडोको माथिल्लो भाग हड्डीदार र तल्लो भागमा छालाको एउटा केराटिन-युक्त परत हुन्छ जसलाई जीववैज्ञानिकहरूले 'राम्पोथेका' भन्छन्। धेरैजसो जातको पन्छीहरूको ठुँडोभित्र स्वासप्रश्वास लिनको लागि दुईवटा छिद्र पनि हुन्छ।[१][२]

भिन्न भिन्न पन्छीहरूको ठुँडो (चुच्चो)को तुलनात्मक चित्रण

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Kaiser, Gary W. (2007). The Inner Bird: Anatomy and Evolution. Vancouver, BC: UBC Press. p. 19. ISBN 0-7748-1343-1.
  2. Hieronymus, Tobin L.; Witmer, Lawrence M. (2010). "Homology and Evolution of Avian Compound Rhamphothecae". The Auk. 127 (3): 590–604. doi:10.1525/auk.2010.09122.