ञठ्री चन्पो (तिब्बती: གཉའ་ཁྲི་བཙན་པོ།, वयली: gnya' khri btsan po), ४१७-३३५ ई.पू.[२] को समयमा रहेको पहिलो तिब्बती सम्राट हुन्। ञठ्री चन्पोको जन्म तिब्बती संवत् शिङ-ज्यी वर्ष अर्थात् ४१७ ई.पू. मा ग्याल्पो दोङमारको वंश पिता ठ्रीबारग्यी दुनछिगस् वा चुगठ्री चन्पो र माता मुचम्ड्र वा पुमीमोचुनको पुत्रमा तिब्बत कोङपो पुवोको नगर शाङ्शुङ मुयुल ङम्ड्रङचाङड्रङमा भएको थियो। ३९० ई.पू. मा राज्यारोहण भई ३४५ ई.पू. सम्ममा ४५ साल शासन चलाए। उहाँको शासनकालमा तिब्बतको पहिलो राजदरबार युमो लाखरको स्थापना गरिएको थियो। अनुमानित ३९० ई.पू. तिर सम्राट ञठ्री चन्पो र रानी चम ल्हमन कर्मो वा नाम मुग्मुगको सन्तानमा राजकुमार मुगठ्री चन्पोको जन्म भएको र ञठ्री पछि राजकुमार मुगठ्री चन्पोलाई राज्याभिषेक गरिएको थियो।[३]

ञठ्री चन्पो

གཉའ་ཁྲི་བཙན་པོ།
पहिलो तिब्बती सम्राट
तिब्बती शैलीमा लेखिएको ञठ्री चन्पोको थाङ्ग
शासनकाल३९०-३४५ ई.पू. (लगभग ४५ वर्ष)[१]
राज्याभिषेक३९० ई.पू.
उत्तराधिकारीमुगठ्री चन्पो
जन्म४१७ ई.पू.
शाङ्शुङ मुयुल ङम्ड्रङचाङड्रङ
मृत्यु३४५ ई.पू. (बहत्तर वर्षको उमेरमा)
जीवनसाथीचम ल्हमन कर्मो वा नाम मुग्मुग
सन्तानमुगठ्री चन्पो
नाम
मुग्याल ञठ्री चन्पो
दरबारयुमो लाखर वा युम्बु लाखर
वंशपुग्यल
बाबुचुगठ्री चन्पो
आमामुचम्ड्र वा पुमीमोचुन
धर्मबोन धर्म


ञठ्री चन्पोको वंश बारे इतिहासकारहरूको मत सम्पादन गर्नुहोस्

युमो लाखरको स्थापना सम्पादन गर्नुहोस्

 
ञठ्री चन्पो द्वारा स्थापित तिब्बतको पहिलो इतिहासिक राजदरवार युमो लाखर वा युम्बु लागङको दृश्य

बोन धर्म र ञठ्री चन्पो सम्पादन गर्नुहोस्

मुग्याल वंश तथा यारलुङ राजकुलको इतिहास सम्पादन गर्नुहोस्

सम्बन्धित् तस्वीरहरु सम्पादन गर्नुहोस्

युमो लाखर तथा युम्बु लागङको तस्वीरहरू

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तिब्बती सम्राटको इतिहास (बोद चन्पोयी ग्यल-रब) पृष्ठ नं. ५९.५ | भाषा: तिब्बती | लेखक: ड्रीगुङ क्यब्गोन छेछङ रिन्पोछे
  2. तिब्बती सम्राटको इतिहास (बोद चन्पोयी ग्यल-रब) पृष्ठ नं. ५९-१०२ | भाषा: तिब्बती | लेखक: ड्रीगुङ क्यब्गोन छेछङ रिन्पोछे
  3. बोद चन्पोयी ग्यल-रब पृष्ठ नं. ५९-१०२

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

ञठ्री चन्पोस्रोङ्चन गम्पोठ्रीस्रोङ देउचनठ्री रल्पचनवुदुम चन्पो